शिलबन्दी कोटेशन आह्वानको सूचना
Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.
Details / requirements:
ग्रामीण विकास केन्द्र नेपाल, रौतहट
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८२/१२/२५ गते
ग्रामीण विकास केन्द्र नेपाल रौतहट र स्टार्ट नेटवर्क र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित Prepared Today For A Safer Tomorrow परियोजना अन्तर्गत खोज तथा उद्दार सामग्री (Search and Rescue Equipments) खरिद गर्नुपर्ने भएको हुदा ईच्छुक आपुर्तीकर्ताबाट रीतपुर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।
| कोटेशन सूचना नम्बर | बस्तु तथा सेवाको विवरण | विस्तृत विवरण | कोटेशन पेश गर्ने तरिका |
| RDC/RFQ/2025-026/13 | Search and Rescue Equipments | As per Attached RFQ | संस्थामा स्वयम् उपस्थित भई अथवा संस्थाको इमेलमा समेत पासवर्ड राखी पेश गर्न सकिनेछ । |
नोटः माथि उल्लेखित ताकिएको सबै सामाग्रिहरूको दररेट भ्याट सहित ढुवानी सहित पेश गर्नुपर्नेछ ।
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ०५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताहरू/फर्महरूले तल दिएका लिंक बाट डाउनलोड वा संस्थामा उपस्थित भइ बोलपत्र मांग गर्न सकिनेछ ।
पेश गर्नुपर्ने
क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ ।
ख. मूल्य अभिबृद्धि कर (VAT) को प्रमाण पत्रको प्रतिलिपि ।
ग. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२) ।
घ. हस्ताक्षर र छाप गरिएको गा्रामिण विकास केन्द्र नेपालको Suppliers code of conduct / Supplier Registration form।
ङ. कोटेशन कागजातमा उल्लेख गरिएका निर्देशन र विशिष्टता अनुसार न्यूनतम ६०% नमूना आवश्यक पर्नेछ । यदि नमूना कोटेशन कागजातमा उल्लेख गरिएका विशिष्टता अनुसार छैन भने अयोग्य घोषित गरिनेछ र थप प्रक्रियाको लागि अगाडि बढाइने छैन ।
शर्तहरू:
- कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ ।
- कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी, बाल सुरक्षा निती तथा अन्य कागजातहरू (कोटेशन सँगै फरमेट उपलब्ध गराइनेछ) प्रत्येक पानामा सही छाप सहित शिलबन्दी गरी संस्थाको चन्द्रपुर स्थित कार्यालयमा स्वयम् उपस्थिति अथवा संस्थाको इमेलमा समेत पासवर्ड राखी मिति २०८२/१२/३० गते दिनको ५:०० बजे भित्र बुझाउन सकिनेछ ।
- ग्रामीण विकास केन्द्र नेपालले कोटेशनमा पेश भएको दररेट अनुसार १ वर्ष अवधिका लागि सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार दररेट पेश गर्नुपर्नेछ ।
- कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कोटेशनमा उल्लेखित सामाग्रि पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने, कोटेशन स्वीकार गर्ने नगर्ने, खरिद प्रकृया छनौट गर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।
- कोटेशन आपुर्तिकर्ता प्रतिनिधीहरूको उपस्थितिमा संस्थाको कार्यालयमा २०८३/०१/०२ गते ११:०० बजे कोटेशन खोलिनेछ । आपुर्तिकताले आफ्ना प्रतिनिधी उपस्थित नगराएको खण्डमा संस्थाले आफ्नो प्रकृया अनुसार कोटेशन खोली प्रकृया अगाडी बढाउन सक्नेछ ।
- शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।
Links:
RFQ-Rescue Equipment -RDC Nepal
Annex 3-Supplier Registration Form General English
ग्रामीण विकास केन्द्र नेपाल,
चन्द्रपुर ०४, रौतहट
फोन.नं.०५५–५४०२०३, Email: procurement@rdcnepal.org
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 09 Apr, 2026 |
| Apply Before | 13 Apr, 2026 |
| City | Rautahat |