बाह्य लेखापरीक्षक (External Auditor) नियुक्तिको लागि प्रस्ताव आह्वानको सूचना

HURENDEC

Details / requirements:

मानव अधिकार तथा वातावरण विकास केन्द्र (HuRENDEC) नेपाल, 

खाडाचक्र ०१, मान्मा, कालिकोट

बाह्य लेखापरीक्षक (External Auditor) नियुक्तिको लागि प्रस्ताव आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८३/०३/)

मानव अधिकार तथा वातावरण विकास केन्द्र (HuRENDEC) नेपाल, कालिकोटमा स्थापना भई कर्णाली प्रदेशमा ३ दशकभन्दा बढी समयदेखि काम गर्दै आएको छ । संस्थाले विशेष गरी मानव अधिकार, जीविकोपार्जन, लघु उद्यम, पूर्वाधार, पुर्वाधार विकास, जलवायु परिवर्तन, महिला, वालवालिका, सशक्तीकरण, विपद् व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन र पर्यावरण मैत्री पूर्वाधारमा केन्द्रित भई सामाजिक परिचालन मार्फत आवश्यकतामा आधारित कार्य एकिकृत गरि काम गर्दै आएको छ । 

हुरेन्डेक कालिकोटले स्थापनाकालदेखि नै कर्णाली प्रदेशमा विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष पूरा भएपछि लेखापरीक्षण पूरा गर्न आवश्यक छ । तसर्थ, यस मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटले आर्थिक वर्ष २०८२/८३ को आर्थिक कारोबारहरूको प्रचलित कानुन बमोजिम वैधानिक बाह्य लेखापरीक्षण (Statutory External Audit) गराउनु पर्ने भएकाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ICAN बाट इजाजतपत्र प्राप्त इच्छुक चार्टर्ड एकाउन्टेन्ट (CA) फर्महरूबाट रीतपूर्वकको प्राविधिक तथा आर्थिक प्रस्ताव (Technical & Financial Proposal) आह्वान गरिन्छ ।

१. कार्यक्षेत्र (Scope of Work):

  • संस्थाको आर्थिक वर्ष २०८२/८३ को सम्पूर्ण वित्तीय स्रेस्ता, भौचर तथा लेखा प्रणालीको विस्तृत परीक्षण गर्ने । 
  • नेपाल वित्तीय प्रतिवेदन मान (NFRS/NAS) र प्रचलित ऐन कानुन बमोजिम वित्तीय विवरणहरू (Financial Statements) तयार र प्रमाणीकरण गर्ने ।
  • संस्थाको आन्तरिक नियन्त्रण प्रणाली (Internal Control System) को समीक्षा गरी सुधारका लागि व्यवस्थापकीय पत्र (Management Letter) पेस गर्ने ।
  • प्रचलित कर कानुन (Income Tax & VAT Act) बमोजिम कर लेखापरीक्षण (Tax Audit) गर्ने ।
  • यस संस्थाको मुख्य कार्यालय मान्म कालिकोटमा गई लेखापरीक्षण गर्ने । 
  • मस्यौदा वार्षिक वैधानिक लेखापरीक्षण (Draft Annual Audit Report) सम्झौता भएको २५ दिन भित्र र मस्यौदा प्रतिवेदन साझा गरेको १० दिन भित्र अन्तिम वार्षिक वैधानिक लेखापरीक्षण (Final Annual Audit Report) पेश गर्नुपर्ने छ । 
  • मस्यौदा लेखापरीक्षण प्रतिवेदनको प्रत्येक लेखापरीक्षण अवलोकन र यसको प्रभावहरूको बारेमा व्यवस्थापनसँग प्रस्तुतीकरण पछि अन्तिम वार्षिक वैधानिक लेखापरीक्षण (Final Annual Audit Report) पेश गर्नुपर्ने छ ।
  • अन्तिम वैधानिक लेखापरीक्षण प्रतिवेदनमा प्रमाणित वित्तीय विवरणहरू, नगद स्थिति र सम्पत्ति/उपकरणहरू सहित, लेखा परीक्षकको राय, आन्तरिक नियन्त्रणमा भएका कमजोरीहरू, लेखापरीक्षण र अभ्यासहरूमा अपनाइएका प्रक्रियाहरू, र सान्दर्भिक सिफारिसहरू, र आवश्यक भएमा विशेष प्रतिवेदनहरू पनि समावेश हुनुपर्छ ।

