आपूर्तिकर्ता सूचीमा (Vendor Registrations) सूचीकृत हुने सम्बन्धी सूचना
Details / requirements:
आपूर्तिकर्ता सूचीमा (Vendor Registrations) सूचीकृत हुने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशन मिति: २०८३ श्रावण ६ गते)
यस स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान बिकास नेपाल (हर्ड नेपाल) ले आ.व २०८३ ⁄ ८४ को लागि तपशील मा उल्लेखित आवश्यक विविध सामाग्रीहरू तथा सेवाहरू आपूति गर्ने प्रयोजनको लागी सम्ंबन्धित बिषयको कारोबार गर्न नेपाल सरकार बाट इजाजत प्राप्त गरेका इच्छुक रजिस्टर्ड फर्म ⁄ कम्पनी, आपुर्तीकर्ता एवंम सेवा प्रदायकहरू बाट आपूर्तिकर्ता सूची (Vendor List) मा सूचीकृत हुनका लागी आबेदन पेश गर्न आह्वान गरिन्छ।
तपशिल:
क) संस्थालाई आवश्यक विविध सामाग्रीहरु तथा सेवाहरू:
१.कार्यालय प्रयोजनको लागि मसलन्द तथा स्टेशनरी सामाग्रीहरू ।
२. बिभिन्न प्रकारका छपाई सम्वन्धी कार्य (फ्लेक्स प्रिन्ट, होर्डिङ्ग वोर्ड, स्वास्थ्य तथा सरसफाइ सम्वन्धी कोटेशन लेखन, भिजिबिलिटी समाग्री टी-सर्ट, टोपी, झोला आदि ।
३. कम्प्युटर, फोटोकपी, प्रिन्टर तथा त्यस सम्वन्धी आवश्यक पाट पुर्जाहरु ।
४. मर्मत कार्य (कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, टेलिफोन, इन्भर्टर आदि) ।
५. कार्यालय प्रयोजनका मोटरसाइकल/ स्कुटर का पाटपुर्जा तथा मर्मत सम्ंबन्धि कार्य ।
६. फर्निचर र फर्निसिंग सम्बन्धी कार्य ।
७. हार्डवयर (निर्माण सम्वन्धी विभिन्न किसिमका रंगरोगन, इनामेल, सिमेन्ट /हृवाइट सिमेन्ट, डिस्टेम्पर, तार्पिन तेल, ब्रश, रोलर, त्रिपाल, प्लास्टि, बालुवा रड, UPVC सामाज्री आदि) ।
८. होटल सेवा (आवासीय तथा गैर आवासीय कार्यक्रम, तालीम प्रयोजनको लागी) ।
९. गाडी भाडा तथा ढुवानी सम्बन्धी (कार, भ्यान, जीप, मिनी बस, ट्राकटर, मिनी ट्रक, ट्रक आदि।
१०.शैक्षिक सामग्री हरु (किताब, सिकाई सामग्री, कपडा, जुत्ता, झोला आदी ।
ख) दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:
१. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि
४. आर्थिक बर्ष ८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी प्रोफाइल (लागु हुने अवस्थामा)
६. सस्था / कम्पनीको नागरिकताको प्रतिलिपि
७. पछिल्लो दुईबर्ष सम्म विभिन्न संघ–संस्था तथा निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । तथा यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
ग. आवेदन बुझाउने तरिका / सम्पर्क ठेगाना:
इच्छुक रजिस्टर्ड फर्म ⁄ कम्पनी, आपुर्तीकर्ता एवंम सेवा प्रदायकहरु बाट आफ्नो Letter Head मा निबेदन /दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु सहित मिति २०८३/०४ /२० गते (०५ अगस्ट, २०२६) भित्र कार्यालयको आधिकारीक इमेल ठेगाना वा कार्यलयमा सम्पर्क गरी कार्यालय समयमा आबेदन पेश गर्न सकिनेछ ।
सम्पर्क ठेगाना:
1) HEARD Nepal, Rajbiraj, Saptari, Madhesh Province, Nepal
2) HEARD Nepal, Biratnagar, Koshi Province Office, Nepal
3) HEARD Nepal, Kathmandu, Bagmati Province Office, Nepal
सम्पर्क फोन न. ०३१ -२५९०२३१ or ०२१- ४६४१३७
सम्पर्क मोबाईल नम्बर: ९८५५०२८१३७ / ९८५२०३०१३७
Email ID: nepalheard@gmail.com
नोट: HEARD नेपाल संग कुनै पनि वा सम्पूर्ण EOI लाई कुनै कारण नखुलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित रहने छ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 22 Jul, 2026 |
| Apply Before | 05 Aug, 2026 |
| City | Kathmandu, Biratnagar, Saptari |