बोलपत्र आह्वान सम्बन्धि सूचना

Relief Nepal

Details / requirements:

बोलपत्र आह्वान सम्बन्धि  सूचना

(RELIEFNEPAL/TN/FY25/26-001)

प्रथम पटक प्रकाशित मिति : २०८२/१२/०५  गते ( १९ मार्च २०२६ )

रिलिफ नेपाल सिन्धुली र World Vision International Nepal को साझेदारीमा संचालित HATEMALO for Child Wellbeing and Integrated Development Project अन्तर्गत Child Expression Worksheet (CEW) कार्यक्रमका लागि कापी, कलम  र भित्तेपात्रो (संस्थागत परिचय र विवरण तथा लोगो सहितको प्रिन्ट गरि ) खरिद गर्नु परेको हुनाले, रिलिफ नेपालले योग्यता पुगेको र इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनि, सेवाप्रदायक एवं संस्थाहरूवाट यस कार्यालयमा कोटेशनको लागि आवेदन सहित तपसिलमा उल्लेखित कागजात मिति २०८२ साल चैत्र १ गते  तदनुसार २ अप्रिल २०२६ भित्र कार्यालय समय ५:०० बजे भित्र पेश गर्न आह्वान गर्दछौ । रिलिफ नेपालले बोलपत्रमा पेश भएको दररेट अनुसार छनोट हुन सफल बोलपत्रकर्ता सँग दिर्घकालिन सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार कम्तिमा एक बर्ष सम्म मान्य हुने दररेट पेश गर्नुपर्नेछ । कोटेशन उल्लेख भएको परिणाम सन्दर्भका लागि मात्र हो सम्झौता पश्चात सो भन्दा बढी परिणाम खरिद गर्न सकिन्छ ।

सामाग्रीहरूको विवरण :

AGRXJjYqGSWRAAAAAElFTkSuQmCC

दरखास्त साथ पेश गर्नु पर्ने आवश्यक कागजातहरू तथा निर्देशन :

१.  फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि,  PAN र VAT को प्रमाणपत्रको प्रतिलिपि, आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, 

२.  शिलबन्दी दरभाउ रकमको २.५% रकम “क” वर्ग बैंकबाट ग्यारेन्टी प्रमाण पत्र पेश गर्नु पर्ने हुनेछ ।

३.  माँग गरिएका सामग्रीहरूको विवरण अनुसार नमुना पनि दरभाउ सँग पेश गर्नु पर्नेछ , यदि विवरण अनुसारको मेल न खाएको खण्डमा अगाडिको प्रक्रियामा समावेश गरिने छैन ।

४.  पछिल्लो दुइ बर्ष सम्म विभिन्न सर्बजनिक निकायहरूमा कारोबार गरेको प्रमाणपत्र प्रतिलिपि , यो सूचनामा उल्लेख भए बाहेक थप अरु केहि सम्बन्धित प्रमाणपत्र भएमा सो पनि सलग्न गर्न सकिनेछ ।

५. प्राबिधिक तथा बितिय कागजातहरू छुट्टा छुट्टै सिल गरि  पेश गर्नु पर्नेछ । 

६. प्राप्त दरभाउ मिति २०८२ साल चैत्र २३ गते दिनको १२ बजे खोलिने छ, यदि सो दिन सार्बजनीक वा संस्थागत बिदा पर्न गएमा अर्को दिनको निर्धारित समयमै खोलिने छ ।

७. बोलपत्र, बोलपत्रदाता वा कम्पनिको प्रतिनिधिको अगाडी खोलिनेछ र उपस्थित न भएको खण्डमा सस्थालाई उक्त बोलपत्र खोल्न कुने पनि बाधा पर्ने  छैन ।

८. बोलपत्रदाता कम्पनीले कुनै  एक वा आह्वान गरेको सम्पूर्ण सामग्रीको लागि बोलपत्र आवेदन दिन  सक्नु हुनेछ ।

९. बोलपत्रदाताले बोलपत्रलाई उचित रूपमा सिल गरिएको खाममा पेश गर्नु पर्नेछ। बोलपत्रका कागजातहरू र नमुनाहरू छुट्टाछुट्टै खाममा पेश गर्नु पर्नेछ।

१०. समय अबधि भन्दा पछि प्राप्त कोटेशन आवेदन मान्य हुने छैन , माँग गरको विवरण अनुसार आवेदन न आएको खण्डमा  उक्त बोलपत्र लाई समावेश  न गरिने ।

११. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ, कुनै वा सबै कोटेशन पुरै वा आंशिक रुपमा स्वीकार गर्ने वा नगर्ने समपूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।

१२. बोलपत्रको  फारम इमेल मार्फत प्राप्त गर्न सक्नु हुनेछ जसका लागि अनिवार्य रुपमा कम्पनिको ८१/८२ को कर चुक्ता  तथा कम्पनी दर्ता भएको प्रमाणपत्र इमेल मार्फत निवेदन सहित  पेश गर्नु पर्नेछ  र थप जानकारीको कार्यालयको  समयमा तल उल्लेखित सम्पर्क नं मा सम्पर्क गर्न सक्नु हुनेछ ।

कार्यालय सम्पर्क :

रिलिफ नेपाल

कमलामाई न.पा. ०६

फोन सम्पर्क : ०४७-५२०९१५, ९८०४७४०३७२,९७६७७३७९९७ 

इमेल : scm@reliefnepal.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 19 Mar, 2026
Apply Before 02 Apr, 2026
City Sindhuli