२. आवश्यक योग्यता तथा शर्तहरू (Eligibility Criteria):

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) मा नवीकरण भएको वैध इजाजतपत्र प्राप्त फर्म हुनुपर्ने ।

नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको हुनुपर्ने । 

आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate) प्राप्त गरेको हुनुपर्ने ।

NGO/INGO/Corporate Sector –को कम्तीमा ५ वर्षको लेखापरीक्षण कार्यअनुभव भएको फर्मलाई प्राथमिकता दिइनेछ । 

लेखा परीक्षक HuRENDEC नेपालको व्यवस्थापन वा वित्तीय हितका सबै पक्षबाट पूर्णतया निष्पक्ष र स्वतन्त्र हुनुपर्नेछ ।

लेखापरीक्षकले लेखापरीक्षणको अवधिमा वा लेखापरीक्षणको कार्य सञ्चालन गर्दा, संस्थाको कुनै व्यक्ति वा कर्मचारीसँग कुनै निहित स्वार्थ (Vested interest) वा आर्थिक सम्बन्ध राख्नु हुँदैन ।

लेखापरीक्षकले उपयुक्त व्यवसायिक योग्यता र उपयुक्त अनुभव भएका पर्याप्त लेखापरीक्षण कर्मचारीहरू नियुक्त गर्नुपर्नेछ ।

आर्थिक प्रस्ताव पेश गर्दा यात्रा खर्च (कालिकोट आउने जाने) तथा होटेल तथा दैनिक भ्रमण भत्ता समेत खुलाई पेश गर्नुपर्नेछ । 

३. पेस गर्नुपर्ने कागजातहरू (Required Documents):

इच्छुक फर्महरूले आवेदन दिँदा तल उल्लेखित कागजातहरूको प्रमाणित प्रतिलिपिहरू पेस गर्नुपर्नेछः

१. फर्म दर्ताको प्रमाणपत्र (Firm Registration Certificate)

२. क्ष्ऋब्ल् बाट प्राप्त सदस्यता तथा नवीकरण प्रमाणपत्र (Certificate of Practice)

३. भ्याट दर्ता प्रमाणपत्र (VAT Certificate)

४. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र

५. फर्मको प्रोफाईल (Company Profile) र मुख्य लेखापरीक्षकहरूको विवरण (CV)

६. प्राविधिक र आर्थिक प्रस्ताव (Technical & Financial Proposals) छुट्टाछुट्टै खाममा 

७. कालोसूचीमा नपरेको स्वघोषणा पत्र 

४. प्रस्ताव पेस गर्ने प्रक्रिया र अन्तिम मितिः

इच्छुक फर्महरूले आफ्नो सिलबन्दी प्रस्ताव यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ साल सार  गते कार्यालय समय (साँझ ५:०० बजे) भित्र यस संस्थाको कार्यालयमा वा संस्थाको आधिकारिक इमेल vacancy.hurendec@gmail.com मार्फत छुट्टाछुट्टै प्राविधिक र आर्थिक प्रस्ताव (Technical & Financial Proposals) पेश गर्नुपर्नेछ । म्याद नाघी आएका वा रीत नपुगेका प्रस्तावहरू उपर कुनै कारबाही गरिने छैन । प्राप्त प्रस्तावहरू स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ । कुनै थप जिज्ञाशा वा जानकारीको लागि सम्पर्क यस संस्थाको फोन नं. ०८७ ४४०१५२ वा संस्थाको ईमेल info@hurendec.org.np मार्फत प्राप्त गर्न सकिने छ । 

मानव अधिकार तथा वातावरण विकास केन्द्र (HuRENDEC) नेपाल, 

खाडाचक्र ०१, मान्मा, कालिकोट

फोन नं. ०८७ ४४०१५२, ईमेल info@hurendec.org.np,

वेवसाईटः www.hurendec.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 08 Jul, 2026
Apply Before 19 Jul, 2026
City Kalikot