काँडेतार घेरवार र ह्यूमपाईप कल्भर्ट जडान सम्बन्धि शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
काँडेतार घेरवार र ह्यूमपाईप कल्भर्ट जडान सम्बन्धि शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
सुचना नं. CRP-०२-०८३/०८४
प्रकाशित मिति: २०८४/०५/२६
वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) (Preservation of Environment and Social Welfare Association of Nepal-PESWAN) संस्थाले Practical Action सँग साझेदारी गरी कञ्चनपुर जिल्लामा समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम सञ्चालन गरिरहेको छ।
उल्लेखित कार्यक्रम अन्तर्गत तपशिलमा उल्लेखित कार्य गर्नुपर्ने भएकाले नेपाल सरकारको प्रचलित कानुन अनुसार दर्ता भई मूल्य अभिवृद्धि करमा आवद्ध भएका इच्छुक आपूर्तिकर्ता/ निर्माण ब्यावसायीहरूबाटहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन कार्यालय समय भित्र शिलबन्दी खाममा वा इमेल मार्फत (फोल्डर पासवर्ड प्रोटेक्ट गरी) दरभाउ/बोलपत्र पेश गर्न हुनका लागि यो सार्वजनिक सूचना आह्वान गरिएको छ ।
तपशिल:
| क्र.सं. | कार्यको नाम | कार्य गर्नुपर्ने स्थान | कामको विशिष्टिकरण तथा विवरण संलग्न लिङ्कः | परिमाण | इकाई | कैफियत |
| १ | काँडेतार घेरवार | लालझाडी गाउँपालिका-४ खल्लाजाई । | Link-1 | १ | निर्माण कार्य | |
| २ | ह्यूमपाईप कल्भर्ट जडान | पुनर्वास नगरपालिका -५, रातोताल | Link-2 | १ | निर्माण कार्य |
नोटः सम्पादन गर्नुपर्ने कार्य वा सेवाको बिष्तृत विवरण तथा दरभाउ फाराम माथी दिईएका सम्बन्धित लिङ्कहरूबाट डाउनलोड गर्न सकिने छ ।
दरभाउका शर्तहरू:
१. दरभाउपत्र फाराम संस्थाको कार्यालयमा उपस्थित भई वा माथी दिईएका लिंक मार्फत डाउनलोड गरि प्राप्त गर्न सकिनेछ र तोकिएको समयभित्र संस्थाको कार्यालयमा उपस्थित भई वा फोल्डरमा पासवर्ड राखेर तपशिलको ईमेल ठेगानामा पठाउन सकिने छ । आवेदकहरूले कार्यको विवरण तथा कार्य गर्नुपर्ने स्थान समेतको अध्ययन आकलन गरी दरभाउ पेश गनुपर्ने छ ।
२. दरभाउपत्र लाहाछाप शिलबन्दी गरेर खाम बन्द गरेको हुनुपर्नेछ । साथै खामको बाहिर आपुर्तीकर्ताको विवरण नाम, ठेगाना, सम्पर्क नम्बर, ईमेल लेखी फर्मको छाप लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था दरभाउपत्र बुझ्न वा सदर गर्न वाध्य हुनेछैन । साथै ईमेल मार्फत आवेदन दिने आपुर्तीकर्ताले पासवर्ड प्रोटेक्ट गरि आवेदन दिनुपर्ने छ ।
३.आवेदक आपुर्तीकर्ताहरूले उल्लेखित कार्य तथा सेवाहरूमा छुट्टा छुट्टै दरभाउ एउटै वा छुट्टै शिलबन्दी खाममा पेश गर्नु पर्ने छ ।
४. उल्लेखित निर्माण तथा मर्मत लगायतका कार्य गर्न इच्छुक निर्माण व्यवसायी वा आपुर्तीकर्ताहरूले उल्लेखित दरभाउ फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण-पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाण-पत्र, कर चुक्ता प्रमाण-पत्र दरभाउ दाताको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि संलग्न गरी पेश गर्नु पर्नेछ ।
५. दरभाउपत्र फाराममा उल्लेखित सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक वा अक्षरलाई मान्यता दिईने छैन ।
६. दरभाउ बुझाउने अन्तिम मिति २०८३/०६/०१, कार्यालय समय ५:०० बजेसम्म रहने छ । यदि दरभाउ फाराम बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिनमा पनि दरभाउ फाराम बुझाउन सकिने छ।
७. दरभाउ फाराम दर्ता गर्ने अन्तिम मितिको भोलिपल्ट संस्थाका प्रतिनिधिहरू र दरभाउ दाता स्वयम् वा नीजको प्रतिनिधिको उपस्थितिमा यस संस्थाको कार्यालयमा दरभाउ खोलिनेछ साथै खोलीने समयको जानकारी गराईने छ। तोकिएको दिनमा दरभाउदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि दरभाउ खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिनको उल्लेखित समयमा नै दरभाउ खोलिने छ।
सर्वाधिकार वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) मा नीहित रहेको छ र अन्य सम्पूर्ण कुराहरू संस्था तथा नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।
खरिद सामिति
भीमदत्त नगरपालिका १८, कटान, महेन्द्रनगर, कञ्चनपुर
सम्पर्क नं.: ९८४१५७३८०२ / ९७०१५६८३४४
इमेलबाट दरभाउ पेश गर्नका लागि इमेल : procurement@peswan.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 10 Sep, 2026 |
| Apply Before | 17 Sep, 2026 |
| City | Kanchanpur |