बोलपत्र आह्वान सम्बन्धमा

GIFT Nepal

GIFT Nepal, registered as a non- profitable, non- governmental development organization, was established in August 1994 by a group of people who have wide and profound experience in community development activities at the grassroots level, especially in the context of Bajura district. Its registration number at the District Administration Office is 23/053 and its affiliation number with Social Welfare Council (SWC) 5701/054 (1997). Its head office is in Martadi, the headquarters of Bajura District. The actual beneficiaries of the organization are rural community people of Bajura district. The main focus of the organization is in the area of community development including poverty alleviation, identification and settling of gender issues, health and sanitation, protection of local environment, forest conservation and management.

Details / requirements:

बोलपत्र आह्वान सम्बन्धमा ।

(प्रथम पटक प्रकाशित मिति २०८२।११।१५ (Feb  27, 2026)

KOICA/UNFPA तथा गुड नेवर्स इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधिक सहयोग  र गिफ्ट नेपाल द्धारा संचालन भइ रहेको SAFE GIRLS परियोजनाका अन्तर्गत तपशिल बमोजिमका सामग्रीहरू आपूर्ति गर्नु पर्ने भएकाले, यस संस्थाको आर्थिक नियमावली २०५६ को ११ औ संशोधन २०८२ को परिच्छेद ४ घ अनुसार वोल पत्र आह्वान गरीन्छ । सूचना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०८२/११/१५ देखि २०८२/११/२४ गते, तदानुसार (Feb 27 – March 8, 2026) सम्म कार्यालय समय भित्र इजाजत प्राप्त ईच्छुक आपूर्तिकर्ताले गिफ्ट नेपालको कार्यालय वा ईमेल: info.giftnepal@gmail.com मार्फत कोटेशन पेश गर्न सकिनेछ । दर भाउ पत्रको आवेदन फारम, Technical Specification र  TOR यसै सूचना सँग संलग्न रहेकोछ ।

शर्तहरू:

१. उल्लेखित सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, विक्रेता तथा बितरकहरूले कोटेशन फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण–पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्र, कर चुक्ता प्रमाण–पत्र, बोलपत्र दाताको नेपाली नागरिकताको प्रमाण–पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।

२. कोटेशन लाहाछाप शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन । इमेलमा प्राप्तहुने कोटेशनको हकमा शिलबन्दी खामको प्रक्रिया लागु हुने छैन ।

३. कोटेशन फाराममा उल्लेखित जम्मा सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर तथा अन्य सम्भावित कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

४. खरिद गरिने सामग्री बुढीगंगा नगरपालिका मा पशुपति, सारदा, धुरालसैन, सिगाडा र भगवति मा.वि. र वडीमालिका नगरपालिकामा कैलाशेश्वरी, कैलाश, ज्ञानोदय, लक्ष्मी र मालिका मा.वि.सम्म ढुवानीका साथै CCTV, Internet जडान समेत गर्नु पर्ने छ । उक्त कार्य गरेवाफतको अन्य शुल्क उपलव्ध गराइने छैन ।

५. म्याद नाघेर आएका वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

६. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ । फोन: ०९७५४१२२३,९८४८६०९५६३

LINK: Materials List

खरिद समिति

गिफ्ट नेपाल

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 27 Feb, 2026
Apply Before 08 Mar, 2026
City Bajura