होटेल सेवा, स्टेश्नरी सामाग्रि खरिदको लागि टेन्डर आह्वान र बिमा सेवाको लागि दरभाउत्र पत्र माग गरिएको सम्बन्धमा ।

Community Development & Advocacy Forum Nepal

Details / requirements:

सूचना

होटेल सेवा, स्टेश्नरी सामाग्रि खरिदको लागि टेन्डर आह्वान र बिमा सेवाको लागि दरभाउत्र पत्र माग गरिएको सम्बन्धमा ।

प्रथम पटक सूचना प्रकाशित मिति: २०८२/०९/२१

सामुदायिक विकास तथा पैरवि मंच नेपाल बर्दिबासले सेभ दि चिल्ड्रेन ईन्टरनेश्नलको साझेदारिमा सञ्चालित स्पोन्सरसिप तथा संस्थामा सन्चालित अन्य परियोजना अन्तर्गत  सञ्चालन हुने तालिम, गोष्ठि, र विभिन्न कार्यक्रम मार्फत विद्यालयहरूमा सहयोग गर्नका  लागि आवश्यक पर्ने तपशिल बमोजिम विवरण रहेको सामाग्रिहरू खरिद  गर्नु पर्ने भएकोले ईच्छुक उधोग/फर्म/सप्लायर्सहरूबाट यस सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र अर्थात मिति २०८२/१०/०५ गते दिउँसो ४ बजे भित्रमा आवश्यक कागजपत्र (व्यवसाय दर्ताको प्रमाण पत्र, पान तथा भ्याटको प्रमाण पत्र, आ.व.२०८१/०८२ कर चुक्ताको प्रमाण पत्र) संलग्न गरि शिलबन्दी (लाहछाप)सहित वा तपशिल बमोजिमको ईमेल मार्फत टेन्डर माग गरिएको छ ।तसर्थ ईच्छुक छपाई सम्बन्धि उधोग/फर्म/सप्लायर्सहरूले यस संस्थाको निम्नानुसारको सम्पर्क माध्यमबाट टेन्डर फर्म प्राप्त गर्न सकिने व्यहोरा समेत जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

१. होटेल तथा खाना खाजा सम्बन्धी सेवाः संलग्न दरभाउ पत्र अनुसार

२. स्टेश्नरी सामाग्रि: संलग्न दरभाउ पत्र अनुसार

३. कर्मचारीहरूको स्वास्थ्य, दुर्घटना र सम्पति बिमा सेवा: संलग्न दरभाउ पत्र अनुसार (दरभाउपत्र पेश गर्ने अवधि ७ दिन अर्थात २०८२ पौष २७ गते तदअनुसार ११ जनवरी २०२६ तारिख आईतबार सम्म)

निम्नः

सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मंच नेपालको परियोजना कार्यालय बर्दिबास, ३ गौरिडाँडा 

सम्पर्क व्यक्ति: खड्ग बहादुर बस्नेत (एडमिन एण्ड लजिष्टिक अफिसर)

ईमेल मार्फत दरभाउ पत्र प्राप्त र पेश गर्न: pc@cdafn.org.np

सम्र्पक नं.: ९७६६३२५६१३/९८४४०३००९३

नोटः 

(क) टेन्डर फर्म यस संस्थाको कार्यालय वा सूचनाको लिंकबाट डाउनलोड गरि निशुल्क प्राप्त गर्न सकिनेछ ।

(ख) टेन्डर पेश गर्ने अन्तिम दिन भन्दा १ दिन अगाडि सम्म टेन्डर फर्म उपलब्ध गराईनेछ ।

(ग) टेन्डर बुझाउने अन्तिम मितिमा सार्वजानिक बिदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ र ईमेल मार्फत टेन्डर पेश गर्दा पासवर्ड राखेर पेश गर्नु पर्नेछ, टेन्डर खोलिने दिनमा पासर्वड उपलब्ध गराउनु पर्नेछ ।

(घ) रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका टेन्डर समावेश नगरिने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ ।

ङ) टेन्डर मिति २०८२ साल माघ ०६ गते तदअनुसार २० जनवरी २०२५ तारिख मंगलबारका दिन बिहान ११ बजे सामुदायिक विकास तथा पैरवी मंच नेपालको परियोजना कार्यालयको तालिम हलमा बसि टेन्डर  खोलिने भएकाले उक्त कार्यक्रममा सप्लायर्सका प्रतिनिधिहरूलाई बैठकमा उपस्थिति तथा सहभागिताको निम्ती यसै सूचना मार्फत हार्दिक अनुरोध गर्न चाहन्छौँ । उक्त कार्यक्रममा सहभागिता तथा उपस्थिती नभए पनि टेन्डर खोलि प्रकृया अगाढि बढाउन कुनै बाधा/अवरोध नपर्ने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ  । 

च) होटेल सेवाको लागि महोत्तरी जिल्लाको बर्दिबास तथा गौशला स्थित स्थानिय होटल तथा खाना खाजा घर लाई बिशेष प्राथमिकता दिईनेछ ।

Link: https://drive.google.com/uc?export=download&id=1irr0Oz6MDWoEMAcR85HuI9A3Q28DrHtf

सामाग्रि खरिद तथा व्यबस्थापन समिति

सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिबास

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Jan, 2026
Apply Before 19 Jan, 2026
City Bardibas