फिल्ड सुपरभाइजर (Field Supervisor) & सामुदायिक परिचालक (Community Mobilizer)

RUDAS Nepal Rolpa

Rural Development and Awareness Society (RUDAS) Nepal is an exclusive service-oriented non-governmental organization (NGO), registered in District Administrative Office, Rolpa, Nepal in 2061 getting registration No.73/061/062. It was affiliated with Social Welfare Council (SWC), Nepal with affiliation No. 17550/061/062. The branch of the organization has been legally established in 2067 BS in Ghorahi of Dang District. The main vision of establishing the organization was to foster communities mobilizing them to use resources for the betterment of their existing situation. Since the date of establishment, the organization has been working with the targeted communities rigorously and continuously sometimes being a volunteer and most often with the support of different funding development partners. For running following project in Rolpa district we are seeking staff in various positions as given below.

Details / requirements:

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/श्रावण १९ गते

दोश्रो पटक सूचना प्रकाशित मितिः २०८३/श्रावण २७ गते

ग्रामीण बिकाश तथा चेतना समाज नेपाल द्वारा आगामी दिनमा रोल्पा जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना दोश्रो पटक प्रकाशित भएको मितिले ५ दिन वा २०८३ श्रावण ३१ गते भित्र दरखास्त आह्वान गरिन्छ।

पदन्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभवमुख्य जिम्मेवारीहरू
फिल्ड सुपरभाइजर (Field Supervisor) (५ जना)PCL नर्सिङ वा हेल्थ असिस्टेन्ट (HA) उत्तीर्ण गरेको।
  • MNCH र पोषण कार्यक्रम सम्बन्धी १ वर्षको अनुभव भएको
  • समुदाय स्तरमा तथा स्थानीय तहमा मातृ, नवजात शिशु, बाल स्वास्थ्य र पोषण कार्यक्रम प्रत्यक्ष रूपमा कार्यान्वयन गर्न यथोचित सहयोग प्रदान गर्ने। 
  • कार्यक्षेत्रका गतिविधिहरू सही ढङ्गले सञ्चालन भएको सुनिश्चित गर्दै सामुदायिक परिचालकहरूलाई प्रत्यक्ष सुपरिवेक्षण र क्षमता विकास गर्ने।
  • कार्यक्रमको सहज सञ्चालन सुनिश्चित गर्न स्थानीय सरोकारवालाहरूसँग समन्वय गर्ने र स्थानीय स्तरमा देखा पर्ने कार्यान्वयनका चुनौतीहरू समाधान गर्ने।
सामुदायिक परिचालक (Community Mobilizer) (१० जना)कम्तीमा ANM, AHW उत्तीर्ण भई MNCH र पोषण कार्यक्रम सम्बन्धी १ वर्षको अनुभव प्राप्त गरेको।
  • अग्रपङ्क्तिका कर्मचारीका रूपमा आधारभूत स्तरका मातृ, नवजात शिशु, बाल स्वास्थ्य र पोषणका गतिविधिहरू सञ्चालन गर्न समुदायसँग प्रत्यक्ष रूपमा संलग्न हुने।
  • परियोजनाका क्रियाकलापहरूको गुणस्तरीय कार्यान्वयनका लागि कार्ययोजना तर्जुमा गर्ने।
  • महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने।
  • समूह परिचालनको व्यवस्थापन गर्ने र समयमै प्रतिवेदन बुझाउने, सफलताका कथाहरूको अभिलेखीकरण गर्ने र स्थानीय तथ्याङ्क व्यवस्थापन गर्ने कार्य सुनिश्चित गर्ने।

पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ।

प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

दरखास्त पठाउने इमेल ठेगाना: pr.rudas2005@gmail.com मा सम्पर्क गर्नुहोस्।

भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना: रोल्पा नगरपालिका वडा नं २ सत्ताले नजिक कोलेनिका रहेको भवन

परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता। 

नोट:

  • म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
  • प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।

सम्पर्क नं.: ०८६-४४०१८७

Overview

Category Development Project, Medical / Nursing
Openings 10
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 12 Aug, 2026
Apply Before 16 Aug, 2026
City Rolpa