क्लिनिकल कन्सल्टेन्ट
Details / requirements:
सुन्दर नेपाल संस्था, सुर्खेत
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मिति: १७ मंसिर २०८२, (३ डिसेम्बर २०२५)
सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE Nepal को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाँउपालिका, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा Mother and Child Wellbeing (WCM) परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका श्रोतब्यक्ती/प्रशिक्षकको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।
| क्र.स | पद | संख्या | योग्यता | बिषय क्षेत्र तथा अनुभव |
| १ | क्लिनिकल कन्सल्टेन्ट | १ | स्नातकोत्तर/स्नातक तह नर्सिङ्गमा वा PCL नर्सिङ्गमा | मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ्ग विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरी ३ वर्ष वा PCL नर्सिङ्ग तह उत्तीर्ण भएमा ५ वर्षको MNCH वा पोषण सम्बन्धी कार्यक्रममा कार्य अनुभव भएको । |
नोट: उल्लेखित पदहरुको लागि बिस्तृत कार्य विवरण (detailed job description) सुन्दर नेपाल संस्थाको वेबसाईट https://www.sundarnepal.org.np. मा notices हेर्न सकिन्छ ।
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरुः
१. नेपाली नागरिकताको र सवारी चालकको प्रमाण—पत्रको प्रतिलिपि
२. शैक्षिक र तालिमको प्रमाण—पत्रको प्रतिलिपि
३. नेपाल नर्सिङ्ग परिषद् दर्ता प्रमाण—पत्रको प्रतिलिपि
४. यस भन्दा अघि काम गरेको अनुभव पत्र (experience letter) को साथमा नियुक्तिपत्र ।
५. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (cover letter)
छनौटको किसिम: लिखित र अन्तरवार्ता (दुवै)
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा अन्तरवार्ता छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ ।
दरखास्त दिने अन्तिम मिति: २३ मंसिर, २०८२ (०९ डिसेम्बर, २०२५) बेलुका ०४:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०४:०० बजेसम्म आवेदन दिन सकिनेछ ।
थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।
Click Here for detailed ToR
सुन्दर नेपाल संस्था
वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत
फोन न: ०८३–५२०९२६/५२३५३०
वा ईमेल: vacancy@sundarnepal.org.np
Overview
| Category | Development Project, Nursing |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | 5+ years |
| Education | PCL Nursing |
| Posted Date | 03 Dec, 2025 |
| Apply Before | 09 Dec, 2025 |
| City | Surkhet |