कर्मचारी आवश्यक
Details / requirements:
सूचना प्रकाशन
मिति: २०८२/१०/१६
दलित सामाजिक विकास केन्द्रले केयर नेपाल सँग को साझेदारीमा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिकामा SAMBRIDDI “सम्बृद्धि” परियोजना संचालन गर्दछ । यस परियोजनाले विद्यालय बाहिर रहेका १५ देखी २४ बर्ष उमेर समूहका किशोरीहरूलाई आधारभूत सिकाइ, तथा उद्यमशील सीप र जीवनाउपयोगी क्षमताले सुसज्जित गर्दै वकालत मार्फत सहयोगी प्रणाली निर्माण गर्नु मुख्य लक्ष्य लिएको छ। परियोजना कार्यान्वयनको लागि तपसिल बमोजिमका कर्मचारीहरूको आवश्यकता भएकोले तल उल्लेखित योग्यता तथा अनुभव भएका ४५ बर्ष उमेर पूरा नभएका र नेपाली नागरिकहरू बाट दरखास्त आह्वानका लागि ७ दिने सूचना प्रकाशन गरिएको छ ।
दलित सामाजिक विकास केन्द्र सामाजिक विभेदको कारण दलित, महिला र विपन्न समुदायका व्यक्तिहरूको बर्षो देखि सामाजिक, राजनीतिक र आर्थिक अधिकार बाट वञ्चित रहनुका साथै पछाडि समेत पारिएका छन् । यसरी निरन्तर वञ्चितिकरणमा परेका दलित, महिला, किशोर किशोरी, अपाङ्गता भएका ब्यक्ति, गरिब, तथा पिछडि पारिएका समुदायलाई सचेत र संगठित गराई उनीहरूको हक अधिकार बारे पैरवी गर्नुका साथै गरीबी न्यूनीकरण गर्ने उद्देश्यले २०६१ सालमा यो केन्द्र स्थापना भएको हो । यो संस्था विगत २१ वर्ष देखि दलित र उत्पीडित समुदायको उत्थान गर्ने, गैर नाफामुलक स्वतन्त्र सामाजिक संस्था हो ।
१. पद: परियोजना अधिकृत (एक जना)
शैक्षिक योग्यता: स्नातक तह वा सो सरह
- शिक्षा तथा मानविकि संकाय लिएर स्नातक तह पास गरी कम्तिमा ३ बर्ष सामाजिक संघ संस्थामा काम गरेको अनुभाव भएको हुनु पर्ने । वा
- अन्य विषयमा स्नातक तह पास गरी सामाजिक संघ संस्थामा जीवीकोपार्जन र किशोरी सशक्तिकरण क्षेत्र कम्तीमा ५ वर्ष कार्य गरेको अनुभाव भएको हुनु पर्ने ।
कार्यक्षेत्र: शुद्धोधन गाउँपालिका, कपिलवस्तु
आवश्यक ज्ञान, सिप र अनुभव:
- औपचारिक तथा अनौपचारिक शिक्षाको क्षेत्रमा काम गर्दै आएको तथा विद्यालय, शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय ईकाइसँग तथा स्थानिय सरकार तथा निकायहरूसँग समन्वय गर्ने अनुभव तथा क्षमता भएको ।
- विद्यालय शिक्षा प्रणाली, शिक्षा नीति, पाठ्यक्रम विकास, सिकाइ मूल्याङ्कन प्रणाली, वा शिक्षक तालिम सम्बन्धी अनुभव।
- क्रियाकलपामा आधारित शिक्षण सिकाइ अवधारणाबारे ज्ञान भएको ।
- डकिशोरी र युवा महिलाहरू लक्षित साना तथा मझौला उद्यम विकास कार्यक्रम सञ्चालन सम्बन्धि दक्षता भएको ।
- सम्बन्धित सरोकारवाला तथा लघुवित्त संस्थासँग सहकार्य तथा समन्वय गर्न सक्ने ज्ञान सीप भएको ।
- तलिम गोष्ठी संचालन गर्न सकिने दक्षत ज्ञान सीप भएको हुनु पर्ने ।
- जीविकोपार्जन गर्नका लागि समुदायमा उत्प्रेरणा दिई आम्दानीमा बृद्धि गर्न सकिने दक्षता भएको ।
- व्यवसाय शुरू तथा सचेतना तालिम दिन सक्ने क्षमता भएको । ब्यवसाय विकास तथा प्रवर्द्धन गर्न सकिने क्षमता भएको ।
- परियोजना सँग सम्बन्धित समस्या पहिचान, सम्बोधनका लागी कार्ययोजना निर्माण, कार्यान्वयन, अनुगमन र मुल्याकंन कार्यक्रमगत, मासिक र त्रैमासिक तथा वार्षिक प्रतिवेदनहरू तोकिएको समयमा आवश्यकता र माँग अनुसार तयार गर्न सक्ने क्षमता भएको ।
- कार्यक्षेत्रमा कार्यान्वयन भइरहेका राम्रा अभ्यासहरूको पहिचान, संकलन र दस्तावेजीकरण गर्ने, साथै कार्यक्रम कार्यान्वयनका सन्दर्भमा देखिएका समस्या र चुनौतीहरूको विश्लेषण गरी अभिलेखीकरण गर्नसक्ने दक्षता भएको ।
