जुनियर बिल्डिङ्ग इलेक्ट्रिसियन र मोटरसाइकल मेकानिक तालिम सम्बन्धमा ।

Rural Women Upliftment Association (RWUA)

Details / requirements:

Expression of Interest

Terms of Reference

विषय (Agenda): जुनियर बिल्डिङ्ग इलेक्ट्रिसियन र मोटरसाइकल मेकानिक  तालिम सम्बन्धमा ।

स्थान: ग्रामीण नारी उत्थान संघ, हरिपुर ०२, सर्लाही

परिचयः ग्रामीण नारी उत्थान संघले २०५० साल देखि सर्लाही जिल्ला र केही बाहिरका जिल्लाहरूमा महिला सशक्तिकरण, नागरिक अधिकार, स्वशासन, सुशासन, शान्ति र समावेशिकरण, प्रकोप व्यवस्थापन तथा जोखिम न्युनिकरण, लैङ्गिक समता, दिगो कृषि, जीविकोपार्जन, वाल अधिकार, वाल शिक्षा र वाल स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूका साथै जनसरोकारका सवालहरूमा काम गर्दै आएको एक गैर सरकारी संस्था हो । 

यसै सन्दर्भमा सेभ द चिल्ड्रेन र यस ग्रामीण नारी उत्थान संघको साझेदारीमा सञ्चालन भईरहेको समुन्नती परियोजना अन्तर्गत कार्यक्रमको योजना अनुरुप र लोक सेवा तयारी कक्षाका लागि एक दक्ष प्रशिक्षक आवश्यक पर्ने भएकाले संस्थाको खरिद समितिको बैठकले एक जना दक्ष प्रशिक्षक छनौटको लागि कम्तीमा ३ (तिन वटा) दरभाउ पत्र आह्वान गरी राम्रो दक्षता भएको र कम दररेटको बजेट प्रस्ताव गर्ने व्यक्ति वा संस्थालाई प्रशिक्षकको रुपमा छनौटको लागि कोटेशन आह्वान गरिएको छ । 

क्रियाकलापको लागि व्यक्ति/संस्थाले पालना गर्नु पर्ने सर्तहरू:

  • संस्थाको कार्यक्रम योजना अनुरुप कार्यक्रम गर्नु पर्ने साथै ६५ दिन भित्रमा तालिम दिइसक्नु पर्ने ।
  • संस्थाको योजना अनुरुप सबै प्रक्रियाहरुको लागि सहभागी व्यवस्थापन गर्नु पर्ने छ, साथै तोकिएको मिती, समय, स्थानमा कार्यक्रम संचालन गर्नुपर्ने छ । 
  • प्राविधिक शिक्षा र व्यावसाहिक तालिम लागि परिषद्को मापदण्ड अनुरुप तालिम योजनाको विवरण, विषय बस्तु तथा समयको पूर्ण विवरण मानिने ।

कार्यक्रमको उदेश्य:

जुनियर बिल्डिङ्ग इलेक्ट्रिसियन

  • विद्युतको अवधारणा बताउन । 
  • अबरोध, भोल्टेज, करेन्ट र सर्किट र पावर नाप्न ।
  • विद्युतीय औजारहरु सुरक्षित रुपमा प्रयोग गर्न । 
  • विद्युत चिन्ह र संकेत पहिचान गर्न र व्याख्या गर्न । 
  • विद्युतीय उपकरणहरु, फिटिङहरू सुरक्षात्मक संयन्त्र र डिष्ट्रिव्युसन बे।र्ड जडान गर्न । 
  • वायरिङ्ग सिष्टमका विभिन्न ढाँचाहरू जडान र नियन्त्रण गर्न । 
  • बिभिन्न प्रकारका अर्थिङ् इलेक्ट्रोड जडान गर्न । 
  • बिद्युतीय उपकरण तथा सामाग्रीका साथै वाईरिङ्ग प्रणालीको मर्मत संभार गर्न । 
  • बिद्युतीय वाईरिङ्ग पश्चात गर्नु पर्ने टेस्टिङ्ग (परिक्षण) गर्न । 
  • पेसासँग संबन्धित सामान्य गणितीय हिसाब किताब राख्न ।
  • पेसागत स्वास्थ्यबारे जानकार भई सुरक्षित कार्य प्रविधि अपनाउन । 
  • उद्यमशीलता विकासका सीपहरूको सिकी उद्यमी बन्न ।

मोटरसाइकल मेकानिक  तालिम

  • मोटरसाइकल सर्भिस गर्न 
  • मोटरसाइकलको विद्युतीय व्यवस्थाको मर्मत संभार गर्न 
  • मोटरसाइकलको इन्जिन र ट्रान्स्मिसन व्यवस्थाको मर्मत संभार गर्न 
  • व्यावसायिक रूपमा मोटरसाइकल चलाउन
  • पेसागत स्वास्थ्यबारे जानकार भई सुरक्षित कार्य प्रविधि अपनाउन । 
  • उद्यमशीलता विकासका सीपहरूको सिकी उद्यमी बन्न ।

