बोलपत्र आह्वान
Details / requirements:
बोलपत्र आह्वान
मितिः २०८०।०२।१५ गते
उपरोक्त सम्बन्धमा गेरुवा ग्रामीण जागरण संघ, बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (Adolescent SRHR Project) परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिका ४ वटा विद्यालयहरूमा नयाँ हात धुने स्थानको निर्माण तथा शौचालयहरू मरम्मत संभार गर्नुपर्ने भएकोले, सम्पूर्ण सामाग्री सहित प्रस्ताव आह्वान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपसिलको शर्तपुरा गर्ने निर्माण कम्पनी वा फर्मले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) सिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । साथै प्रस्ताव आह्वानको नमुना फारम/विवरण कार्यालयबाट उपलब्ध गराईने छ ।
पेश गर्नु पर्ने आवश्यक कागजात:
१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी
२. आ.व.२०७८/०७९ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी
३. स्थायी लेखानम्बर प्रमाण पत्र प्रतिलिपी
४. प्रस्तावकले यस अघि गरेको समानकामको अनुभवको सिफारिस कागजातको प्रतिलिपी
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्य (भ्याट बाहेक) को हुन आउने रकमको २.५ प्रतिशत BID Money को बैंक जमानी पत्र संलग्न गर्नुपर्नेछ ।
६. प्रस्ताव आह्वानको नमुना फारम २०८०।०२।२८ गते कार्यालय समयभित्र उपलब्ध हुनेछ ।
७. प्रस्तावना पेश गर्ने अन्तिम मिती २०८०।०२।२९ दिउसो १२:०० बजे भित्र भित्र पेश गर्नुपर्ने छ ।
थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।
गेरुवा ग्रामीण जागरण संघ, बर्दिया
गुलरिया नगरपालिका वार्ड नं.५ जिविस रोड
सम्पर्क नम्बरं.–०८४–४२००४१
वा
नेपालगञ्ज, बाँके (करमोहना जाने बाटो)
सम्पर्क नम्बर–०८१–४१६०३२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 29 May, 2023 |
Apply Before | 12 Jun, 2023 |
City | Bardiya |