बोलपत्र आह्वान सम्बन्धी सूचना

PeaceWin Nepal

Details / requirements:

पीसविन नेपाल

बोलपत्र आह्वान सम्बन्धी सूचना

मितिः २०८३/०३/१९ (३ जुलाई २०२६)

पीसविन नेपाल महिला नेतृत्वमा आधारित गैर सरकारी र गैर नाफामुलक संस्था हो । वि.सं. २०४७ मा स्थापना भई वि.सं. २०४९ पुस ५ मा बाजुरा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । सक्षम व्यक्ति सुखी परिवार र समृद्ध समाज भन्ने दृष्टिकोणका साथ संस्था मुख्यतः महिलाहरू र बालबालिका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको प्रवद्र्धनमा काम गर्दै आईरहेको छ । यस संस्थाले छाउपडी, बालबिबाह, कुपोषण, लैँगिक हिँसा र विभेद जस्ता समस्याहरू न्यनिकरणका लागि समन्वित प्रयास गर्दै आएको छ । BMZ र WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना(WE-CAN Project-NPL-1093) साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको अवगत नै छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ ।

पीसविन नेपालले योग्य आपुर्तिकर्ताहरूबाट शिलबन्दी बोलपत्र आह्वान गर्दछ जस अन्तर्गत परियोजना कार्य क्षेत्रका समुहका कृषकहरू तथा अगुवा कृषकहरूलाई गुणस्तरीय बिउ तथा कृषि, माहुरी पालन, सामाग्रीहरू उपलब्ध गराई कृषि उत्पादन र उत्पादकत्व वुद्धि गर्ने, उन्नत कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने तथा प्रर्दशन प्लट मार्फत व्यवहारिक सिकाई र प्रविधि विस्तारमा सहयोग पुर्याउनलाई यो बोलपत्र आह्वान गरिएको छ । यस मार्फत गुणस्तरीय बिउ तथा कृषि सामाग्रीहरूको पहँच बृद्धि गरी दिगो र वातावरण मैत्री उत्पादन प्रणाली सुनिश्चित गर्ने, स्थानीय स्रोत व्यक्तिहरूलाई व्यवहारिक सशक्त बनाई कृषक समुहहरुलाई प्राविधिक सहयोग प्रदान गर्न सक्षम बनाउने, घरपरिवारको खाद्य सुरक्षामा सुधार र आम्दानी बृद्धि गर्ने तथा महिला सहितका सीमान्तकृत र असुरक्षित समुदायहरूमा लक्षित सहयोग मार्फत कृषि पहुंच र अवसरमा असमानता घटाउने लक्ष्य राखिएको छ । साथै होर्डिङ बोर्डको लागि कोटेशन आह्वान गर्नाको मुख्य उद्देश्य परियोजनाको visibility अभिवृद्धि गर्ने, लक्षित समुदायहरूलाई बाली पात्रो र डेमो प्लट सम्बन्धी आवश्यक सुचना तथा सन्देश प्रभावकारी रुपमा प्रवाह गर्ने जनचेतना बढाउने तथा परियोजना  सम्बन्धी  सम्बन्धित निकायहरुको योगदानलाई सार्वजनिक रुपमा प्रर्दशन गर्न हार्डिङ बोर्ड छपाई तथा स्थापना गर्नु हो । यसै गरि किसानहरूलाई माहुरीपालनका सामाग्रीहरूका पनि आवश्यक परेकाले सम्बन्धित आपुर्तिकर्ताहरूरुले कोटेशन पेश गर्नु हुनेछ । सबै बोलपत्रहरू  तथा आपुर्तिकर्ताहरूले २०८३।०३।३२ गते तदअनुसार २०२६ जुलाई १६ भन्दा अघि संस्थाले तोकिएको ठेगानामा पठाउनु पर्नेछ । साथै सामाग्री सहितका बोलपत्र फाराम र अन्य आवश्यक कागजातहरू पीसविन नेपालको केन्द्रीय कार्यालय मार्तडी बाजुरा वा जिल्ला परियोजना सहयोग कार्यालय साँफेबगर अछाममा पेश गर्न सकिने छ । पीसविन नेपालले प्राप्त सबै बोलपत्रहरू स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ । यदि बोलपत्र पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ । तपसिल बमोजिमको लिंकमा गई सम्बन्धित आपुर्तिकर्ताहरूले आफ्नो कोटेशन⁄बिड पेश गर्न सक्नु हुनेछ ।

पेश गर्नु पर्ने आवश्यक कागजातहरू

१.फर्म दर्ता प्रमाण–पत्र प्रतिलिपि 

२.आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि

३ फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र प्रतिलिपि

४.संचालकको नागरिकताको प्रमाण–पत्र प्रतिलिपि

५. अन्तिम दुई आ.व.को लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि

६. अन्य सम्पुर्ण कागजातहरू (यदि छन भने)

Link: Required Documents

नोट: आपुर्तिकर्ताहरूले आवश्यक सामान वा सामाग्रीहरु आफ्नै भाडामा परियोजनाको कार्यक्षेत्रहरु साँफेबगर नगरपालिका वडा नं. २, ३, ९, १०, ११, १२, र १४ तथा चौरपाटी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ मा पुर्याउनु पर्नेछ ।

सामाग्रीहरू ढुवानीको क्रममा कुनै पनि क्षति वा नोक्शानी भएमा त्यसको सम्पुर्ण जिम्मेवारी आपुर्तिकर्ताको हुनेछ, पीसविन नेपाल त्यसका लागि जिम्मेवार रहने छैन । कोटेशनमा उल्लेखित सामाग्रीहरूको परिमाण वा संख्यामा थपघट हुन सक्नेछ साथै शिलबन्दी बाहेकको कोटेशन प्राप्त भएमा समावेश गरिने छैन ।

थप जानकारीका लागि ०९७–५४१११३ वा ०९७–५९०४८० मा सम्पर्क गर्न सकिनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 03 Jul, 2026
Apply Before 13 Jul, 2026
City Bajura