- स्थानीय तथा अन्य सरोकारवालाहरू सँग सम्पर्क, समन्वय र सहकार्य गर्न सक्ने सीप तथा क्षमता भएको ।
- परियोजनाको समुह र समितिहरूमा तोकिएको गतिविधिहरू सञ्चालन तथा सहजीकरण गर्न सक्ने ।
- कम्प्यूटरमा Word, Excel, Power Point, Email Internet मा अंग्रेजी तथा नेपालीमा राम्रो टाइपिङ गर्ने ज्ञान सीप भएको ।
- कार्यक्रमको विस्तृत बजेट विवरण बनाउन र कार्यान्वयन गर्न सक्ने ज्ञान, सीप भएको ।
- स्थानीय भाषाको ज्ञान भएको ।
- मोटर साईकल चलाउन सक्ने तथा सवारी चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिइनेछ ।
२. पद: फिल्ड सुपरभाइजर (एक जना)
शैक्षिक योग्यता: स्नातक तह वा सरह उत्तिर्ण
- शिक्षा संकाय स्नातक पास गरी सामाजिक संघ संस्थामा ३ वर्ष कार्य गरेको । वा
- स्नातक पास, जेटी वा जेटीए तालिम लिई कम्तीमा २ वर्ष काम गरेको अनुभाव भएको वा,
- स्नातक पास, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत सञ्चालन हुने १५ महिने “उद्यम विकास सहजकर्ता” (Enterprise Development Facilitator–EDF) सम्बन्धी प्राविधिक एसएलसी (T–SLC) कोर्ष वा स्नातक पास, उद्यम विकास क्षेत्रमा ३ वर्षको कार्य अनुभाव भएको ।
कार्यक्षेत्र: शुद्धोधन गाउँपालिका, कपिलवस्तु
आवश्यक ज्ञान, सिप र अनुभव:
- औपचारिक तथा अनौपचारिक शिक्षाको क्षेत्रमा काम गर्दै आएको तथा विद्यालय, शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय ईकाइसँग तथा स्थानिय सरकार तथा निकायहरूसँग समन्वय गर्ने अनुभव तथा क्षमता भएको ।
- विद्यालय शिक्षा प्रणाली, शिक्षा नीति, पाठ्यक्रम विकास, सिकाइ मूल्याङ्कन प्रणाली, वा शिक्षक तालिम सम्बन्धी अनुभव।
- क्रियाकलपामा आधारित शिक्षण सिकाइ अवधारणाबारे ज्ञान भएको ।
- शिक्षा सम्बन्धित सामाजिक संघ संस्थमा कार्य अनुभव भएको ।
- कार्यक्रमको विस्तृत बजेट विवरण बनाउन र कार्यान्वयन गर्न सक्ने ज्ञान, सीप भएको ।
- विद्यालय सुधार योजना र विद्यालय बाल मैत्री तथा गुणस्तरीय शिक्षा बारे ज्ञान भएको हुनु पर्ने ।
- किशोरी सशक्तिकरणका लागि शिक्षा बारे जानकारी हुनु पर्ने ।
- मासिक, त्रैमासिक, अर्धबार्षिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने दक्षता भएको ।
- परियोजनाको प्रशासनिक कार्य तथा सम्पर्क समन्वय र संचार व्यवस्थापन गर्न दक्ष भएको ।
- संचालित कार्यक्रमहरूको अनुगमन तथा मूल्यांकन र पृष्ठपोषण गर्न सक्ने ।
- शिक्षा नीति नियमावलीहरूको बारेमा आधारभूत ज्ञान तथा अनुभव भएको ।
- टिम तथा दवावमा पनि काम गर्न सक्ने दक्ष भएको ।
- कम्प्यूटरमा MS Word, Excel राम्रोसँग काम गर्न सक्ने दक्ष भएको ।
- जिम्मेवारी तोकिएको समयमा सम्पन्न गर्नसक्ने र साथै कहिलेकाँही संस्था र परियोजनाको माँग अनुसार चापमा पनि कार्यगर्न सक्ने क्षमता भएको ।
- संस्था र समुदाय प्रति ईमानदार, सेवाको भावना भएको र जवाफदेहिता तथा जिम्मेवारी बहन गर्नसक्ने ।
- मोटरसाइकल चलाउने सीपको साथै सवारी चालक अनुमतिपत्र भएकोलाई विशेष ग्राह्यता दिइने छ ।
३. अनुगमन, मुल्याकंन तथा सिकाई अधिकृत:
शैक्षिक योग्यता: समाजशास्त्र, मानवशास्त्र, ग्रामिण विकास, वा अन्य विषयमा स्नातक तह उत्तिर्ण भई सोही पदमा सामाजिक संघसंस्थामा २ बर्ष कार्य गरेको अनुभाव भएको हुनु पर्ने ।
