Chair Umpire हरूको लागि प्रशिक्षण सम्बन्धमा
Details / requirements:
Nepal Tennis Association
Satdobato Tennis Complex
Lalitpur, Nepal
Date/ मिति: २०८२।०८।२९
सूचना
बिषय:Chair Umpire हरूको लागि प्रशिक्षण सम्बन्धमा ।
नेपाल टेनिस संघलाई दक्ष चेयर अम्पायरहरूको आवस्यक्ता परेको हुंदा यहि मिति २०८२ पौष १९ देखि २१ गते सम्म तदनुसार २०२६ जनवरी ३ देखि ५ सम्म Chair Umpire Officiating School-2026 संचालन गर्न लागेको सम्वन्धित सबैलाई सहर्ष जानकारी गराउदछौं ।
सातदोवाटो स्थित संघको सचिवालयमा सचालन गरिने सो प्रशिक्षण कार्यक्रम सम्वन्धि निम्न बुदागत रुपमा जानकारी गराईन्छ:
१। यो प्रशिक्षण कार्यक्रम Chair Umpire हरूकोलागि खुल्ला गरिएको छ । सहभागि सबैलाई सर्टिफिकेट प्रदान गरिने छ ।
२। प्रशिक्षण कार्यक्रममा बढिमा २० जना उम्मेदवारहरू लाई सहभागि गराईने छ ।
३। शैक्षिक योग्यता: उम्मेदवारहरुको लागि न्यूनतम १२ कक्षा उत्तीर्ण गरेको वा अध्ययनरत भैरहेको हुनुपर्ने छ साथै अंग्रेजी भाषा लेख्न र बोल्न सक्ने हुनु पर्ने छ ।
४। सहभागीहरू मध्ये उत्कृष्ट उम्मेदवारहरुलाई पार्ट टाईम जब को ग्यारेण्टी गरिने छ ।
५। उल्लेखित कोर्षमा सहभागिता जनाउन ईच्छुक उम्मेदजारहरूले दर्ता शुल्क वापत रु.५,५००। ( ३ दिनको लागि विहाानको खाजा, खाना र दिउसोको खाजा/बुकलेट/सर्टिफिकेट) सहित मिति २०२५ डिसेम्वर २८ ( २०८२ पौष १३ गते) आईतबार सांझ ५ बजे सम्ममा आफनो नाम दर्ता गराई सक्नुपर्ने छ ।
सम्पर्क:
प्रवीण देवकोटा, ९८५१४२२२९४
ईमेल: pravin.devkota@nepaltennis.org.np
नेपाल टेनिस संघ
सातदोवाटो, ललितपुर
Overview
| Category | Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 17 Dec, 2025 |
| Apply Before | 28 Dec, 2025 |
| City | Lalitpur |