Bursary/CIZ support सामाग्रिको लागि दरभाउ पत्र माँग गरिएको सम्बन्धमा

Community Development & Advocacy Forum Nepal

Details / requirements:

सूचना

Bursary/CIZ support सामाग्रिको लागि दरभाउ पत्र माँग गरिएको सम्बन्धमा ।

प्रथम पटक सूचना प्रकाशित मिति २०८२/१२/१२

सामुदायिक विकास तथा पैरवि मन्च नेपाल बर्दिबासले सेभ दि चिल्ड्रेन ईन्टरनेश्नलको साझेदारिमा संन्चालित समुन्तति परियोजना अन्तर्गत बर्दिबास तथा गौशला नगरपालिका अन्तर्गतका बिध्यालयका बिपन्न परिवारका बालबालिका हरुलाई Bursary/CIZ support सामागि सहयोग तथा सपोर्ट गनै तपशिल बमोजिमका सामाग्रि खरिद गर्नु पर्ने भएकोले ईच्छुक उधोग/फर्म/सप्लायर्सहरूबाट यस सुचना प्रकाशित भएको मितिले २१ (एक्काईस) दिन भित्र अर्थात मिति २०८३/०१/०२ गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजपत्र(व्यबसाय दर्ताको प्रमाण पत्र, पान तथा भ्याटको प्रमाण पत्र, आ.व.२०८१/०८२ कर चुक्ताको प्रमाण पत्र) संलग्न गरि शिलबन्दि (लाहछाप) वा तपशिल बमोजिमको ईमेल मार्फत दरभाउ पत्र माग गरिएको छ । तसर्थ उधोग/फर्म/सप्लायर्सहरूले यस संस्थाको निम्नानुसारको सम्र्पक माध्यमबाट दरभाउ पत्र प्राप्त गर्न र पेश गर्न सकिने व्यहोरा समेत जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

१. Bursary/CIZ support सामाग्रि: दरभाउ पत्र अनुसार

निम्नः

सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मंच नेपालको परियोजना कार्यालय बर्दिबास,३ गौरिडाँडा 

सम्पर्क व्यक्ती: खड्ग बहादुर बस्नेत (लजिष्टिक अफिसर)

ईमेल मार्फत दरभाउ पत्र प्राप्त र पेश गर्न: pc@cdafn.org.np

सम्र्पक नं.: ९८४४४२३९८५/९८४४०३००९३

नोटः (क) दरभाउ पत्र यस संस्थाको कार्यालय वा यस सूचनाको लिंकबाट निशुल्क प्राप्त गर्न सकिनेछ ।

(ख)दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ र ईमेल मार्फत दरभाउ पेश गर्दा पासवर्ड राखेर पेश गर्नु पर्नेछ, दरभाउ पत्र खोलिने दिनमा पासर्वड उपलव्ध गराउनु पर्नेछ ।

(ग) रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका दरभाउ पत्र समावेश नगरिने व्यहोरा समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।

ङ) दरभाउ पत्र मिति २०८३ साल बैशाख ३ गते तदअनुसार १६ अप्रिल २०२६ तारिख बिहिबारका दिन  बिहान ११ बजे सामुदायिक विकास तथा पैरवी मन्च नेपालको परियोजना कार्यालयको तालिम हलमा बसि प्राप्त दरभाउ पत्र  खोलिने भएकाले उक्त कार्यक्रममा दरभाउ पत्र पेश गर्ने सप्लायर्सका प्रतिनिधिहरूलाई बैठकमा उपस्थिती तथा सहभागिताको निम्ती यसै सूचना मार्फत हार्दिक अनुरोध गर्न चाहान्छौ । उक्त कार्यक्रममा सहभागिता तथा उपस्थिती नभए पनि दरभाउ पत्र खोलि प्रकृया अगाढि बढाउन कुनै बाधा/अवरोध नपर्ने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ  ।

च) यस संस्थाको बालबालिका निति लगायत संस्थाका अन्य निति पालना गर्ने सप्लायर्स सँग मात्र कारोबार गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ ।

सामाग्रि खरिद तथा व्यबस्थापन समिति

सामुदायिक विकास तथा पैरवी मंच नेपाल

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 25 Mar, 2026
Apply Before 15 Apr, 2026
City Mahottari, Bardibas