सूचिकृत हुने सम्बन्धी सूचना

Samagra Jan Utthan Kendra (SAMAGRA)

Details / requirements:

सूचिकृत हुने सम्बन्धी सूचना ।
समग्र जन उत्थान केन्द्र लहानद्वारा संचालित बिभिन्न परियोजना अन्तर्गत संचालन हुने तपसील बमोजिमका बिषयगत क्षेत्रहरुमा डिसेम्वर २०२० सम्म छोटो तथा लामो अवधिको सेवा करारमा लिनुपर्ने भएकोले उक्त कार्यका लागि दक्ष प्रशिक्षक, सहजकर्ता, तथा अनुसन्धानकर्ता लगायतका बिज्ञ व्यक्तिहरु आवश्यक भएको हुँदा सो सेवा दिन इच्छुक व्यक्ति वा संस्थाहरुले सेवा दिन चाहेको बिषय खुलाई आफ्नो निबेदन सहित व्यक्तिगत बिबरण (CV), शैक्षिक योग्यताको माथिल्लो तहको प्रमाणपत्र, बिषयगत प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणपत्र (MToT), व्यक्तिगत पान दर्ता कार्ड र तालिम अनुभवको प्रमाण पत्र त्यसैगरि संस्था वा फर्मको हकमा विधान, विनियम तथा पान, भ्याट दर्ताको प्रतिलिपी इमेल मार्फत वा संस्थाको निम्न ठेगानामा यो सूचना प्रकाशित भएको मितिले ८ (आठ) दिनभित्र पठाई सूचिकृत हुनका लागि अनुरोध गरिन्छ । 
बिषयगत क्षेत्रहरु: 
  1. सामुदायिक मेलमिलाप सम्बन्धी तालिम
  2. लैंङ्गिक संवेदनशीलता, परिवेश बिश्लेषण र पात्र नक्साङ्कन सम्बन्धी तालिम तथा अभिमुखीकरण
  3. मनोबिमर्श सम्बन्धी तालिम तथा अभिमुखिकरण
  4. किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम
  5. लैंङ्गिक हिंसा बिरुद्ध कानुनी सचेतना सम्बन्धी तालिम
  6. हानिकारक सामाजिक मूल्य–मान्यता बिरुद्ध सचेतना तालिम तथा अभिमुखीकरण
  7. विधालय सुधार योजना निर्माण तथा परिमार्जन सम्बन्धी तालिम तथा अभिमुखिकरण
  8. विधालयमा सामाजिक लेखा परीक्षण संचालन सम्बन्धी तालिम तथा अभिमुखीकरण
  9. सार्वजनिक लेखापरीक्षण सम्बन्धी तालिम तथा अभिमुखीकरण
  10. बालअधिकार र बाल समूह संचालनः बिधि र प्रकृया सम्बन्धी तालिम तथा अभिमुखीकरण
  11. प्रतिवेदन लेखन तालिम
  12. प्रशिक्षक प्रशिक्षण (TOT) तालिम 
  13. खोज तथा अनुसन्धान पद्धती सम्बन्धी तालिम तथा अभिमुखीकरण
  14. सफलताको कथा संकलन तथा लेखन तालिम
सम्पर्कको लागि

कार्यालय ठेगाना: समग्र जन उत्थान केन्द्र लहान नगरपालिका–६, सिरहा


फोन नं. ०३३–५६००१२

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 13 Feb, 2020
Apply Before 20 Feb, 2020
City Eastern Region