सुचीकृत दर्ता सम्बन्धी सूचना

Welfare Association for Children Tikapur

Details / requirements:

बाल कल्याण संघ

मितिः२०७८/०६/१९ गते 

सुचीकृत दर्ता सम्बन्धी सूचना

बाल कल्याण संघ टीकापुर (WACT) २०५२ सालमा स्थापित सामाजिक संस्था हो । खाँचोमा परेका समुदाय तथा व्यक्तिहरुको सशक्तिकरण प्रकृयाद्धारा उनीहरु स्वयंलाई नै आफ्ना आवश्यकताहरु पूर्ति गर्न सक्षम बनाउने मुख्यकार्य विधिद्धारा यस संस्थाले काम गर्दछ ।

यस संस्थालाई आवश्यक पर्ने तपसिल बमोजिमका सामग्री तथा सेवाहरुको आपुर्ति गर्न इच्छुक ईजाजतप्राप्त फर्महरु बाट यो सुचना प्रकाशित भएको मिती देखि २०७८।०६।३१ भित्र सुचि दर्ता फाराम भरी साथमा फर्म तथा कम्पनीहरुको विवरण, फर्म तथा कम्पनी दर्ता प्रमाणपत्र, फर्म तथा कम्पनीको स्थाई लेखा नम्बर (PAN/VAT), फर्म नविकरण र कर चुक्ता प्रमाण पत्रप्रतिलिपी, नागरिकताको प्रतिलिपी र छाप र हस्ताक्षर सहितको Supplier Code of Conduct समेत संलग्न गरि बाल कल्याण संघ टीकापुरकोे कार्यालय टीकापुर, कैलालीमा सुचीदर्ता गराउनहुन सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । 

आपूर्ति गर्नु पर्ने सामाग्री तथा सेवाहरुः 

  • कार्यालय मसलन्द र स्टेशनरी सम्बन्धी विविध सामाग्रीहरु र फोेटोकपी प्रिन्ट 
  • सवारी साधनका पाटपुर्जा, आपुर्ति तथा मर्मत 
  • कुरियर सेवा
  • पारवाहन सेवा तथा भाडाका सवारी साधनः हवाई टिकट, कार, जीप, बस, ट्रक ट्याक्टर आदि
  • फर्निचर तथा कारपेट र फर्निसिङ्ग सामानहरुको आपुर्ति र मर्मत सम्बन्धी कामहरु । 
  • भाडा वर्तन तथा इलेक्ट्रिक सामागीहरु 
  • होटल रुम, खाना र वैठक हल तथा अन्य सेवा सम्बन्धमा ।
  • स्वास्थ्य सम्बन्धी सामाग्रीहरु
  • भवननिर्माण सामाग्री (सि जि आइ सिट, सिमेन्ट, ड्रम, वाटर पाइप, पम्प)  तथा  रङ्ग रोगन, प्लम्बीङ सामाग्री र सम्बन्धीत अन्य हार्डवयर  सामाग्री ।
  • स्वास्थ्य सम्बसन्धि सामग्री, MHM Kits, Antigen Kits,Vending Machine,Dignity Kit, Isolation Kit मास्क, सेनिटाईजर,डेलिभरी बेड आदी
  • परामर्श शेवा
  • बीमाः जीवन, साधारण, मेडिकल, दूर्घटना आदि
  • किचन सेट, हाईजिन किट तथा सरसफाईका सामान सम्बन्धमा ।
  • कम्प्यूटर, कम्प्यूटरका पाटपूर्जा ,टोनर रिफिल, कार्टेज आदि ।
  • फलेक्स प्रिन्ट, होर्डीङ बोर्ड, वाल पेन्टीङ ।
  • मिडिया (पत्रपत्रिकामा गरीने विज्ञापन, रेडियो तथा टेलिभिजनमा गरीने विज्ञापन तथा कार्यक्रम)
  • ईन्धन (डिजेल, पेट्रोल तथा एलपि ग्यास) आपुर्ति
  • लेखापरीक्षण सम्बन्धी सेवा
  • पुस्तक प्रिन्ट ,पोष्टर , स्टिकर  छपाई
  • लत्ता कपडा,झोला, जुता, चप्पल तथा खाद्यान्न सामाग्रीहरु
  • रुपान्तरण जीवन उपयोगीसिप तथा आत्मरक्षा सम्बन्धी प्रशिक्षण सन्चालन
  • घटना व्यवस्थापन तथा सीफारीस सम्बन्धि तालिम सन्चालन
  • बालमैत्री स्थानिय शासन सम्बन्धि तालिम तथा तथ्यांक संकलन गरी प्रोफाईल निर्माण
  • स्थानिय स्तरमा रहेका बाल संरक्षयाका सवाल पहिचान सम्बन्धि अनुसन्धान गर्ने
  • बालअधिकार तथा वाल संरक्षण संग सम्बन्धीत विभिन्न निती तथा निर्देशीका निमार्ण 
  • बाल क्लव व्यवस्थापन , बाल दुर्व्यवहार न्युनीकरण , नेतृत्व विकास सम्बन्धी तालिम संचालन
  • पढाई शिविर सहजकर्तालाई क्षमता अभिवृद्धी तालीमका लागि सहजकर्ता
  • अन्य विविध (कार्यालय लाई आवश्यक पर्ने किराना सम्बन्धि सामाग्रीहरु)
  • विविध कामका लागी छोटो अवधिका लागी कर्मचारी (Short-term Staff)

अन्य थपजानकारीः

  • सूचिकृत हुन निवेदन दिनेहरु मध्येबाट योग्य ठहरिएका फर्म तथा कम्पनीहरुलाई मात्र सूचिकृत गरिने छ ।
  • सूचिकृत भएको विक्रेता, फर्म तथा कम्पनीहरुबाट मात्र यस संस्थाको आवश्यकता अनुसारको सामान खरिद गर्न तथा सेवा प्राप्त गर्न शिलबन्दि कोटेशन माग गरिने छ ।
  • सूचिकृत भएको विक्रेता, फर्म तथा कम्पनीहरुले गुणस्तरीय सेवा समयमा उपलब्ध नगराएमा विना सूचना सूचि बाट हटाउन सकिनेछ र यस उपर कुनै दावीविरोध गर्न पाईने छैन ।
  • यस सम्बन्धि थप जानकारी आवश्यक परेमा यस संस्थाको फोन नं. ०९१ ५६१३८६, मोबाईल नं.  ९८६०३०१७४५ मार्फत जानकारी प्राप्त गर्न सकिने छ ।
  • सूचिकृत गर्ने नगर्ने सम्पुर्ण अधिकार यस संस्थामा नै निहित रहनेछ ।

EOI Form download link: https://drive.google.com/file/d/1E9OMKV6QN7YQsaScSIEsjtxzBneH1Vs2/view?usp=sharing

Supplier code of conduct: https://drive.google.com/file/d/1KsV-c5QnOfG4-K4fZ6B2tI-pfKlNuhz4/view?usp=sharing

दर्ता प्रकृयाः

इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथा सेवाप्रदायकहरूले बाल कल्याण संघ टीकापुर, टीकापुर १, कैलाली, वा Email ID: scm.wactwv@gmail.com मा बुझाउन सकिनेछ । 

नोटः कागजातहरुको प्रत्येक पेजमा फर्म, सप्लायर्स, कम्पनी तथा सेवाप्रदायकहरूको हस्ताक्षर र छाप अनिवार्य हुनुपर्ने छ ।

बाल कल्याण संघ टीकापुर

खरिद समिति

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 05 Oct, 2021
Apply Before 17 Oct, 2021
City Kailali