प्रशासन प्रमुखको आवश्यकता सम्बन्धी सूचना!
Detailed Job description / requirements:
सिद्धार्थ केवल कार प्रा.लि.,
गणेशस्थान टोल, बुटवल-१, रुपन्देही
प्रशासन प्रमुखको आवश्यकता सम्बन्धी सूचना!
सिद्धार्थ केवल कार प्रा.लि., बुटवल–१, देउराली डाँडाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस उद्मोगलाई निम्न शैक्षिक योग्यता तथा कार्य अनुभव भएको पदपूर्ति समितिको सदस्य सचिव भर्ई तथा दैनिक प्रशासनिक कार्यहरु गर्नको लागि एक जना योग्य प्रशासन प्रमुखको आवश्यकता भएकोले इच्छुक उम्मेदवारहरुले आफूले प्राप्त गरेका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, Bio-Data र हालसालै खिचेको पासपोर्ट साइजको एक प्रति फोटो सहित यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र यस कम्पनीमा आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । इमेलबाट पठाएको निवेदन पनि मान्य हुनेछ ।
पद | तह | शैक्षिक योग्यता | अनुभव | उमेर | परिक्षाको किसिम |
प्रशासन प्रमुख | ८ | MBS, MBA, MML or masters in related field | कम्तिमा ४ वर्ष प्रशासन क्षेत्रमा संगठित संस्थामा कार्य गरेको | २१ वर्ष पुरा भई ४० ननाघेको | कार्य सम्बन्धी प्रस्तुतिकरण र अन्तर्वार्ताको मिति पछि जानकारी गराइनेछ । |
- शुरु पारिश्रमिक: रु. ४७,०००।- (सत्चालिस हजार मात्र)
- कार्य दक्षताको आधारमा उचित थप भत्ता दिइनेछ ।
- बिदेश अध्ययन गरी प्राप्त प्रमाणपत्रको हकमा Equivalence Certificate पेश गर्नु अनिवार्य हुनेछ ।
- म्याद नाघी आएका र रित नपुगेको दरखास्त उपर कुनै कार्यवाही हुने छैन ।
- संचय कोष, उपदान , विदाआदी कम्पनीको नियमअनुसार हुनेछ ।
- कुनै पनि कारण नदेखाई कुनै/सवै आवेदन अस्वीकार गर्ने अधिकार कम्पनीमा रहनेछ ।
इमेलः scablecar0011@gmail.com
सम्पर्क फोन नं. ०७१ ५३४६६३,९८६७२९२५५५
Job Overview
Category | Administrative / Management |
Openings | 1 |
Position Type | Full Time |
Experience | 4+ years |
Education | MBA, MBS, MML |
Posted Date | 12 Jan, 2023 |
Apply Before | 01 Feb, 2023 |
City | Butwal |