कार्यक्षेत्र: शुद्धोधन गाउँपालिका, कपिलवस्तु
आवश्यक ज्ञान, सिप र अनुभव:
- कम्प्युटरमा (Microsoft Office-Word, Excel, PowerPoint),जस्ता कार्यक्रम चलाउन सक्ने तथा विभिन्न प्रकारको डाटा राख्न सकिने दक्षता भएको ।
- कार्यक्रमको अनुगमन तथा मूल्यांकन चेक लिष्ट तयार गरी सोही बमोजिम अनुगमन तथा आवश्यक रिपोर्टिङ गर्न सक्ने।
- कार्यक्रमको तथ्यांक सहितको प्रतिवेदन, उपलब्धी र सिकाइहरूको अभिलेखिकरण गर्न सक्ने र केश स्टोरीहरू तयार गर्न ज्ञान सीप भएको ।
- परियोजना अनुगमन, मूल्यांकन सिकाई (MEL), योजना तयारी एवं कार्यान्वयन गर्न सक्ने क्षमता भएको ।
- किशोरी तथा जीविकोपार्जन क्षेत्रमा कार्य गरेको अनुभाव भएको ।
- स्थानीय सरकार वा अन्य साझेदार निकायसँग समन्वय गर्न सक्ने दक्षता भएको ।
- किशोरी युवाहरूसँग काम गर्ने अनुभव र उनीहरूलाई सशक्तिकरण गर्न सक्ने क्षमता भएको ।
- समुदायमा सहभागिता, समूह परिचालन, क्षमता विकास, र नेतृत्व विकास सम्बन्धी ज्ञान भएको ।
- युवा नीति, लैंगिक समानता, समावेशिता, र सामाजिक न्यायबारे स्पष्ट बुझाइ भएको ।
- संवाद, सहजीकरण, प्रस्तुति र गुणस्तरिय प्रतिवेदन लेख्ने सीप भएको ।
- विभिन्न समुह, समितिहरूको डाटा राखी विश्लेषण गर्न सक्ने दक्षता भएको ।
- मोटरसाइकल चलाउने सीपको साथै सवारी चालक अनुमतिपत्र भएकोलाई विशेष ग्राह्यता दिइने छ ।
आवश्यक कागजपत्रहरू:
सबै पदको लागि लिखित निवेदन सहित व्यक्तिगत विवरण (Bio-Data/CV), नागरिकताको प्रमाण–पत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो २ प्रति, तोकेको शैक्षिक योग्यताको प्रमाण–पत्रहरू, चरित्र प्रमाण–पत्रहरूको प्रतिलिपी, तालिम तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
निवेदन दिने अन्तिम मिति र समयः २०८२/१०/२२ गते साँझ ५ बजे सम्म
छनौट प्रकृयाः
- शैक्षिक प्रमाण–पत्र तथा कार्य अनुभवको आधारमा छोटो सूचीमा छनौट भएका उम्मेदवारहरूलाई मात्र लिखित र मौखिक परिक्षाको लागि बोलाइने छ ।
- सम्पर्क मिति: २०८२/१०/२३ गते
- परिक्षा मिति: २०८२/१०/२५
सेवा सुविधा: परियोजना र संस्थाको नियमानुसार हुनेछ ।
नोट:
- महिला, दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका व्यक्तिलाई विषेश ग्राह्यता दिइनेछ ।
- कुनै पनि नातावाद/कृपावाद र टेलिफोन मार्फत धाकधम्की र अन्य तरिकावाट प्रभाव पार्न खोजिएमा उक्त व्यक्तिको निवेदन स्वतहः रद्द गरिनेछ । सम्पूर्ण निर्णय प्रकृया संस्थामा निहित हुनेछ ।
- कुनै पनि मुद्दा, ठगी, भ्रष्टाचार र बाल शोषण र दुर्व्यवहार, लैंगिक हिंसा तथा भ्रष्टाचारका गतिविधिहरूमा संलग्नता नभएको आफुले निवेदनमा स्वघोषित गर्नु पर्ने ।
निवेदन बुझाउने/आइपुग्नु पर्ने ठेगाना:-
दलित सामाजिक विकास केन्द्र, क.व.न.पा.५, डंगरी, कपिलवस्तु सम्पर्क नं. ९८०१९४२६६२ इमेल: vacancy.dsdc@gmail.com
नोट: अन्तिम दिन विदा भएमा कार्यालय खूला हुने र आवेदन दर्ता हुनेछ । माथि उल्लेखित ईमेल मार्फत पनि निवेदन पेश गर्न सकिन्छ ।
संस्थाको कार्यालय कपिलवस्तु नगरपालिका वडा नं. ५, डँगरी कपिलवस्तु ईमेल dsdc2061@gmail.com
Overview
| Category | Education, Social Science, Development Project, NGO/INGO/Social work |
| Openings | Few |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 29 Jan, 2026 |
| Apply Before | 05 Feb, 2026 |
| City | Kapilvastu |