आपूर्तिकर्ता तथा सेवाप्रदायक सुचिकृत गर्न सूचना आह्वान

Relief Nepal

Details / requirements:

आपूर्तिकर्ता तथा सेवाप्रदायक सुचिकृत गर्न सूचना आह्वान

प्रथम पटक प्रकाशन मिति: २०८३ असोज २२ गते ( ८ अक्टोबर २०२६ )

रिलिफ नेपाल, वि.स. २०६५ मा सिन्धुलीमा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । यस संस्थाले बालबालिकालाई केन्द्रमा राखेर बाल अधिकार तथा बाल संरक्षण, खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास, र विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।

रिलिफ नेपालले आ.व. २०८३/०८४ मा World Vision International Nepal, Childaid Network Foundation, All Hands & Hearts, लगायतका विभिन्न संस्थाहरूसँगको साझेदारीमा संचालित परियोजनाहरू एवं सम्भावित परियोजनाहरूको लागि तपसिल बमोजिमका वस्तु तथा सेवाहरू खरिद गर्न आवश्यक हुने भएकोले इजाजत प्राप्त आपूर्तिकर्ता, फर्म, सप्लायर्स कम्पनी तथा संस्थाहरू वा व्यक्तिहरूले सूचना प्रकाशन भएको मितिले १५ दिन (२०८३ साल कार्तिक ५ गते) भित्र रित पुर्वक निवेदन पेश गरी सुची दर्ता गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । 

सूची दर्ताका लागि छुट्याइएका समूहहरू:

१) फर्निचर आपूर्ति तथा मर्मत

२) स्टेशनरी र बाल विकास केन्द्रका लागि शैक्षिक तथा खेल सिकाई सामाग्री आपूर्ति

३) छापाखाना/छपाई सम्बन्धी काम डिजाईनिङ

४) इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स उपकरण आपूर्ति तथा मर्मत

५) निर्माण सम्बन्धि सेवा

६) राहत तथा खाद्य/गैर खाद्य सामाग्री

७) वीमा सम्बन्धि सेवा

८) मोटरसाइकल विक्री तथा मर्मत संभार

९) सवारी साधन भाडामा उपलब्ध गराउने

१०) कुरियर तथा ढुवानी सम्बन्धी कार्यहरू

११) बीउबिजनको आपूर्ति

१२) कृषि उपकरण तथा सामाग्रीहरूको आपूर्ति

१३) सूचना प्रकाशन तथा प्रसारण

१४) निर्माण, रङ्गरोगन र प्लम्बिङ (पाईप) आपूर्ति तथा मर्मत कार्यहरू

१५) होटल तथा रेष्टुरेण्ट सेवा

१६) सफ्टवेएर, एप्स तथा वेबसाईट निर्माण

१७) लेखा परिक्षण सेवा

१८) अन्य परामर्श सेवाहरू (विशेषज्ञ, प्रशिक्षण सेवा आदि) ।

सुचिकृत गर्न पेश गर्नु पर्ने चाहिने कागजातहरू :

क) फर्म वा कम्पनी दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।

ख) VAT वा PAN मा दर्ता भएको प्रतिलिपि ।

ग) आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि वा न भएको खण्डमा गत वर्ष ०८१/०८२ को कर चुक्ताको प्रतिलिपि साथै म्याद थपको प्रतिलिपि ।

घ) विगतमा काम गरेका कुनै २ (दुई) फर्म वा कम्पनीसँग काम गरेको प्रमाणपत्र (रेफरेन्स लेटर) ।

ङ) आवेदकहरू मध्येबाट योग्य ठहरिएका विक्रेता, फर्म तथा कम्पनीहरूलाई मात्र सूचिकृत गरिने छ र सूचिकरण गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस संस्थामा निहित रहने छ ।

नोट: आबश्यक सूची दर्ता फारम तलको लिंक बाट सजिलै भर्न सकिनेछ वा तल राखिएको सुचिकृत फारम तथा आचार सहिंतामा सहि छाप गरि तल दिएको  इमेलमा सुचिकृत गरि पाउ भनि निवेदन सहित इमेल गर्न सक्नु हुनेछ ।

Links: Application Form Link

Supplier Code of Conduct

Supplier Registration Form_FY 2027

थप जानकारीका लागि:

रिलिफ नेपाल, कमलामाई-६, सिन्धुली

ईमेल: scm@reliefnepal.org.np

टेलिफोनः ०४७–५२०९१५

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 08 Oct, 2026
Apply Before 22 Oct, 2026
City Sindhuli