कर्मचारी आवश्यकता
Details / requirements:
कर्मचारी आवश्यकता
समग्र जन–उत्थानकेन्द्र मानव अधिकारको संरक्षण, संबद्र्धन र प्रबद्र्धन एवं द्वन्द्व न्यूनिकरण, शान्ति निर्माण, शिक्षार सामाजिक न्यायको निम्ती सचेत युवा समूहहरूद्वारा लहान नगरपालिकामा २०५९ सालमा स्थापना गरिएको संस्था हो । यस संस्थाले मानव अधिकारको संरक्षण, सम्बद्र्धन तथा शान्ति निर्माण, शिक्षा लगायत विद्यमान हानिकारक सामाजिक मूल्यमान्यता र अभ्यासहरुका बिरुद्ध बिगत दुई दशकदेखि बिभिन्न साझेदार संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय, स्थानीयतहसँग समन्वय र सहकार्य गरि समुदायका बिभिन्न लक्षित समुदाय (दलित, महिला, बालबालिका, जेष्ठ नागरिक, यौनिक तथा अल्पसंख्यक, द्वन्द्व पीडित, किशोरी, युवा, अपांगता भएका ब्यक्ति र सिमान्तकृत समुदाय) का सवालमा निरन्तर रुपमाकार्य गर्दै आएको छ ।
यसै क्रममा यस संस्थाले युनिसेफसंगको साझेदारीमा मधेश प्रदेशको सिरहार महोत्तरी जिल्ला गरी आठ वटा पालिकामा Government Scale-Up Supporting Adolescent Girls’ Education (SAGE)/ALP in Madhesh Province अन्तर्गतकिशोरी शिक्षा कार्यक्रम संचालन गर्न गईरहेको हुँदा उक्त परियोजनाका लागि निम्न पदहरूमा तपसिल अनुसारको कर्मचारीहरूको आवश्यकता भएकोले उल्लेखित पदहरूमा ब्यक्तिगत बिबरण (बायोडाटा) र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहित यो सूचना प्रकाशित भएको मितिले ५दिन भित्र आवेदन दिन हुन आह्वान गरिन्छ ।
तपसिल
पद: परियोजना संयोजक (Project Coordinator)
संख्या: १ (एक) जना
योग्यता: स्नातकवा सो सरह
कार्य उद्देश्य(Job Purpose)
समग्र जन–उत्थान केन्द्रका कार्यकारी निर्देशक र साझेदार संस्था युनिसेफसँग निकट रहेर सबै क्रियाकलापको प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्देश्य पुरा गर्ने ।
कार्यको मुख्यजिम्वेवारी (Job Responsibilities /Main Duties)
- योजनातर्जुमा र बजेट तयारी
- सम्बन्धित परियोजनाका जिल्ला स्थित सरोकारवालाहरू, स्थानिय तह एवं सम्बन्धित निकायहरूसँग समन्वय गरि योजना तर्जुमाका लागि सूचना संकलन गर्ने ।
- लैगिंक, सामाजिक समाबेशीकरण र लक्षित बर्गप्रति संवेदनशिल हुँदै परियोजनाका सम्पूर्ण क्रियाकलापहरूलाई बजेट सहितको योजना तर्जुमा गर्ने ।
- युनिसेफ नेपालको साझेदारीमा संचालित कार्यक्रमहरूको बजेट तर्जुमा, त्यसको अध्यावधिक कार्य गर्ने । परियोजनाको बजेट सहितको योजनालाई समीक्षा सहित औपचारिक रुपमा अगाडी बढाउनका लागि संस्थाको कार्यकारी निर्देशकलाई सहयोग पुर्यायाउने ।
- समन्वय र सहकार्य
