बोलपत्र आह्वान

Social Awareness Center SAC Nepal

Details / requirements:

बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मिती २०७८/०३/२५ (09 July –2021)

सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल मितिः २०५१/०८/०७ मा बाँके जिल्लामा दर्ता भई (जि.प्र.का.बाँके द.नं.६९/२०५१/०५२) आफ्नो स्थापनाकाल देखि नै बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानिय तह संगको समन्वयमा सामाजिक विकासका कार्यक्रम संचालन गर्दै आई रहेको र संस्थाले आफ्नो कार्यक्षेत्रमा बालबालिका, किशोर किशोरी,  युवा महिला तथा विपन्न परिवारसंग काम गरिरहेको छ । यस संस्थाले आ.ब. २०२१ को  जुलाइदेखि जुन २०२२ सम्म १ बर्षका लागि प्लान ईण्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दिया जिल्लाको बार बर्दिया नगरपालीका वडा नं ३ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामीक बिधालय बेलुवाबज्यामा दुइतले ६ कोठे पक्की भवन तथा वाल मैत्री तथा लैगिंक मैत्री शौचालय निर्माण हुनगइरहेकोSafe & Inclusive School Towards Enhanced Resilience (SISTER) दुइतले ६ कोठे पक्की भवन तथा वाल मैत्री तथा लैगिंक मैत्रीशौचालय निर्माण गर्नका लागी बोलपत्र आब्हान गरिएकाले तल उल्लेखि सुचनाअनुसार बोलपत्र (टेण्डर) दर्ताका लागीआब्हान गरिएको छ ।

शर्तहरुः

१)    यो सुचनाप्रकाशित भएको मितीले १५ दिनभित्र सम्बन्धित कार्य गर्नका लागी प्राप्त गरेको (इजाजतपत्र,स्थायी लेखा प्रमाणपत्रको प्रतिलिपी,वाणिज्य संघमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी, सस्थान बिकरणको प्रमाणपत्रको प्रतिलिपी, करचुक्ताको प्रमाण (२०७६/०७७) को प्रतिलिपी सहित निबेदनका साथ शिलबन्दी पेश गर्नूपर्नेछ ।

२)    उक्त टेण्डर यो सुचना प्रथम पटक प्रकाशित मितीले १५औ दिन मिती २०७८/०४/०८ गते दिनको २ बजे भित्र सामाजिक सचेतन सरोकार मंच (स्याक) शाखा कार्यालय गुलरियामा दर्ता भईसक्नु पर्नेछ ।

३)    सो टेन्डरको सुचना प्रथम पटक प्रकाशित मितीले १६ औ दिन २०७८/०४/१० गते  १ः०० बजे खोलिने छ । टेन्डरदाता वा निजको प्रतिनिधिको उपस्थिती नभएतापनी उपस्थिती भएका टेन्डरदाताको रोहवरमा टेण्डर खोलिने छ ।

४)    कुनै पनि शिलबन्दी टेन्डरलाई पुर्ण वाआशिंक रुपमा स्वीकृती गर्ने वा नगर्ने सम्पुर्ण अधिकार सस्थामा निहित हुनेछ।

५)    बालबालीकालाई बालश्रमको रुपमा प्रयोग गरिएका र्फम, सप्लायर्स तथा कम्पनीहरुको दरभाउ प्रतिस्पर्धामा समाबेश गरिने छैन ।

६)    प्रस्तावकले यस अधि गरेको समान कामको अनुभवको सिफारिस कागजातहरुको प्रतिलिपी पेश गर्नूपर्ने छ ।

७)    बिधालयको भवन निमार्ण गर्दा प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँके बाट प्रमाणित गरिएको स्टिीमेट, डिजायन, अनुसार प्रस्तावकले काम गर्नूपर्ने छ ।

८)    ६ कोठे भवन र शौचालयनिर्माण गर्दा प्रस्तावकले भवनमा लाग्ने गिट्टी,बालुवा,मोरङ्ग आदी सामाग्री क्रसर उधोगवाट उत्पादित भएको सामाग्री को प्रयोग गर्नुपर्ने छ ।

९)    चिम्नीबाट उत्पादित एक नं को अबल इट्टा भवन निमार्ण कार्यमा प्रयोग गर्नुपर्ने छ ।

१०)    सरिया, सिमेन्टी, तथा अन्य भवन निर्मामाणका सामाग्रीहरु डिजायन स्टिमेटमा उल्लेखित भएबमोजिम उच्च गुणस्तर,र सस्थाले सिफारिस गरेको ब्रान्ड मध्यको सामाग्री प्रयोग गर्नुपर्नेछ ।

११)    निर्माण कार्यमा काम गर्ने ब्यक्तिहरुले काम गर्दाको बखतमा निर्माण कम्पनीले अनिवार्यरुपमा माक्स, सेनिटाइजर हेलमेट,ग्लोव,र बुटको प्रयोगलाई अनिवार्य रुपमा लगाउनुपर्ने छ ।

१२)    नेपाल सरकारको बिभिन्न निकाय (पालिका,वडाकार्यालय,शिक्षाबिकास तथा समन्वयइकाई) बाटको अनुगमन हुदा प्राप्त सुझावलाई कार्यान्वयन गर्नुपर्नेछ ।

१३)    कामको अनुगमन निरिक्षण सस्थाका पदाधिकारी, कर्मचारिहरुबाट आबश्यकताका आधारमाअनुगमन गरिनेछ ।  सस्थाले खटाएको प्राबिधिकको सल्लाह बमोजिम निर्माण कार्य अगाडि बढाउनु पर्नेछ ।

१४)    प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने २.५ प्रतिशत रकम बैकं गेरेन्टी वा सस्थाको खाता रहेको नबिल बैक नेपालगंजको खाता नं १४०१०१७५००३७३ जम्मा गरि जम्मा गरेको भौचर टेन्डर साथ पेश गर्नूपर्ने छ । 

१५)    प्रस्तावकले RFQ फारम तपसिलमा उल्लेखित ठेगानाबाट निशुल्क रुपमा उपलब्ध गराइने छ  ।

१६)    बोलपत्रका लागी आबश्यक कागजात यस सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको केन्द्रिय कार्यालय नेपालगंज तथा शाखाकार्यालय गुलरिया बर्दिया बाट समेत उपलब्ध गराइने छ ।

१७)    थपजानकारीका लागी सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँके तथा शाखाकार्यालय बर्दियामा ०८४–४२००७२ मा समपर्क गर्न सक्नुहुनेछ ।

ठेगाना

सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल

शाखाकार्यालय गुलरिया 

फोन नं ०८४–४२००७२ Email: sacnpj@gmail.com

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 09 Jul, 2021
Apply Before 23 Jul, 2021
City Mid-Western Region