फिल्ड सुपरभाइजर (Field Supervisor)

ASTHA Nepal

Details / requirements:

आवश्यकता! आवश्यकता !! आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित मितिः ७, आश्विण, २०८३ 

सामजिक रुपान्तरण तथा मानवीय  सहायता  संघ (आस्था नेपाल) द्वारा संचालित , अछाम जिल्लाको १० वटा स्थानिय तहमा  "मातृ, नवजात शिशु, बाल स्वास्थ्य पोषण  (MNCHN) कार्यक्रम"  गर्दै आईरहको यहाँहरुलाई अवगत नै छ । हाल तपसिल बमोजिमको  कर्मचारी आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ। 

पद : फिल्ड सुपरभाइजर (Field Supervisor)  (१ जना)

आवस्यक संख्या : १ जना 

कार्यक्षेत्र : मंगलसेन नगरपालिका र रामारोशन गा.पा 

न्यूनतम शैक्षिक योग्यता तथा कार्याअनुभव:

PCL नर्सिङ वा हेल्थ असिस्टेन्ट (HA) उत्तीर्ण गरि कम्तिमा २-३ बर्ष समुदाय स्तरमा काम गरेको अनुभव ।

मुख्य जिम्मेवारीहरू :

  • मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य पोषण (MNCHN) सम्बन्धी कार्यक्रमहरूको नियमित अनुगमन, सुपरिवेक्षण तथा गुणस्तर सुनिश्चित गर्ने।
  • स्वास्थ्य संस्थाहरू, स्थानीय तह, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालासँग प्रभावकारी समन्वय तथा सहकार्य गर्ने।
  • कार्यक्रमका सूचकहरू अनुसार तथ्याङ्क संकलन, प्रमाणीकरण, विश्लेषण तथा समयमै प्रतिवेदन तयार गरी पेश गर्ने।
  • समुदाय परिचालक, महिला स्वास्थ्य स्वयंसेविका (FCHV) तथा सम्बन्धित समूहहरूलाई आवश्यक तालिम, कोचिङ तथा प्राविधिक सहयोग उपलब्ध गराउने।
  • समुदाय स्तरमा स्वास्थ्य सचेतना, व्यवहार परिवर्तन तथा स्वास्थ्य प्रवर्द्धन गतिविधिहरू सञ्चालन गर्न सहजीकरण गर्ने।
  • कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, जोखिम तथा चुनौतीहरूको पहिचान गरी समाधानका लागि सुझाव तथा कार्ययोजना तयार गर्ने।
  • संस्थाको नीति, कार्यविधि, बाल संरक्षण, लैङ्गिक समानता तथा सुरक्षा सम्बन्धी मापदण्डहरूको पालना सुनिश्चित गर्ने।
  • परियोजना सम्बन्धी बैठक, समीक्षा, अनुगमन भ्रमण तथा समन्वय कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने।
  • सफलता, सिकाइ तथा असल अभ्यासहरूको अभिलेखीकरण गरी आवश्यकतानुसार Case Story र Success Story तयार गर्ने।
  • तोकिएको कार्यक्षेत्रमा संस्थाको प्रतिनिधित्व गर्दै कार्यक्रमको प्रभावकारी कार्यान्वयन र परिणाम प्राप्तिका लागि जिम्मेवार रहने।

पेश गर्नुपर्ने कागजातहरूः  निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,प्यान नं. को प्रतिलिपि 

प्राथमिकताः मंगलसेन नगरपालिका  र रामारोशन नगरपालिकाको उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

दरखास्त दिने अन्तिम मितिः १४ आश्विण २०८३

दरखास्त पठाउने इमेल ठेगाना: astha.vacancy@gmail.com मा सम्पर्क गर्नुहोस्।

भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना: सामजिक रुपान्तरण तथा मानवीय  सहायता  संघ (आस्था नेपाल ) कार्यालय, मंगलसेन नगरपालिका ०५ ,  अछाम  (कागजातहरू उल्लेखित कार्यालय ठेगानामा बुझाउनुपर्नेछ) ।

परीक्षाको किसिमः लिखित तथा मौखिक अन्तर्वार्ता।

नोट:

  • म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
  • प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।
  • मंगलसेन न.पा र रामारोशन  गा.पाको  दरखास्तलाई प्राथामिकता दिईनेछ ।

Overview

Category Development Project, Health Medicine, Nursing
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 24 Sep, 2026
Apply Before 30 Sep, 2026
City Achham