मौजुदा सूचि दर्ता सम्बन्धि सुचना
Rural Oriented Youth Movement Nepal (ROYM Nepal) is an NGO established in 2009, dedicated to enhance the sustainable livelihoods of women, disadvantaged and marginalized groups of society through skill transformation, youth engagement, and transformative initiatives aligned with SDGs.
Details / requirements:
मौजुदा सूचि दर्ता सम्बन्धि सुचना
Rural Oriented Youth Movement Nepal -ROYM Nepal
Rural Oriented Youth Movement Nepal -ROYM Nepal is an NGO established in 2009, dedicated to enhance the sustainable livelihoods of women, disadvantaged and marginalized groups of society through skill transformation, youth engagement, and transformative initiatives aligned with SDGs
DETAILS / REQUIREMENTS
मौजुदा सूचि दर्ता सम्बन्धि सुचना
ग्रामिण मुखी युवा अभियान–नेपाल (ROYM–Nepal) सन २००९ मा स्थापित एक राष्ट्रिय स्तरको गैर–नाफा मुलक, गैर–सरकारी, सामाजिक संस्था हो । यसले समुदायमा आधारीत सामुहिक अभियानमार्फत समानता र सामाजिक न्यायसहितको सामाजिक–आर्थिक रूपमा सवल समाजको निर्माणको निम्ती सीमान्तकृत समुहहरूले भोग्दै गरेको संरचनात्मक बिभेदलाई अन्त्य गर्दै आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारका लागि आवश्यक वातावरण सिर्जना गर्न र जलवायु परिवर्तनका मुद्धाहरूमा समुदाय स्तरमा कार्यक्रम संचालन गर्दछ । यस संस्थाका लागि आ.व. ०८३/०८४ को लागि नियमित रूपमा आवश्यक पर्ने तपशिल उल्लेखित वस्तु तथा सेवाहरू उपलब्ध गराउनको लागि ईच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरूबाट फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपी (नविकरण सहित), स्थायी लेखा नम्वर/मूल्य अभिवृद्धिकरमा दर्ता प्रमाणपत्रको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी (२०८२/८३ आ.व), प्रोपाईटर/कम्पनी प्रमुखको नागरिता प्रमाणपत्रको प्रतिलिपी, पछिल्लो २ बर्षमा विभिन्न संस्था तथा निकायहरूम सेवा प्रदान गरेको प्रमाणपत्रको प्रतिलिपी (यदि भएमा), कुनै पनि निकायमा कालो सूचीमा नरहेको स्वः घोषणापत्र सहित प्रथम पटक सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस संस्थाको कार्यलय तथा यस कार्यालयको इमेल ठेगानामा माथि उल्लेखित कागजात उपलब्ध गराई दिनहुन सबैमा जानकारी गराईन्छ । साथै म्याद नाघि आएका निवेदन उपर कुनै कारवाहि गरिने छैन ।
संस्थाको लागि आवश्यक सेवाहरूः
१. पानी आपूर्ति योजना मर्मत
२. बायोस्याण्ड फिल्टर प्रणाली स्थापना
३. सरसफाइ सामाग्रीहरू
४. बालबालिका केन्द्रित पोषण सामाग्रीहरू
५. सरसफाइ पूर्वाधार (शौचालय आदि)
६. पानी आपूर्ती प्राविधिक जाँच
७. नियमित सेवन गरिने औषधिहरू
८. स्वास्थ्य शिविर
९. क्लिनिकल फार्मेसी
१०. चिकित्सकीय सिफारिस
११. हिउँदमा उपयोगि सामाग्रिहरू (winter packages)
१२. ओछ्यान वा न्यानो सामानहरू
१३. सुरक्षित खाना पकाउने ऊर्जा
१४. जाडो वा सितलहरबाट बचाउने सामाग्रीहरू (winterproofing top-ups)
१५. विद्यार्थी छात्रावास सहयोग
१६. विद्यार्थी छात्रावास मर्मत
१७. शैक्षिक साझा उपयोगि सामाग्रीहरू
१८. खाध्य सामाग्रीहरू (खाना खाजाको लागि)
१९. बालबालिका हेरचाहकर्ता
२०. विद्यालय शिक्षण(सिकाइ सामग्री (TLM)/खेल सामग्री प्याकेज
२१. बाल केन्द्रित सिकाइ सामाग्रीहरू
२२. विद्यालयमा वालमैत्री मनोसामाजिक सत्रहरू संचालन
२३. भवनको प्राविधिक सुरक्षा जाँच
२४. सवारी साधन ढुवानी, भाडाः (बस, स्कोरपियो, बोलेरो, मिनिट्रक, पिकअप भ्यान, ट्रक,कन्टेनर आदी )
२५. आपत्तकालीन सहायताका सामग्रीहरूः (त्रिपाल, डोरी, बाल्टी, ब्ल्याङ्केट, आपत्तकालिन प्राथमिक उपचार बाकस, खाध्यान्न, आदि)
ग्रामिण युवा अभियान नेपाल
नागार्जुन नगरपालिका ‐ २, काठमाडौं
सम्पर्क नं. ०१‐५९०६१४६
Email: nepalroym@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 08 Oct, 2026 |
| Apply Before | 13 Oct, 2026 |
| City | Kathmandu |