बाख्रा (Goat) र व्याड बोका (Breed Buck) आपूर्तिका लागि दरभाउ (कोटेशन) माग सम्बन्धि सूचना

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal) is a non-profit, service-oriented national non-governmental organization involved in improving food and nutrition security, household incomes and resource conservation to contribute to sustainable livelihoods. It invites application from interested service providers/ bidders for its Project Office, Kapilvastu.

Details / requirements:

Date:- 22 June 2026

विषयः बाख्रा (Goat) र व्याड बोका (Breed Buck) आपूर्तिका लागि दरभाउ (कोटेशन) माग सम्बन्धि सूचना । 

(पुनः प्रकाशित मिति : २०८३/०३/०८)

उपरोक्त सम्बन्धमा यस फरवार्ड नेपालद्वारा AWO International जर्मनको साझेदारीमा चितवन जिल्लाको ईच्छाकामना गा.पा.मा सञ्चालित "Empowering Migrants for Sustainable Economic Development - MEED" परियोजनाका लागि तपसिल अनुसारका बाख्रा (Goat) र व्याड बोका (Breed Buck) आपूर्ति गर्नका लागि एब्ल्रख्ब्त् मा दर्ता भएका ईच्छुक आपूर्तिकर्ता/बिक्रेताहरूबाट उक्त बाख्रा (Goat) र व्याड बोका (Breed Buck) हरू के–कति दर/भाउमा उपलब्ध गराउन सकिन्छ सोको कोटेशन दरभाउ फाराम (वा सम्बन्धित फर्मको लेटरप्याडमा संस्थाले जारी गरेको संलग्न कोटेशन फाराम ढाँचामा) भरी खाम बन्दी गरी मिति २०८३ असार १६ गते अपरान्ह ४ः०० बजे भित्र फरवार्ड नेपालको परियोजना फिल्ड कार्यालय, ईच्छाकामना गा.पा. ४, कुरिनटार स्थित परियोजना फिल्ड कार्यालयमा पठाउनु हुन अनुरोध छ । कोटेशन फारामको लागि परियोजना फिल्ड कार्यालय, कुरिनटारमा सम्पर्क गर्न सकिनेछ । कोटेशन फाराम र यस बारेको थपल जानकारीका लागि फरवार्ड नेपालको MEED परियोजना कार्यालयको सूचनापाटीमा हेर्न सकिने छ, वा मिति २०८३ अषाढ १२ गते (अपरान्ह ३:०० बजे) भित्र संस्थाको info@forwardnepal.org मा ईमेल गरि माग गर्न सकिनेछ ।

तपशिल : बाख्रा (Goat) १२० वटा र ब्याड बोका (Breed Buck) ३ ओटा

Specification for Goat

  1. Breed: Khari
  2. Breed Characteristics: Clear and distinct characteristics according to the breed.
  3. Weight: Minimum live weight of 15 kg.
  4. Age: Between 6 months and 2 years.
  5. Reproductive Organs: Free from any abnormalities.
  6. Physical Structure: No physical deformities.
  7. Origin: Produced in Mid-hills, preferably from the areas nearby to Chitwan district.
  8. Health Status: Not pregnant, healthy, and must have a health certificate.
  9. Vaccination Certificate: Documents issued by the concerned rural municipality/municipality or ward office confirming vaccination against PPR (Peste des Petits Ruminants).

Specification for Breed Buck

  1. Breed: Khari breed, selected from mass selection.
  2. Breed Characteristics: Clear and distinct characteristics as per the breed.
  3. Weight: Minimum live weight of 35 kg.
  4. Age: Between 8 months and 1 year.
  5. Reproductive Organs: No abnormalities; both testicles should be well-developed and equal in size.
  6. Physical Structure: No physical deformities.
  7. Health Status: Healthy and must have a health certificate (veterinary certificate).
  8. Vaccination Certificate: Documents issued by the concerned rural municipality/municipality or ward office confirming vaccination against PPR (Peste des Petits Ruminants).

कोटेशन निम्न शर्तहरूको आधारमा उपलब्ध गराउनु पर्नेछ ।

१. ईच्छुक आपूर्तिकर्ता/बिक्रेताहरूबाट माथि उल्लेखित जातका बाख्रा (Goat) र व्याड बोका (Breed Buck) हरू के–कति दरभाउमा उपलब्ध गराउन सकिन्छ सोको कोटेशन दरभाउ संलग्न सूचीमा उल्लेख गरी खाम बन्दी गरी ईच्छाकामना गा.पा. ४, कुरिनटार स्थित फरवार्ड नेपालको परियोजना फिल्ड कार्यालयमा पठाउनु पर्नेछ । कोटेशन दरभाउ प्रष्ट बुझिने गरी भ्याट सहित हो वा होइन उल्लेख गर्नु पर्नेछ ।

२. कोटेशन फाराममा उल्लेखित कुनै कुरा स्पष्ट नभएमा परियोजना फिल्ड कार्यालय ईच्छाकामना गा.पा. ४, कुरिनटार, चितवनमा सम्पर्क गर्न/राख्न सकिने छ । 

३. कोटेशन कबुल गरेको दररेट परिवर्तन गर्ने सम्बन्धमा कुनै सर्त राख्न पाइने छैन ।

४. फर्म दर्ता, PAN/VAT मा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपिका साथै २०८१/८२ को कर चुत्ताको प्रमाणपत्रको प्रतिलिपि कोटेशनसँगै संलग्न गरी पेश गर्नु पर्नेछ ।

५. अर्डर एकमुष्ठ वा छुट्टाछुट्टै पनि हुन सक्नेछ ।

६. उक्त बाख्रा (Goat) र ब्याड बोका (Breed Buck) हरू परियोजनाको कार्यक्षेत्र ईच्छाकामना गा.पा. वडा नं. ६, जलबीरे सम्म ढुवानी गर्नुपर्नेछ ।

७. छनौट भएको आपुर्तिकर्ता/बिक्रेताले आपूर्ति/सप्लाई गरेको बाख्रा (Goat) र व्याड बोका (Breed Buck) को गुणस्तर ठीक नभई खरिदकर्ताले फिर्ता गर्नु परेमा आपूर्तिकर्ताले फिर्ता लिनु पर्नेछ ।

८. संस्थाले बाख्रा (Goat) र व्याड बोका (Breed Buck) को गुणस्तर चेकजाँज गरेर मात्र बिलको भुक्तानी बैंक मार्फत गर्नेछ ।

९. कोटेशन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस फरवार्ड नेपालमा सुरक्षित रहनेछ ।

फरवार्ड नेपाल

MEED परियोजना फिल्ड कार्यालय, कुरिनटार

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 22 Jun, 2026
Apply Before 30 Jun, 2026
City Chitwan