पद | संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
वरिष्ठ कार्यक्रम अधिकृत (Sr. Program Officer) | १ | कृषि विज्ञान, वन विज्ञान, तथा वातावरण विज्ञान वा सो सरहको विषयमा स्नातक तह उतिर्ण | - जलवायुमैत्री गाउँ अभ्यास, जलवायु पाठशाला, जलवायुमैत्री कृषि अभ्यास मार्फत लक्षित वर्गको उत्थानशील क्षमता विकास र जीविकोपार्जन अभ्यासको कम्तिमा ३ वर्षको प्राविधिक, अनुभव भएको
- कृषक पाठशाला सञ्चालनमा ज्ञान तथा सीप भएको
- जलवायुमैत्री गाउँ अभ्यास सञ्चालनका प्रक्रिया सम्बन्धि ज्ञान र अनुभव भएको ।
- जलबायु उत्थानशील कृषिबारे गहिरो ज्ञान र सहजिकरण सीप भएको ।
- जलवायुमैत्री गाउँ अभ्यासमा आधारित उत्पादनसँग सम्बन्धित कृयाकलापहरूमा नविनतम अभ्यास सहित तोकिएको कृयाकलापहरू गुणस्तरीय रुपमा सञ्चालनको ज्ञान र अनुभव भएको ।
- सहजकर्ताहरूको लागि प्राविधिक ज्ञान विकास एवं गतिविधिहरूको प्रभावकारी कार्यान्वयनको सीप र अनुभव भएको ।
- लैङ्गिकता मूलप्रवाहिकरण, सहभागितात्मक उत्पादन र उत्पादनको बजारीकरणबारे ज्ञान भएको ।
- सरोकारवालाहरूसँगको समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्याङ्कन सीप भएको ।
- स्थानीय सरकारको अगुवाईमा सघन रुपमा जलवायुमैत्री गाउँ अभ्यास सञ्चालन र कृषकलाई डिजिटल माध्यमबाट बजारमा पहुँच पुरयाउने काममा सहजिकरण गर्ने ज्ञान र सीप भएको ।
- कृषि क्षेत्रमा रहेको खराव अभ्यासलाई कम गर्न युवा तथा कृषकका संगठन परिचालन मार्फत समुदायमा सचेनतना बढाउने अनुभव भएको
- स्थानीय तहको कृषि सम्बन्धी नीति र कानुनको ज्ञान भएको ।
- गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रही सम्बन्धित जिम्मेवारीमा कम्तिमा ३ वर्ष काम गरेकोअनुभव भएको ।
|
अनुगमन तथा मुल्याङ्कन अधिकृत (MEAL Officer) | १ | मानविकि, सामाजिक विज्ञान, कृषि, वा सो सरहको विषयमा स्नातक तह उतिर्ण | - गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रही अनुगमन मुल्याङ्कनमा कम्तिमा २ वर्षको अनुभव भएको ।
- कार्यक्रमको लक्ष्य, उदेश्य एवं उपलब्धिमा मापन एवं सुचकमा आधारित अनुगमन तथा मुल्याङ्कन सम्बन्धी अनुभव भएको ।
- तथ्याङ्क संकलन, विश्लेषण र प्रतिवेदन सम्बन्धि दक्षता भएको साथै सञ्जालमा आधारित तहगत संरचनाहरूसँग सम्बन्धि कृयाकलापहरूको अनुगमन तथा मुल्याङ्कनको ज्ञान भएको
- अनुगमन तथा मुल्याङ्कनमा प्रयोग हुने विभिन्न डिजिटल टुलहरूको प्रयोग गरी रिपोर्ट संप्रेषण गर्ने दक्षता भएको ।
- उपलब्धिको मापन साथै गुणस्तरीय दस्तावेजिकरण सम्बन्धि दक्षता भएको ।
- जलवायुमैत्री गाउँ अभ्यास, आधारित जीविकोपार्जन सुधार, कृषक पाठशाला खाद्य तथा पोषण सुरक्षा सम्बन्धी क्षेत्रमा ज्ञान भएको ।
- सञ्चारमाध्यमसँगको सहकार्य, संस्थागत एवं कार्यक्रमगत दृश्यत्मक सामाग्री निर्माण साथै सरोकारवालाहरू समक्ष संप्रेण, प्रकाशन र प्रसारणमा दक्षता भएको ।
- कार्यक्रम कार्यन्वयन योजना, कार्यन्वयन, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्याङ्कन र दस्तावेजिकरण सीप भएको ।
- सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप साथै सामाजिक सञ्जालको प्रभावकारी उपयोग सम्बन्धी अनुभव भएको ।
- अनुगमन तथा मुल्याङ्कनका खाका र योजना सम्बन्धी ज्ञान भएको था सूचकमा आधरित प्रतिफल तथा प्रभाव मापनमा दक्षता भएको ।
|
लैगिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत (GESI Officer) | १ | मानविकि, सामाजिक विज्ञानमा वा सो सरहको विषयमा स्नातक तह उतिर्ण | - गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रही लैगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यमा कम्तिमा २ वर्षको अनुभव भएको ।
