Bursary/CIZ support सामाग्रिको लागि दरभाउ पत्र माँग गरिएको सम्बन्धमा
Details / requirements:
सूचना ! सूचना ! ! सूचना ! ! !
Bursary/CIZ support सामाग्रिको लागि दरभाउ पत्र माँग गरिएको सम्बन्धमा ।
प्रथम पटक सूचना प्रकाशित मिति २०८३/०२/२०
संसोधन (सिलबन्दि दरभाउ पत्र लागि) सूचना प्रकाशित मिति २०८३/०२/२०
जनचेतना अभियान नेपालले सेभ द चिल्ड्रेन ईन्टरनेश्नलको साझेदारिमा संचालित बाल सहभागिता तथा समुदाय परिचालन परियोजना अन्तर्गत हनुमाननगर नगरपालिका अन्तर्गतका विध्यालयका बिपन्न परिवारका बालबालिकाहरूलाई Bursary/CIZ support सामाग्री सहयोग गर्ने तपशिल बमोजिमका सामाग्री खरिद गर्नु पर्ने भएकोले ईच्छुक उधोग/फर्म/आपूर्तीकर्ता यस सुचना प्रकाशित भएको मितिले ०७ (सात) दिन भित्र अर्थात मिति २०८३/०२/२६ गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजपत्र (व्यवसाय दर्ताको प्रमाण पत्र, पान तथा भ्याटको प्रमाण पत्र, आ.व.२०८१/०८२ कर चुक्ताको प्रमाण पत्र) संलग्न गरि शिलबन्दि वा तपशिल बमोजिमको ईमेल मार्फत सिलबन्दि दरभाउ पत्र माग गरिएको छ । तसर्थ उधोग/फर्म/आपूर्तीकता यस संस्थाको निम्नानुसारको सम्पर्कमाध्यमबाट सिलबन्दि दरभाउ पत्र प्राप्त गर्न र पेश गर्न सकिने व्यहोरा समेत जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
१. RFQ- Bursary Support-JCAN-3 june
निम्नः
सम्पर्क ठेगानाः जनचेतना अभियान नेपालको परियोजना कार्यालय हनुमाननगर नगरपालिका
सम्पर्क व्यक्तीः सोनी कुमारी साह (वित्त प्रशासन)
ईमेल मार्फत दरभाउ पत्र प्राप्त र पेश गर्नः procurementdepartment.jcanepal@gmail.com
सम्पर्क नं.: ०३१५९००४८/९८११७१९७२२
नोटः
(क) सिलबन्दि दरभाउ पत्र यस संस्थाको कार्यालय वा यस सूचनाको लिंकबाट निशुल्क प्राप्त गर्न सकिनेछ ।
(ख) सिलबन्दि दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ र ईमेल मार्फत सिलबन्दि दरभाउ पत्र पेश गर्दा पासवर्ड राखेर पेश गर्नु पर्नेछ , सिलबन्दि दरभाउ पत्र खोलिने दिनमा पासर्वड उपलव्ध गराउनु पर्नेछ ।
(ग) रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका सिलबन्दि दरभाउ पत्र समावेश नगरिने व्यहोरा समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।
ङ) पाप्त सिलबन्दि दरभाउ पत्र मिति २०८३ साल जेठ २७ गते तदअनुसार १० जुन २०२६ तारिख बुधबारका दिन बिहान ११ बजे जनचेतना अभियान नेपाल कार्यालयको हलमा बसि प्राप्त सिलबन्दि दरभाउ पत्र खोलिने भएकाले उक्त कार्यक्रममा सिलबन्दि दरभाउ पत्र पेश गर्ने सप्लायर्सका प्रतिनिधिहरूलाई बैठकमा उपस्थिती तथा सहभागिताको निम्ती यसै सूचना मार्फत हार्दिक अनुरोध गर्न चाहन्छौ । उक्त कार्यक्रममा सहभागिता तथा उपस्थिती नभए पनि दरभाउ पत्र खोलि प्रकृया अगाढि बढाउन कुनै बाधा/अवरोध नपर्ने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ ।
च) यस संस्थाको बालबालिका निति लगायत संस्थाका अन्य निति पालना गर्ने सप्लायर्स सँग मात्र कारोबार गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 04 Jun, 2026 |
| Apply Before | 09 Jun, 2026 |
| City | Saptari |