- प्रदेश तथा जिल्ला स्थित शिक्षासँग सम्बन्धित सरकारी कार्यालय, स्थानिय तह, सहयोगी निकाय, लाभान्वित बर्ग, अन्य गैरसरकारी संस्था, संचारकर्मी, विभिन्न परियोजनाका प्रतिनिधिर युनिसेफ नेपालका साझेदार संस्थाहरूसँग समन्वय र सहकार्य गरी परियोजनाको अपेक्षित नतिजा पुरा गराउने ।
- स्थानीय तथा जिल्ला तहमा स्थापना भएका समुदायमा आधारित संस्थाहरु (सामुदायिक सिकाई केन्द्र, किशोरी क्लबतथा संजाल, गाउँशिक्षा समिति, गाउँबाल संरक्षण समिति, बालक्लब, स्वास्थ्य संस्थाव्यवस्थापन समिति र अन्य समूहहरू)लाई क्षमता अभिबृद्धि तथा सवलीकरणका माध्यबाट उनीहरुको दिगोपना र श्रोत साधनमा पहुँच अभिवृद्धि गर्न सहजीकरण गर्ने ।
परियोजना कार्यान्वयन, अनुगमन र मूल्यांङ्कन
- परियोजनाको नेतृत्वलिई आफ्नो कार्ययोजना(Work Plan) बनाउने, आफू अन्र्तगतका मानव श्रोत (कर्मचारी) को कार्ययोजना बनाउन सहयोग गर्ने, सोही अनुसार कार्य सम्पादन भयो वा भएन निरीक्षण गर्ने, थप आवश्यक सहयोग गरी कार्यलाई प्रभावकारी बनाउनुका साथ साथै परियोजनाको कार्य सम्पन्न गर्न सहज वातावरण बनाउने ।
- स्थानिय तहका शिक्षा शाखा, महिला तथा बालबालिका शाखा विद्यालय व्यास्थापन समिति, स्थानीय स्तरका स्वास्थ्य संस्था,स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति(HFOMC)सँग समन्वयगर्दै परियोजना अन्तर्गतका क्रियाकलापहरू प्रभावकारीरुपमा संचालन गर्न आवश्यक सहयोगको लागि वातावरण सृजना गर्ने ।
- स्थानीय स्तरमा रहेका सामुदायिक सिकाई केन्द्र, वालक्लव, किशोरी समूह, परियोजनासंग सम्वन्धित विभिन्न संजालसँग समन्वय विस्तार गरी परियोजनाका कार्यहरुलाई थप प्रभावकारी र दिर्घकालीन वनाउन पहल गर्ने एवं आफु मातहतका कर्मचारीहरुलाई उपयुक्त वातावरण निर्माण गर्ने ।
- परियोजना अन्तरर्गत गरिएका कार्यको अनुगमन र मुल्यांकन गर्ने, कमिकमजोरी एवं सुधार गर्नु पर्नेमा पृष्ठपोषण दिने, कार्यमा थप सहयोग गर्ने साथै सो कुरा आफू भन्दा माथिल्लो निकायलाई जानाकारी समेत दिने ।
- जिल्ला स्तर एवं गाउँपालिका/नगरपालिका स्तरका सम्वन्धित सरोकारवालाको योजना तर्जुमा कार्यक्रम, गोष्ठि, बैठक आदिमा सहभागी भई परियोजनाका वारेमा जानकारी गराउँदै आवश्यक सहयोग प्राप्त गर्न सक्ने वातावरण सृजना गर्ने ।
- साझेदार संस्थासंग परियोजनाको कार्यका लागि उत्तरदायी हुने, प्राप्त निर्देशनलाई कार्यन्वयन गर्ने एवं परियोजनाको लागि साझेदार संस्थाको जिल्ला नेतृत्ववा सम्पर्क व्यक्तिसंग आवश्यक समन्वयएवं सहकार्य गरी अपेक्षित नतिजाका लागि कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्ने ।
- संस्था प्रति उत्तरदायी हुने, संस्थाले दिएका अन्य जिम्मेवारी पुरा गर्ने, संस्थाका नीति नियमको पालना गर्दै संस्थागत विकासका लागि प्रयत्न गरि रहने ।
प्रतिवेदन र दस्तावेजीकरण