सेवा प्रदायकको जवाफदेहिता (Responsibility of Firm/Consultant)

  • प्रशिक्षक अर्थात् स्रोत ब्यतिमा सहजिकरण गर्ने क्षमता तथा सीप राम्रो हुनुपर्नेछ साथै मान्यता प्राप्त संस्थावाट तह र चरण अनुसार सम्बन्धित विषयमा तालिम प्राप्त गरेको प्रमाण–पत्र हुनुपर्नेछ ।
  • स्थानीय परिस्थिति अनुरुप तालिम स्थलमा पर्याप्त प्रकाश, हावा आवतजावत, फर्निचर तथा सरसफाईको अवस्था राम्रो भएको हुनुपर्नेछ ।
  • तालिम सामग्रीहरू उपलब्ध भएको हुनुपर्नेछ ।
  • प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक ज्ञान सगसँगै समय–समयमा मूल्यांकन पनि गरिनुपर्ने ।
  • तालिम सामग्राीहरू, औचार तथा उपकरणहरु तलिमको उपलब्ध भएको हुनुपर्नेछ ।
  • प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक ज्ञान संगसंगै ब्यवहारीक ज्ञानको लागि पर्यात्त समय दिएको हुनुपर्नेछ जसले गर्दा उनीहरुमा ब्यावहारीक शीपको ज्ञान बढि हुनेछ ।
  • तलिम तथा रोजगार प्रदायकले दिने तालिम शत्रको विषय लागि परिषद्ले तोकेको मापदण्ड अनुरुप हुनुपर्नेछ र तालिम पश्यात् CTEVT को Skill Test मा सहभागी गराइनेछ ।
  • सम्झौता अनुरुप यदि त्यस्ता तालिमको लागि सरकारी स्तरको मान्यताप्राप्त प्रमाण चाहिने भएमा तालिम तथा रोजगार प्रदायक संस्थाले निश्चित कार्य पदको लागि प्राविधिक शिक्षा तथा व्यवसाहिक तालिम केन्द्रसंग समन्वयको व्यवस्था गरी सीप परिक्षा लिनुपर्नेछ ।
  • तालिम तथा रोजगार प्रदायक संस्थाले पनि प्रशिक्षार्थीहरूलाई स्वरोगारीका लागि सहयोग गर्नु पर्नेछ । 
  • तलिम संचालन अवधि भर खाजाको व्यवस्था गर्नुपर्ने छ । 

प्रतिफल (Output/ Deliverables)

  • सहभागिहरु सीपमुलक तालिम मार्फत आत्मनिर्भर तथा स्वरोजगार हुनेछन्   ।

सहभागि (Participants)

  • ईश्वरपुर र हरिपुर नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने छ ।
  • ३५ जना ( २० जना: जुनियर बिल्डिङ्ग इलेक्ट्रिसियन , १५ जना: मोटरसाइकल मेकानिक  तालिम ) 

स्थान (Location)

  • तालिम संचालन हरिपुर न.पा. अथवा ईश्वरपुर न.पा. भित्र गर्ने सहमत रहेको ।

आवश्यक कागजातः

  • डनिवेदन दिने संघ– संस्था नेपाल सरकारको सम्बन्धित निकायमा (दर्ता प्रमाणपत्र, पान/भ्याट, नविकरण, करचुक्ता प्रमाणपत्र, बिगतमा काम गरेको अनुभबको कागजात )
  • ब्यक्ति भएमा बायोडाटा, बिगतमा काम गरेको अनुभबको कागजात, शैक्षिक योग्यताको कागजात, व्यक्तिगत पान नं. आदि । 
  • प्राबिधिक र वित्तिय प्रस्ताब ।
  • लेवल २ र लेवल ३ को मान्यता प्राप्त भएको । 
  • फर्म भए सोको कागजात (दर्ता प्रमाणपत्र, पान÷भ्याट, नविकरण, करचुक्ता प्रमाणपत्र, बिगतमा काम गरेको अनुभबको कागजात ) ।
  • ब्यक्ति भए बायोडाटा, बिगतमा काम गरेको अनुभबको कागजात, शैक्षिक योग्यताको कागजात, पान नं. आदी ।

ईच्छुक व्यक्ति वा फर्मले माथि उल्लेख गरिएका बुँदा अनुरुप ग्रामीण नारी उत्थान संघ, हरिपुर–२, सर्लाहीको तल उल्लेखित आधिकारीक ईमेल ठेगानामा प्रकासन मितिको ५ दिन भित्रमा  यस संस्थामा आईपुग्ने गरी कोटेशन माग गरिएको छ ।

ईमेल: procurement.committe@rwua.org

          9854046251/9854046253

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 05 Sep, 2025
Apply Before 09 Sep, 2025
City Sarlahi