बोलपत्र आह्वानको सूचना
Details / requirements:
ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी उपभोक्ता समिति, भेरीगंगा नगरपालिका वडा नं. ४, हर्रे मसिना, सुर्खेत
को
खरिद समिति
हर्रे मसिना-०४, सुर्खेत
बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित सूचना मिति: २०८२ फाल्गुण १५ गते
रिन्यूएवल वल्र्डको प्राविधिक तथा आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्था, सुर्खेतको साझेदारीमा “Renewable Energy Access for Livelihoods in Fragile Buffer Zone Phase 2” परियोजना सन् २०२५ जुलाईदेखि संचालनमा रहेको छ। यस परियोजना अन्तर्गत भेरीगंगा नगरपालिका, सुन्दर नेपाल संस्था र ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी आयोजना उपभोक्ता समितिको साझेदारीमा भेरीगंगा नगरपालिका वडा नं. ४ हर्रे मसिनामा ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गरी स्वच्छ पिउने पानी उपलब्ध गराउने र लघु सिँचाइमार्फत आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ। उक्त आयोजनाका लागि आवश्यक बाह्य निर्माण सामग्री, औजार तथा सुरक्षा सामग्री आपूर्ति र ढुवानी गर्न इच्छुक तथा योग्य फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीहरूबाट सूचना प्रकाशित मितिले ३० दिनभित्र विधिवत भरिएको बोलपत्र सुन्दर नेपाल संस्थाको कार्यालय (उपभोक्ता समितिको सम्पर्क कार्यालय) मा बुझाउन आह्वान गरिन्छ। प्रतिस्पर्धात्मक प्रक्रियाबाट गुणस्तरीय सामग्री सस्तो मूल्यमा समयमै उपलब्ध गराउने फर्म छनोट गरिनेछ।
नियम तथा शर्तहरू(अनिवार्य):
१. बोलपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।
बोलपत्र पाइने स्थान: सुन्दर नेपाल संस्था, विरेन्द्रनगर-०८, सुर्खेत अथवा, बोलपत्र डाउनलोड गर्नका लागि लिङ्क: www.sundarnepal.org.np बोलपत्र डाउनलोड वा प्राप्त गर्न केही समस्या भएमा ०८३ ५२३५३० वा ९८२२५०१२४२ (संयोजक- खरिद समिति) नं. मा सम्पर्क गर्न सकिनेछ ।
२. बोलपत्र बुझाउने अन्तिम मिति र स्थान:
बोलपत्र बुझाउने अन्तिम मिति: २०८२ चैत्र १५ गते (२९ मार्च २०२६ ), दिउसो १२ :०० बजे भित्र बोलपत्र बुझाउने स्थान: सुन्दर नेपाल संस्था, विरेन्द्रनगर-०८,सुर्खेत फोन नं. ०८३ ५२०९२६, ५२३५३० (म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।)
३. बोलपत्र पेश गर्ने सप्लायरले खरिद समिति वा उपभोक्ता समितिले जारि गरेको परिमाण सुची (Bill of quantity) मा मात्र दरभाउ पेश गर्नु पर्नेछ । अन्य कागजमा भरिएको बोलपत्र मान्यता दिइने छैन ।
४. बोलपत्र खोल्ने मिति, समय र स्थान:
मिति: २०८२ चैत्र १५ गते (२९ मार्च २०२६ ), दिउसो १ :०० बजे
स्थान: सुन्दर नेपाल संस्था, केन्द्रीय कार्यालय बीरेन्द्रनगर-०८,सुर्खेत
खरिद समिति, पालिकाका प्रतिनिधि, रिन्यूएवल वल्र्डको प्रतिनिधि, सुन्दर नेपाल संस्थाका प्रतिनिधि र बोलपत्रपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । बोलपत्र दाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
५. सामाग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामाग्री ढुवानी भै उपभोक्ता समितिले सामाग्री चेकजांच र प्राप्त गरे पछि मात्र आपूर्तिकर्तालाई १ महिना भित्रमा सम्बन्धित आपूर्तिकर्ताको खातामा भुक्तानी गर्नेछ ।
६. यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरु वा माध्यमबाट नै गरिने छ ।
७. बोलपत्र पेश गर्दा बोलपत्र साथ नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त बैंकबाट ९० दिन मान्य अवधि (बोलपत्र खोलिने मिति देखि गणना हुनेगरी) भएको सक्कल बैंक जमानत बोलपत्र साथ संलग्न गर्नु पर्नेछ ।
- जमानत जारी गर्न पर्ने नाम (beneficiary name) :THULO GOGAN KHOLA SHOLAR LIFTING KHANEPANI UPABHOKTA SAMITI
- खाता न : 2270355409200001, बैंक : कुमारी बैंक लिमिटेड , Current account
- शाखा : छिन्चु, सुर्खेत
बोलपत्रको जमानत रकम रु : १९००००/-(एक लाख नब्बे हजार रुपैयाँ मात्र) , जम्मा गरेको भौचर अनिवार्य रुपमा बोलपत्र साथ पेश गर्नुपर्नेछ ।
८. दर्ता भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस ठुलो गोगन खोली सोलार लिफ्टिङ्ग खानेपानी उपभोक्ता समितिको खरिद समितिमा सुरक्षित रहनेछ ।
Link:
https://drive.google.com/file/d/1unXs7YiPZeWNcbU85X6RR8ziZ8TCaCtF/view?usp=sharing
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 27 Feb, 2026 |
| Apply Before | 29 Mar, 2026 |
| City | Surkhet |