परामर्शकर्ता सेवा, ECED Print Rich Material & ECED KIT सामाग्री खरिद सम्वन्धि सूचना !!

SOSEC Nepal

Details / requirements:

परामर्शकर्ता सेवा, ECED Print Rich Material & ECED KIT सामाग्री खरिद सम्वन्धि सूचना !!

प्रथम पटक प्रकाशित मिति २०८२ साल चैत्र  महिनाको २२ गते

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।  क) असमानता विरुद्ध वकालत (सामाजिक न्याय), ख) उत्थानशिल जिबिकोपार्जन, ग) सुरक्षा र जिबन रक्षा, घ) स्वच्छता स्वास्थ्य तथा पोषण, ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र च) बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ ।

1. यस संस्थाको खरिद समितिको मिति २०८२ साल चैत्र २२ गतेको निर्णनुसार यस संस्थाको IPF-SHIELD परीयोजनाका लागी अबश्यक तपशिल सेवा तथा सामाग्रीहरू खरीद गर्नुपर्ने भएकोले ईच्छुक सप्लायर्सबाट सूचना प्रकाशन भएको मितिले १५ दिन (२०८२ चैत्र २२ देखी देखी २०८२ बैषाख ६ गते) भित्र संस्थामा आवश्यक कागजात र दरभाउ सहित संस्थाबाट उपलब्ध फाराम भरि  संस्थाको इमेल procurement@sosec.org.np मा password राखी, संस्थाबाट उपलब्ध फारमहरू भरि पेश गर्नका लागी यो सुचना प्रकाशन तथा प्रशारण गरिएको छ । 

आवश्यक सामाग्री

क,CFLG(बालमैत्रि स्थानिय शासन घोषणा प्रकृयाको लागि परामर्शकर्ता सेवा(Child profile, child investment Plan), 

ख, (ECCD) कक्षा १–३ का बालबालिकाहरूको सिकाइलाई सहज बनाउन आवश्यक Print Rich Material 

ग, ECCD Kit सामाग्रीहरू

दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरू:

१. फर्म दार्ता नविकरणको प्रतिलिपी 

२. स्थायी लेखा नम्बरको प्रतिलिपी 

३. करचुत्ता प्रमाण पत्रको प्रतिलिपी 

४. सुरक्षा नितिमा हस्ताक्षर गरि हस्ताक्षर भएको प्रति 

५. प्राबिधिक तथा आर्थिक प्रस्ताबना पत्र

दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरू:

१. खाममा शिलबन्दी पेश गर्नु पर्ने छ । 

२. तोकिएको समयमा उपलब्ध गराउन सक्ने सप्लायर्सलाई प्राथमिकता दिईने छ । 

१. दरभाउ पत्र खोल्ने समयमा सप्लायर्स आफै अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन । 

३. आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन । 

४. केरमेट भएको, दरभाउको मुल्याकन गरिने छैन । 

५. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ । 

६. दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः  दरभाउ संस्थाको फिल्ड परियोजना कार्यालय जम्बुकाँध दैलेख

७. दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ साल बैषाख ६ गते बेलुका :०० बजे सम्म पेश गरि सक्नु पर्नेछ दरभाउपत्र मिति २०८३ बैषख ७ गते विहान ११:०० बजे खोलिने छ । 

८. दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ ।

Link: BID documents