इको स्फियर नेपाल प्रा. लि. (Eco Sphere Nepal Pvt. Ltd.) को आशयपत्र आह्वानको सुचना
Details / requirements:
इको स्फियर नेपाल प्रा. लि. (Eco Sphere Nepal Pvt. Ltd.) को आशयपत्र आह्वानको सुचना
प्रथम पटक प्रकाशित मितिः २०८२/०९/१८
इको स्फियर नेपाल प्रा. लि. (Eco Sphere Nepal Pvt. Ltd.) ललितपुर नगरपालिका – ११ ललितपुर मुख्य कार्यालय रहेको आधुनिक वायुपंखि चुलो उत्पादन गर्ने एक कम्पनी हो । यसले विगत २ वर्षदेखि नेपालका विभिन्न जिल्लाहरूमा आधुनिक वायुपंखि चुलाको प्रबर्धन गर्दै आइरहेको छ । यसैगरी Livelihoods Venture को आर्थिक सहयोग तथा प्राक्टिकल एक्सन नेपालको साझेदारीमा सामाजिक रूपान्तरण तथा मानवीय सहायता संघ (ASTHA NEPAL) ले सुदुरपश्चिम प्रदेशको अछाम, बाजुरा, बैतडी, डोटि, डडेल्धुरा, दार्चुला, बझाङ र कैलाली गरि ८ वटा जिल्लाका स्थानिय तहहरूमा उन्नत चुलोको बजारीकरण परियोजना संचालन गरिरहेको छ । उक्त परियोजना संचालन भएका स्थानीय तह र परियोजनाको आवश्यकताको आधारमा अन्य जिल्लाहरूको गाउँ तथा नगर पालिकामा पनि आपुर्ति गर्नुपर्ने भएकोले हाल यस परियोजना कार्यान्वयनको लागि आधुनिक वायुपंखि चुलो (Model- Eco/FD1.1) प्रबर्धन तथा बिक्री पछी को मर्मत सम्भार को लागि तपशिल वमोजिमका योग्यता पुगेका ईच्छुक र योग्य वितरकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ०७ दिन (२०८२/०९/२४ गते) भित्र कार्यालय समयमा तलको ठेगाना तथा ईमेलमा आवश्यक कागजातहरूको साथमा आशयपत्र पेश गर्नको लागि यो सूचना आह्वान गरिन्छ । विस्तृत कार्यविवरण तथा आशयपत्र ढाँचाको लागि कार्यालयमा सम्पर्क गर्नुहोला ।
पेश गर्नुपर्ने कागजातहरू:
- आशयपत्र पेश गरेको पत्र ।
- प्रस्तापना पत्र ।
- नवीकरण गरिएको व्यावसायिक इजाजतपत्र ।
- भ्याट दर्ता र अन्य निकायमा दर्ता प्रमाणपत्र ।
- बगत ३ आ.व. को करचुक्ता प्रमाणपत्र र लेखा परीक्षण प्रतिवेदन ।
कार्यालयको सम्पर्क ठेगाना
केन्द्रिय कार्यालय: ललितपुर नगरपालिका ११, चाकुपाट
सम्पर्क नम्बरः ९८५११७०९१९
Email: nepalecosphere@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 02 Jan, 2026 |
| Apply Before | 08 Jan, 2026 |
| City | Lalitpur |