- कार्यक्रमहरूको लक्ष्य, उदेश्य एवं लक्षित उपलब्धि हासिलको लागि आवश्यक GESI योजना निर्माण सम्बन्धी अनुभव भएको ।
- महासंघले सञ्चालन गरेको जलवायुमैत्री गाउँ अभ्यास, कृषक पाठशाला खाद्य तथा पोषण सुरक्षा, अधिकारमा आधारित गतिविधिहरूको GESI योजना कार्यन्वयन गर्न टिमसँग कार्य गर्ने क्षमता साथै GESI एकीकरणमा आधारित नियामित प्रतिवेदन दक्षता भएको ।
- परियोजनाका अन्य टिम, केएर नेपालका महासंघका GESI सम्पर्क ब्यक्ति, महासंघको महिला किसान मञ्च, पदाधिकारीहरू एवं प्रमुख सरोकारवालाहरूबाट प्राप्त गुणात्मक र मात्रात्मक तथ्याङ्क, सिफारिशहरू र आवश्यक ईनपुटहरूको विश्लेषणमा आधारीत आवश्यक सुझाव प्रश्ताव गरी GESI एकिकरण गर्ने सीप भएको ।
- परियोजनाको लक्षित समुदाय, महासंघका कर्मचारी, संरचनाका पदाधिकारीको क्षमता अभिबृद्धि गर्न GESI सम्बन्धि तालिमहरूको विकास गर्ने र कार्यन्वयनमा सहजीकरण सीप भएको ।
- क्षमता अभिबृद्धिमा GESI सम्बेदनशीलता समाबेशको लागि आवश्यक पहल, गतिविधिहरुको सुनिश्चितता गर्न महासंघका संस्थागत एवं परियोजनागत गतिविधिहरूमा GESI सिद्धान्तहरूलाई एकिकृत गर्ने अवसरको परिहचान गर्ने दक्षता भएको साथै सुनिश्चितता र प्रभावको विश्लेषण गरी प्रतिवेदन तयार गर्ने सीप भएको ।
- GESI असमानतालाई विश्लेषण गर्ने र सीमान्त समूहहरूको अर्थपूर्ण नेतृत्व र सहभागिताका लागि अवसरहरूको श्रृजना र हस्तक्षेपहरूको तर्जुमा, कार्ययोजनाको कार्यन्वयन, सरोकारवाला, साझेदारहरूसँग समन्वय र सहकार्य गर्ने क्षमता भएको ।
- अधिकारमा आधारीत अभियान, पैरवी, किसान अधिकामा सघन बुझाई र अनुभव भएको ।
- सञ्चार माध्यमसँगको सहकार्य, संस्थागत एवं कार्यक्रमगत दृश्यत्मक सामाग्री निर्माण साथै सरोकारवालाहरू समक्ष संप्रेशण, प्रकाशन र प्रसारणमा दक्षता भएको ।
- कार्यक्रम कार्यन्वयन योजना, कार्यन्वयन, प्रतिवेदन लेखन, प्रभाव मुल्याङ्कन र दश्तावेजिकरण सीप भएको ।
- सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप साथै सामाजिक सञ्जालको प्रभावकारी उपयोग सम्बन्धी अनुभव भएको ।
|
लेखा तथा प्रशासन अधिकृत (Finance and Admin officer) | १ | व्यवस्थापन विषयमा स्नातक तह उतीर्ण | - गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि लेखा व्यवस्थापन एवं प्रशासनमा कम्तिमा २ वर्षको अनुभव भएको ।
- लेखाको सिद्धान्त, विद्यमान आयकर तथा अन्य करबारे ज्ञान भएको ।
- प्रभावकारी वित्तिय व्यवस्थापन क्षमता एवं गुणस्तरीय आर्थिक प्रशासकीय व्यवस्थापनको ज्ञान भएको।
- वित्तिय अनुगमन मुल्यङ्कन र कर्मचारी तथा पदाधिकारीहरुको वित्तिय दस्तावेजिकरण क्षमता विकासमा योगदान गर्न सक्ने खरिद प्रकृया, कर व्यवस्था, लेखा प्रणाली सम्बन्धी अनुभव भएको ।
- दस्तावेजिकरण एवं प्रशासनीक गतिविधिहरू बारे ज्ञान भएको ।
|
स्थानीय सहजकर्ता (Field Supervisor) | ६ | कृषि विषयमा प्रमाण पत्र तह, वा जे.टि. उतीर्ण | - गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रही कृषि प्राविधिक भई समुदाय परिचालनको जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको ।
- सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप साथै सामाजिक सञ्जालको प्रभावकारी उपयोग साथै कृषि एप्सहरू (प्रविधि) प्रयोग गरी सहजिकरण सीप भएको ।
- कृषक समुह मार्फत सिमान्त समुदायमा परिचालनको ज्ञान र अनुभव भएको ।
- साना किसान लक्षित, जलवायुमैत्री गाउँ अभ्यास, पर्यावरणीय कृषि, पोषण बगैचा, व्यवहार परिवर्तन, स्वस्छ उत्पादन, उपभोगसँग सम्बन्धित गतिविधि सहजिकरण गर्ने ज्ञान र सीप भएको ।
- अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुताबारे बुझाई भएको ।
- कृषक पाठशालामा आधारित कृषि प्रसार सम्बन्धी अनुभब भएको
|