फिल्ड अधिकृत
Details / requirements:
सुन्दर नेपाल संस्था, सुर्खेत
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मिति: ०९ असार २०८३, (२३ जुन २०२६)
दोस्रो पटक सूचना प्रकाशन मिति: २३ असार २०८३, (०७ जुलाइ २०२६)
सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Nurture Every Future:- POSHAN Nepal Project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।
| क्र.स | पद | संख्या | योग्यता | विषय क्षेत्र तथा अनुभव |
| १ | फिल्ड अधिकृत | ३ जना | जन स्वास्थ्य, नर्सिङ,पोषण,कृषि वा सामाजिक विज्ञान वा सम्बन्धित क्षेत्रमा स्नातक डिग्री उत्तीर्ण भएको |
JD link: Field Officer |
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:
१. नेपाली नागरिकताको प्रमाण—पत्र
४. शैक्षिक प्रमाण—पत्रको प्रतिलिपि
३. यस भन्दा अघि काम गरेको अनुभव पत्र ।
४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV)
५. दुई पाग्रे सवारि साधनको ईजाजत पत्र भएकालाई विशेष प्राथामिकता दिईने छ ।
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ ।
दरखास्त दिने अन्तिम मिति: २५ असार, २०८३ (०९ जुलाइ २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।
थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।
सुन्दर नेपाल संस्था
वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत
फोन न: ०८३–५२०९२६/५२३५३०,
वा ईमेल: vacancy@sundarnepal.org.np
Overview
| Category | Agriculture, Public Health, Social Science, Development Project, Nutrition |
| Openings | 3 |
| Position Type | Contract |
| Experience | 3+ years |
| Education | B. Sc. (Agriculture), B.P.H. (Bachelors in Public Health), Bachelor's degree in social science, BSc Nutrition |
| Posted Date | 07 Jul, 2026 |
| Apply Before | 09 Jul, 2026 |
| City | Surkhet |