आपूर्तिकर्ता सूची (Vendor Registration) मा सूचीकृत हुने सम्बन्धी सूचना ।

Human Rights Awareness Centre (HURAC) Nepal

Human Rights Awareness Center (HURAC-Nepal) Rolpa is a non-profit making, non-partician and leading Nepali non-governmental organization (NGO) working in the areas of rural development, human rights and social justice, having strategic focus on protecting and promoting economic, social and cultural rights and right to development. Its major iterventions are towards pro-poor and pro people policies and practices through rural development (livelihood, education, protection, health and sanitation, forest, soil conservation, environment), advocacy, campaign, lobbying, networking, research and awareness raising for people's empowerment. In the campaign, advocacy and lobbying fronts, HURAC has been continuously embarking on the fundamental rights of the children, economically poor, socially excluded and environmentally vulnerable sections of the societies. HURAC believes in result-oriented struggles of the people against poverty, hunger and socio-economic injustices.

Details / requirements:

आपूर्तिकर्ता सूची (Vendor Registration) मा सूचीकृत हुने सम्बन्धी सूचना ।

प्रकाशन मिति: २०८३/०३/३०

मानब अधिकार सचेतन केन्द्र (हरेक) नेपाल विगत तीन दशक देखि मानब अधिकार तथा सामाजिक न्याय र बिकासका  क्षेत्रमा विकास साझेदार तथा सरकारी निकायहरूसँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था हो । आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक पर्ने विभिन्न बस्तु तथा सेवा बिक्रि/आपूर्ति गर्न कानुन बमोजिम दर्ता भएका (सहजीकरण तथा कन्सल्टेन्ट सेवाका लागि व्यक्तिगत निबेदन) इच्छुक तथा योग्य आपूर्तिकर्ता तथा सेवा प्रदायकहरुले संस्थाको बस्तु तथा सेवा बिक्री/आपूर्तिकर्ता सूची (Vendor List) मा सूचीकृत हुनका लागि आवेदन पेश गर्न आह्वान गरिन्छ।

सूचीकृत गरिने सामग्री तथा सेवाका क्षेत्रहरू

क्र.सं.विवरणक्र.सं.

विवरण

कार्यालय मसलन्द/ स्टेशनरीसँग सम्बधित बिबिध सामग्रीहरू१३कृषि सामग्री, बिउविजन, बोटबिरुवा, औजार तथा उपकरणहरू
 किराना सामग्री सेवा, इट्टा तथा ब्लककहरु  सामग्रीहरू१४फेन्सी तथा गारमेन्ट उधोग – व्याग, टि सर्ट, जाकेट, ट्रयाक सुट,टोपी तथा अन्य
कम्प्युटर, सर्भर, क्यामेरा, प्रोजेक्टर, प्रिन्टर तथा अन्य आईटी/सूचना सामग्रीहरू बिक्रि तथा मर्मत-सम्भार१५होटल सेवा/तालिम/सेमिनर, अन्य कार्यक्रम संचालन गर्नको लागि  खाजा नास्ता, खाना, आवास,हल आदि)
विद्युतीय सेवा तथा सामग्रीहरू बिक्रि तथा मर्मत तथा जडान सम्बन्धि१६ढुवानी सम्बन्धि सवारी साधन रिजर्ब सेवा
औषधि, स्वास्थ्य तथा सर्जिकल सामग्रीहरू१७साना सवारी साधन (जीप, स्कोरपियो, ट्याक्सी) रिजर्ब सेवा
विज्ञापन, श्रव्य–दृश्य सामग्री उत्पादन तथा प्रसारण सेवा (एफ.एम.,पत्रपत्रिका, डिजिटल मिडिया आदि)१८अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा र प्रशिक्षण/सहजीकरण कार्य
प्रेस तथा छपाई : फ्लेक्स प्रिन्ट, हस्त लेखन ब्यानर, होर्डिङ्ग वोर्ड, भित्ते लेखन कार्य, किताब तथा विविध प्रकासन,प्रमाण पत्, चिनो आदि१९कुरियर सेवा
कार्यालय फर्निचर तथा सजावट, फर्निसिङ सम्बन्धी सामग्रीहरू (फर्निचर सामग्री, कार्पेट, पर्दा, कुशन, पि फम आदि)२०खेल सामाग्री, खेलौना तथा अन्य शैक्षिक सामाग्रीहरू (बाल विकास केन्द्र, बिद्यालय कक्षाकोठा  व्यवस्थाप, शिक्षण सिकाई सामग्री )
हार्डवेयर, रंगरोगन तथा भाडा पसल सम्बन्धि सेवा२१भेटेनरी सेवा सम्वन्धी: औषधि. उपकरण तथा अन्य औजारहरू
१०प्लास्टिक जन्य सामाग्रीहरू – प्लास्टिक पसल जस्तै बाटा, बाल्टिन अन्य२२छपाई सम्बन्धि (फर्म, फाराम, प्रिन्ट तथा फोटोकोपी)
११ग्रिल सामग्री सेवा२३स्वास्थ्य, दुर्घटना र सम्पति बिमा सेवा
१२लेखा परिक्षण सेवा

आवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू

१. संस्था वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

२. आर्थिक बर्ष २०८२/२०८३ सम्म नवीकरण प्रमाणपत्र 

३. स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र

४. पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र

५. सञ्चालक वा प्रोप्राइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

६. कम्पनी प्रोफाइल (लागू हुने अवस्थामा)

७. सम्बन्धित क्षेत्रको अनुभव तथा कार्यसम्पादन विवरण (लागू हुने अवस्थामा)

८. आफुले बस्तु तथा सेवा बिक्रि तथा आपूर्ति गर्न चाहेको क्षेत्र सहितको निबेदन

आवेदन पेश गर्ने तरिका

इच्छुक आपूर्तिकर्ताले आवश्यक कागजातहरू सहित २०८३/०४/१२ गते कार्यालय समयभित्र कार्यालयमा आवेदन पेश गर्न सक्नेछन वा PDF फाइल procurement.hurac@gmail.com इमेल मार्फत पेश गर्न सक्नेछन्।

आवेदन पेश गर्ने ठेगाना

१-केन्द्रीय कार्यालय

हुरेक नेपाल, रोल्पा नगरपालिका वडा नं २ लिबाङ,

२-फिल्ड कार्यालय सुलिचौर रोल्पा

३-फिल्ड कार्यालय तौलिहवा कपिलवस्तु

हरेक नेपालले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी योग्य आपूर्तिकर्ताहरूलाई संस्थाको आपूर्तिकर्ता सूचीमा सूचीकृत गर्नेछ । सूचीकृत आपुर्तिकता खरिद नीति तथा प्रचलित कानुन बमोजिम आवश्यकता अनुसार प्रतिस्पर्धात्मक खरिद प्रक्रियामा सहभागी हुनुपर्ने छ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 14 Jul, 2026
Apply Before 28 Jul, 2026
City Rolpa