- परियोजनाको आवधिक (मासिक, त्रैमासिक, अर्धवार्षिक र बार्षिक) प्रतिवेदन तयार गरी आफूभन्दा माथिल्लो निकायबाट प्रमाणित गराई सम्बन्धित दाता साझेदार, विभिन्न सरोकारवाला निकाय र सस्थामा पठाउने ।
- परियोजना संचालनका क्रममा आएका चुनौती, सिकाई र असल अभ्यासहरुलाई संकलन गरि दस्तावेजीकरण गर्ने ।
- प्रयाप्त मात्रामा कार्यक्षेत्रका लक्षित बर्ग र यस परियोजनासंग सम्बन्धित तथ्याड्ढहरु संकलन गर्ने, संकलन गरिएका (DATA) हरुलाई अभिलेखीकरण गरी चुस्त दुरुस्त राखेको कुरा सुनिश्चित गर्ने ।
- मासिक रुपमा आफु मातहतका कार्यक्रम, वित्तएवं प्रशासनिक र अनुगमन मूल्याङकनको कार्य गर्ने, कर्मचारीहरुको माध्यमबाट मासिकतथा त्रैमासिक प्रगति प्रतिवेदन, वित्तिय प्रतिवेदन तथा अनुगमन तथा मूल्याङकन प्रतिवेदनहरु संकलन गरी अभिलेखिकरण तथा प्रतिवेदनको लागि जिम्मेवार रहने ।
न्यूनतम योग्यताः
१. शिक्षावा सामाजिक विज्ञानमा स्नातक वा सो सरह उत्तीर्ण भई कम्तिमा ३ वर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको हुनु पर्नेछ । स्नातकोत्तर गरेकोलाई प्राथमिकता दिइने छ ।
२. स्थानीय सरकार, विद्यालय, विद्यालयव्य वस्थापन समिति आदिको समन्वयमा अनौपचारिक शिक्षामा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिईनेछ ।
३. स्थानीय भाषा, नेपाली र अंग्रेजीभाषामा निपुणता भएका (सिरहा जिल्ला वा मधेश प्रदेशका) उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
४. महिला, अपांगता भएका व्यक्ति, LGBTQI+र सीमान्तकृत समुदायका उम्मेदवारलाई आवेदन दिन प्रोत्साहित गरिन्छ ।
५. परियोजना लग–फ्रेम र परिवर्तनको सिद्धान्तमा राम्रो ज्ञानभएको साथै MEL फ्रेमवर्क र ट्रयाकिंग प्रगति विकास गर्ने सीप भएको हुनुपर्नेछ ।
६. आधारभूत कम्प्युटरमा (word, excel, Power Point etc.)र डाटा प्रोसेसिंग बारे राम्रो ज्ञान र सीप भएको हुनुपर्नेछ ।
७. स्थानीय निकाय तथा सरोकारवालाहरुसंग उत्कृष्ट समन्वय, वार्ता र सहजीकरण गर्न सक्ने सीप भएको हुनुपर्नेछ ।
८. टीमवर्कलाई प्रवद्र्धन गर्दै संगठनभित्र र बाहिर व्यवसायिक सम्बन्ध विस्तार गर्न सक्ने क्षमता भएको ।
९. कार्यक्षेत्रमा स्थलगत भ्रमणहरू पटक पटक गर्न सक्ने र आवश्यकता अनुसार कार्यस्थल बाहिर (बैठक, प्रशिक्षण,कार्यशाला आदिको लागि) बास बस्न सक्ने हुनुपर्नेछ ।
१०.अनौपचारिक शिक्षा, लैंगिक हिंसा, जीविकोपार्जन/ आयआर्जन र GESI क्षेत्रमा अनुभवी भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
पद: कार्यक्रम अनुगमन तथा दस्तावेजिकरण अधिकृत ( Program Monitoring & Documentation Officer)
संख्या: १ (एक) जना
योग्यता: स्नातकतहवा सो सरह
कार्य उद्देश्य(Job Purpose):
