High quality media को लागि परामर्शदाता सेवा सम्बन्धी सूचना !!

SOSEC Nepal

Details / requirements:

High quality media को लागि परामर्शदाता सेवा सम्बन्धी सूचना !!

प्रथम पटक प्रकाशित मिति: २०८२ साल चैत्र २५ गते (८ अप्रिल २०२६)

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।  क) असमानता विरुद्ध वकालत (सामाजिक न्याय), ख) उत्थानशिल जिबिकोपार्जन, ग) सुरक्षा र जिबन रक्षा, घ) स्वच्छता स्वास्थ्य तथा पोषण, ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र च) बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ । 

हाल यस संस्थाले Islamic Relief Nepal को आर्थिक सहयोगमा नलगाड नगरपालिका, जाजरकोट जिल्ला मा सञ्चालित WASH Recovery Project अन्तर्गत परियोजनाबाट भएका उपलब्धि, प्रभाव तथा समुदायमा आएको परिवर्तनलाई समेट्ने उद्देश्यले भिडियो डकुमेन्टेसन (१ वटा डकुमेन्ट्री भिडियो र ३ वटा केस स्टोरी भिडियो) सेवा लिनु पर्ने भएकोले इच्छुक तथा योग्य परामर्शदाता/परामर्शदाता संस्था बाट प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. परामर्शदाता सेवाको विवरण

1. WASH Recovery Project का गतिविधि तथा प्रभाव समेटिएको १ वटा डकुमेन्ट्री भिडियो (७–८ मिनेट) तयार गर्ने । 

2. परियोजनाको प्रभाव झल्काउने ३ वटा केस स्टोरी भिडियो (४–५ मिनेट प्रत्येक) तयार गर्ने । 

3. परियोजना क्षेत्रको गतिविधि तथा परिवर्तन झल्काउने २८ वटा उच्च गुणस्तरका फोटोहरू संकलन गर्ने । 

4. आवश्यक स्क्रिप्ट, सबटाइटल, र कच्चा फुटेज उपलब्ध गराउने । 

5. बिस्तृत जानकारी TOR_High quality media मा गई हेर्न सकिनेछ ।

२. प्रस्ताव पेश गर्ने मिति तथा समय

इच्छुक परामर्शदाता/परामर्शदाता संस्थाहरूले सूचना प्रकाशित भएको मितिले ५  दिनभित्र (२०८२ चैत्र २५  गते देखि  २९ गते बेलुका ५ बजे सम्म) आवश्यक कागजात सहितको प्राविधिक तथा आर्थिक प्रस्ताव संस्थाको इमेल procurement@sosec.org.np मा password राखी पेश गर्न सक्नेछन् । 

३. प्रस्ताव पेश गर्दा समावेश गर्नुपर्ने कागजातहरू

१. फर्म/कम्पनी दर्ता प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN/VAT) प्रमाणपत्रको प्रतिलिपि र पछिल्लो करचुक्ता प्रमाणपत्रको प्रतिलिपि

२. प्रस्तावित परामर्शदाता तथा टिम सदस्यहरूको CV र कम्पनी प्रोफाइल

३. प्राविधिक प्रस्ताव (कार्य विधि, कार्ययोजना तथा समय तालिका सहित) र आर्थिक प्रस्ताव (Annex अनुसार विस्तृत बजेट)

४. समान प्रकृतिका भिडियो/केस स्टोरीका १–२ नमुना कार्यहरू

४. प्रस्ताव पेश गर्दा पालना गर्नुपर्ने शर्तहरू

१. प्रस्ताव प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै तयार गरी password राखी इमेलमार्फत पेश गर्नुपर्नेछ ।

२. प्रस्ताव तोकिएको समयभित्र उपलब्ध गराउन सक्ने तथा आवश्यक अनुभव भएका परामर्शदाता/संस्थालाई प्राथमिकता दिइनेछ ।

३. आवश्यक कागजात नपुगेको प्रस्ताव मूल्याङ्कन गरिने छैन ।

४. प्रस्तावको मूल्याङ्कन प्राविधिक (७०%) र आर्थिक (३०%) आधारमा गरिनेछ ।

५. अन्य प्रक्रिया संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।

६. प्रस्ताव पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा अस्वीकार गर्ने अधिकार यस संस्थामा निहित रहनेछ 

७. प्रस्ताबक EOI साथ हस्ताक्षर गरि पठाउनु पर्ने सोसेक नेपालको पोलिसीहरू: यो लिंक बाट प्राप्त गर्नुस होस्