दरभाउ/कोटेशन माग सम्बन्धि सूचना
महुली सामुदायिक विकास केन्द्र (MCDC) वि.सं २०५१ सालमा सप्तरी जिल्लामा स्थापना भएको मुनाफा रहित गैर सरकारी संस्था हो । स्थापनाकाल देखि हाल सम्म यस संस्थाले विकास साझेदार र सरकारी संगठनहरूसँग समन्वय गर्दै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ ।
Details / requirements:
मितिः २०७७/०७/०३ गते
दरभाउ/कोटेशन माग सम्बन्धि सूचना ।
उपरोक्त सम्वन्धमा Welthungerhilfe (WHH) सँगको साझेदारीमा यस महुली सामुदायिक विकास केन्द्र (MCDC) सप्तरी द्धारा सञ्चालित सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सबलिकरण (WASH) परियोजनाद्धारा सप्तरी जिल्लाका विभिन्न गा.पा र न.पा. का दलित, सिमान्तकृत तथा पछाडि पारिएका समुदायमा (WASH) सँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा सर्वविदितै छ। सोही आयोजना अन्तर्गत तपसिलमा उल्लेखित मापदण्डहरु तय गरेका सामाग्रीहरु खरिद गर्न आवश्यक भएकोले यस विकास केन्द्रको आर्थिक प्रशासनिक विनियमवली २०७४ को वि. न. बमोजिम उक्त मापदण्डका सामाग्रीहरु त्यहाँको फर्मले के कति दर रेटमा उपलब्ध गराउने दरदेट, एकाई मुल्य (भ्याट सहित वा भ्याट वाहेकको) र Company Brand Name सहित दरभाउ विवरण खुलाएको कोटेशन २०७७ कार्तिक १४ गते (३० अक्टोवर २०२०) शुक्रवारको दिन कार्यालय समय भित्र यस संस्थामा पेश गर्नहुन यो सुचनाद्दारा आह्रवान गरिएको छ।
कोटेशनसँगै पेश गर्नुपर्ने आवश्यक कागजातहरुः
- फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी (नविरकण गरिएको)
- प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी
- करचुक्ता प्रमाण पत्रको प्रतिलिपी (आ.ब २०७५/०७६ को कर नविरकण)
- दररेट पेश गर्दा सामाग्रीको कम्तिमा फोटो नमुना अनिवार्यतुपमा पेश गर्नु पर्ने छ।
कोटेशन पेश गर्नुपर्ने स्थान, मिति र समयः
महुली सामुदायिक विकास केन्द्रको परियोजना कार्यलय, राजविराज सप्तरी
कोटेशन कार्यलयको Email-ID: mcdc.wash@gmail.com, mcdc.silverjubilee@gmail.com मा समेत पठाउन सकिनेछ । म्याद नाघी आएको कोटेशन पत्र माथि कुनै कारवाही हुने छैन। यो कोटेशन माथिको सम्पूर्ण अधिकार संस्था मा नै निहित रहनेछ।
कोटेशन सामाग्री सुचिको लागि तलको लिङ्क मा क्लिक गर्नुहोला।
https://drive.google.com/file/d/1ukvLjoJrIXNuQmWy9po7VRNqA-jJ5wDS/view?usp=sharing
म्याद नाघी आएको कोटेशन पत्र माथि कुनै कारवाही हुनेछैन । यो कोटेशन माथिको सम्पूर्ण अधिकार संस्थामा नै निहित रहनेछ ।
नोटः सामाग्री अनुसार सम्बन्धित फर्मले छुट्टाछुट्टै कोटेशन पनि पेश गर्न सकिनेछ वा एउटै फर्मले पनि सबै सामाग्री उपलब्ध गराउन सकेमा सोही अनुसार कोटेशन पेश गर्न सकिनेछ ।
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check vacancy details. |
Education | Please check details |
Posted Date | 19 Oct, 2020 |
Apply Before | 30 Oct, 2020 |
City | Terai Region |