समग्र जन–उत्थान केन्द्रका कार्यकारी निर्देशक, परियोजना संयोजक, लेखा तथा बित्त प्रमुख र साझेदार संस्था युनिसेफका परियोजना कर्मचारीको निकट रहेर तोकिएको कार्य जिम्मेवारीका सबै क्रियाकलापको प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्देश्य पुरा गर्ने ।
कार्यको मुख्यजिम्वेवारी (Job Responsibilities /Main Duties)
- प्रश्नावली, चेकलिस्ट, परियोजना सम्बन्धी उपकरणहरू आदि बनाउदा/ विकास गर्दा युनिसेफको MEL फोकलपोइन्ट र युनिसेफको प्रतिनिधिसँग समन्वयगर्ने साथै डाटा Cleaning, विश्लेषण र रिपोर्ट लेखन प्रक्रिया को नेतृत्व लिने ।
- अनुगमन, मूल्यांकन तथा सिकाईसंग सम्बन्धित (MEL)डाटा र जानकारीको अद्यावधिक रेकर्ड राख्ने र युनिसेफको टोलीलाई साझेदारी गर्ने ।
- दृश्य प्रस्तुति (पाई चार्ट, बार रेखाचित्र आदि) सहित आवधिक रिपोर्टहरू तयार गर्न परियोजना संयोजकलाई सहयोग गर्ने ।
- डाटा बेस व्यवस्थापन, डाटा सुरक्षा डाटा तथा डाटा संरक्षणका लागि विभिन्न फारम र ढाँचा विकास गर्ने ।
- परियोजनाको नियमित अनुगमन, मूल्यांकनको साथै परियोजना टोलीलाई समयमै कोचिंग र परामर्श दिने ।
- गतिविधिहरूको प्रभावकारी कार्यान्वयनका लागि बहु–सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने ।
- स्थानीय तह, विद्यालय, शिक्षा विकास तथा समन्वय इकाइ(EDCU), स्थानीय तहको शिक्षा इकाइ र जिल्लाका समानउद्देश्य/ विचारधारा भएका निकायहरुसँग सुदृढ सम्बन्ध स्थापित गर्ने ।
- समयमै परियोजनाको गतिविधिहरूको योजना बनाउन र प्रभावकारी तथा गुणस्तरीय कार्यान्वयनको लागि परियोजना संयोजक र संगठनभित्रका अन्य टोलीका सदस्यहरूसँग समन्वय गर्ने ।
- विद्यालय बाहिर रहेका बालबालिका तथा किशोरकिशोरीको लागि अनौपचारिक शिक्षा कोर्ष संचालन गर्नको लागि उडान सहजकर्ता / सामुदायिक शिक्षकहरूलाई सुपरिवेक्षण, प्रशिक्षण, सहयोग र क्षमता अभिवृद्धि गर्ने ।
- परियोजना तहमा उच्च गुणस्तरको कथा प्रतिवेदनहरू बनाउन, परियोजना टोलीलाई जानकारी सङ्कलन गर्न मार्गदर्शन गर्ने तथा विभिन्न आवधिक रिपोर्ट तयार/ उत्पादन गर्ने प्रक्रियामा परियोजना संयोजकलाई सहयोग गर्ने ।
- परियोजना संयोजकद्वारा प्रदान गरिएको परियोजना तथा संस्थासंग सम्बन्धित कुनै पनि अन्यकार्य र जिम्मेवारीहरू निर्वाह गर्ने ।
न्यूनतम शिक्षा तथा योग्यताहरु (Skills and Qualification requirements):
- मान्यता प्राप्त विश्व विद्यालयबाट शिक्षा, अर्थ शास्त्र, विकास अध्ययन, तथ्याङ्कशास्त्र, व्यवस्थापन तथा सम्बन्धित सामाजिक विज्ञान मध्ये कुनै एकमा स्नातक तह (स्नातकोत्तर तह गरेकालाई प्राथमिकता दिईने छ) ।
- विकास परियोजनाहरूको लागि अनुगमन तथा अभिलेखिकरण प्रणालीहरू (M & E systems) व्यवस्थापन गरेको न्यूनतम २ वर्षको अनुभव ।
