Admin and Finance Assistant (AFA)
Details / requirements:
रतौली युवा क्लब
कर्मचारी आवश्यकता
प्रकाशित मिति: २०८२/०८/२६ (१२/१२/२०२५)
रतौली युवा क्लब र One Heart Worldwide को साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको “Strengthening Maternal Neonatal Health Services in Partnership with the Local Government (स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण) in Mahottari” कार्यक्रम अन्तर्गत एक जना कर्मचारी आवश्यक रहेकोले तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण (Biodata) सहितको निवेदन तल उल्लेखित ठेगाना वा ईमेल मार्फत पठाउन आव्हान गरिन्छ ।
१.) पद: Admin and Finance Assistant (AFA) - १ जना (वि. नं: १०-०८२/०८३)
नोट: तल उल्लेखित दरखास्त दिने अन्तिम मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनुपर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
पदको विस्तृत कार्य-विवरण (JD): Admin and Finance Assistant (AFA)
दरखास्त दिने अन्तिम मिति: २०८२।०९।०४ (१९/१२/२०२५) गते साँझ ४:०० बजे सम्म ।
आवेदनका लागि: vacancyryc@gmail.com (लिंक मार्फत)
वा
रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर-२, महोत्तरी (भौतिक उपस्थितिमा)
Overview
| Category | Accounting and Finance, Development Project, Finance & Administration |
| Openings | 1 |
| Position Type | Full Time |
| Experience | 2 Years |
| Education | Bachelor's degree in a related field, 10+2 in management |
| Posted Date | 14 Dec, 2025 |
| Apply Before | 19 Dec, 2025 |
| City | Mahottari |