- विगतमा अनुगमन, मूल्यांकन तथा सिकाई (MEL)क्षेत्रमा काम गरेका अनुभवीउम्मेदवारलाई उच्च प्राथमिकता दिईनेछ ।
- स्थानीय, नेपालीसंगै अंग्रेजी भाषामा निपुणता भएका (सिरहा जिल्ला वा मधेश प्रदेशका) उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
- महिला, अपांगता भएका व्यक्ति, LGBTQI± र सीमान्तकृत समुदायका उम्मेदवारलाई आवेदन दिन प्रोत्साहित गरिन्छ ।
- परियोजना लग–फ्रेम र परिवर्तनको सिद्धान्तमा राम्रो ज्ञान भएको साथै MEL फ्रेमवर्क र ट्रयाकिंग प्रगति विकास गर्ने सीप भएको हुनु पर्नेछ ।
- आधारभूत कम्प्युटरमा (Word, Excel, Power Point etc.) र डाटा प्रोसेसिंग बारे राम्रो ज्ञान र सीप भएको हुनु पर्नेछ ।
- स्थानीय तह र सरोकारवालाहरूसँग उत्कृष्ट समन्वय, वार्ता र सहजीकरण गर्न सक्ने सीप भएको हुनु पर्नेछ ।
- टीमवर्कलाई प्रवद्र्धन गर्दै संगठन भित्र र बाहिर व्यवसायिक सम्बन्ध विस्तार गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ ।
- कार्य क्षेत्रमा स्थलगत भ्रमणहरू पटक पटक गर्न सक्ने र आवश्यकतानुसार कार्यस्थल बाहिर (बैठक, प्रशिक्षण, कार्यशालाहरू आदिको लागि) वाँस बस्न सक्ने हुनुपर्नेछ ।
- अनौपचारिक शिक्षा, लैंगिक हिंसा, जीविकोपार्जन/ आयआर्जन र GESI क्षेत्रमा अनुभवी भएका उम्मेदवारलाई आवेदन दिन आह्वान गरिन्छ ।
पद: कार्यक्रम अधिकृत (महोत्तरी )
आबश्यक संख्या: १ (एक) जना
योग्यता: स्नातक तह वा सो सरह
कार्य उद्देश्य (Job Purpose)
समग्र जन–उत्थान केन्द्रका कार्यकारी निर्देशक, परियोजना संयोजक, लेखा तथा बित्त प्रमुख र साझेदार संस्था युनिसेफका परियोजना कर्मचारीको निकट रहेर तोकिएको कार्य जिम्मेवारीका सबै क्रियाकलापको प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्देश्य पुरा गर्ने ।
कार्यको मुख्यजिम्वेवारी (Job Responsibilities /Main Duties)
- समयमै परियोजनाको गतिविधिहरूको योजना बनाउन र प्रभावकारी तथा गुणस्तरीय कार्यान्वयनको लागि परियोजना संयोजक र संगठनभित्रका अन्य टोलीका सदस्यहरूसँग समन्वय गर्ने ।
- विद्यालयबाहिर रहेका बालबालिका तथा किशोर–किशोरीको लागि अनौपचारिक शिक्षा कोर्ष संचालन गर्नको लागि उडान सहजकर्ता / सामुदायिक शिक्षकहरूलाई सुपरिवेक्षण, प्रशिक्षण, सहयोग र क्षमता अभिवृद्धि गर्ने ।
- परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि समुदाय स्तरका कर्मचारी र समुदायका व्यक्तिहरूको क्षमता अभिवृद्धि/ सुदृढ गर्ने ।
- आवश्यकता अनुसार कार्यक्रमको प्रतिवेदन (साप्ताहिक, मासिक, त्रैमासिक र वार्षिक) को साथै सफलताको कथा र घटना प्रतिवेदन तयार गरी आफ्ना सुपरिवेक्षकलाई समयमै बुझाउने ।
- समुदायबाट भनाई/ उद्धरणहरू सङ्कलन गरी घटना प्रतिवेदन र सफलताको कथा बनाई आफ्ना सुपरिवेक्षक वा परियोजना संयोजकलाई समयमै बुझाउने ।
- नियमित परियोजना अनुगमनका साथै सरकारी तथाअन्य सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गरी संयुक्त परियोजना अनुगमनको नेतृत्व गर्ने ।
- स्थानीय तह, विद्यालय, शिक्षा विकास तथा समन्वय इकाइ (EDCU), स्थानीय तहको शिक्षा इकाइ, सामुदायिक सिकाई केन्द्र (Community Learning Center/ CLC)र जिल्लाका समान उद्देश्य/ विचारधारा भएका निकायहरुसँग सुदृढ सम्बन्ध स्थापित गर्ने ।
- परियोजना संयोजकद्वारा प्रदान गरिएको परियोजना तथा संस्थासंग सम्बन्धित कुनै पनि अन्य कार्य र जिम्मेवारीहरू निर्वाह गर्ने ।
न्यूनतम शिक्षा तथा योग्यताहरु (Skills and Qualification requirements):
- मान्यता प्राप्त विश्वविद्यालयबाट शिक्षामा स्नातक तह उतिर्ण गरी शिक्षा क्षेत्रमा कम्तिमा २वर्षको अनुभव भएका ।
- स्थानीय, नेपालीसंगै अंग्रेजी भाषामा निपुणता भएका (सिरहा जिल्ला वा मधेश प्रदेशका उम्मेदवारलाई प्राथमिकता दिइनेछ) ।
- महिला, अपांगता भएका व्यक्ति,LGBTQI सीमान्तकृत समुदायका उम्मेदवारलाई आवेदन दिन प्रोत्साहित गरिन्छ ।
- आधारभूत कम्प्युटरमा राम्रो ज्ञान र सीप भएका ।
- स्थानीय तह तथा सरोकारवालाहरूसँग उत्कृष्ट समन्वय, वार्ता र सहजीकरण गर्न सक्ने सीप भएका ।
- टिमवर्कलाई प्रवद्र्धन गर्दै संगठन भित्र र बाहिर व्यवसायिक सम्बन्ध विस्तार गर्न सक्ने क्षमता भएका ।
- कार्य क्षेत्रमा स्थलगत भ्रमणहरू पटकपटक गर्न सक्ने र आवश्यकतानुसार कार्यस्थल बाहिर (बैठक, प्रशिक्षण, कार्यशालाहरू आदिको लागि) वाँस बस्न इच्छुक ।
- अनौपचारिक शिक्षा, लैंगिक हिंसा, जीविकोपार्जन/आयआर्जन र GESI क्षेत्रमा अनुभवी भएका उम्मेदवारलाई प्राथमिकता दिईने छ ।
सेवा सुबिधाः संस्थाको नियमानुसार हुनेछ ।
आवेदनदिने अन्तिममिति: २०८२/०७/१३ गते बिहिवार साँझ ५:०० बजेसम्म ।
परीक्षाको किसिम: लिखित र अन्तरर्वार्ता । (छोटो सूचि(Short List) मा छनौट भएका उम्मेवारहरुलाई लिखित र अन्तरर्वार्तामा सामेल गराईने छ ।
आवश्यक कागजात: आवेदनपत्र, ब्यक्तिगत बिबरण(BIO-DATA),नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
निवेदन बुझाउने प्रकृया: इमेल मार्फत कार्यालयमा पठाउनु पर्नेछ ।
इमेलको लागि: vacancy.samagra@gmail.com
समग्र जन उत्थान केन्द्र
लहान नपा-८ यातायात कार्यालय नजिक
नयाँ बजार (सिरहा)
Overview
| Category | Education, Development Project |
| Openings | 3 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 24 Oct, 2025 |
| Apply Before | 30 Oct, 2025 |
| City | Siraha |