जनस्वास्थ्य सहायक

Sonaha Bikash Samaj

Details / requirements:

कर्मचारी आवश्यकता:

प्रथम पटक प्रकाशित मिति: २०७६/०९/२९

सोनाहा विकास समाज, बर्दिया जिल्लामा सन् २०१२ देखी लोपउन्मुख, विपन्न, तथा अतिगरिव समुदायविच, शिक्षा, स्वास्थ्य, आयआर्जन तथा मानव अधिकारको क्षेत्रमा कार्य गर्ने एक गैर सरकारी संस्था हो । यस संस्थाले गुड नेवर्स इन्टरनेश्नल नेपालकाको आर्थिक तथा प्राविधिक सहयोगमा प्रायोजित बालबालिका लक्षित कार्यक्रम अन्तर्गत बर्दिया सामुदायिक बिकास परियोजना मार्फत शिक्षा, स्वास्थ्य तथा सरसफाइ, जीबिकोपार्जन तथा पैरवि जस्ता कार्यक्रमहरु बर्दिया जिल्लाको मधुबन नगरपालिका ,राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सञ्चालन गर्दै आईरहेको छ । हाल यस संस्थामा उल्लेखित कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा सरसफाइ कार्यक्रम संचालनका लागि आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुबाट तपसिल बमोजिमको पदका लागी दरखास्त आव्हान गरिन्छ  । 

यस कार्यक्रमको लागि तपसिल अनुशारको मानवस्रोतको आवश्यकता परेकोले १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका योग्यतापुगेका नेपाली नागरिकबाट बर्दिया जिल्ला राजापुर नगरपालीका वडा नं. १ मा रहेको यस संस्थाको कार्यालयमा आई वा यस संस्थाको इमेल ठेगाना sbsbardiya@gmail.com मा CV तथा आवेदन सहित शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपि, नागरिकताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रका प्रतिलिपि तथा विस्तृत व्यक्तिगत विवरण संलग्न राखीआवेदन गर्न सकिने गरी आजमिति: २०७६/०९/२९ गते (प्रथमपटक) यो विज्ञापन प्रकाशितगरिएको छ । आवेदन गर्ने अन्तिम म्याद २०७६/१०/०६ गते दिउसो ४:०० वजे कार्यालय समय सम्म)

पदः जनस्वास्थ्य सहायक

संख्याः १ जना

कार्यगर्नु पर्ने स्थानः गेरुवागाँउपालिका, मधुवन तथा राजापुर नगरपालिका

तलबः संस्थाको नियमानुसार

मुख्यजिम्मेवारी

  • प्रायोजित बालबालिका लक्षित कार्यक्रममा बालबालिकाको स्वास्थ्य परिक्षण सुनिश्चितगर्ने ।
  • नगरपालिका,गाँउपालिका, वडाकार्यालय,बिद्यालय, स्वास्थ्यचौकी संग समन्वय तथा सहकार्यका लागि पहल गर्दे स्वाथ्य तथा सरसफाइ सम्बन्धि कार्यक्रम संचालनगर्ने ।
  • कार्यक्रमको योजना निर्माण तथा फिल्ड स्तरमा भए गरेका कामहरुको नियमित अनुगमन तथा मुल्याँकन गर्ने।
  • सम्पन्न कार्यको प्रगति बिबरण तथा प्रतिबेदन तयार गर्ने।
  • अन्यकार्यहरु TOR मा भएअनुसार तथा संस्थाले दिएको जिम्मेवारी अनुसार हुनेछ ।

योग्यताः

  • कम्तिमा स्वास्थ्य संग सम्बन्धित बिषयमा स्नातकतह पास गरेको जसमा बि.पि.एचपास गरेकोेलाइ प्राथमिकता दिइने छ ।
  • सम्बन्धित बिषयमा कम्तिमा १ बर्षको कार्य अनुभवभएको
  • नेपाली तथा अंग्रेजी भाषाको राम्रो ज्ञान भएको ।
  • ईमेल, इन्टरनेट तथा कम्प्युटर सम्बन्धि राम्रो ज्ञानभएको ।

पुनश्चः स्थानियदलित, जनजाति, महिला तथा पिछडा बर्ग समुदायकालाई बिशेष ग्राहयता दिईने छ ।

नोट: आवेदकहरु मध्ये छोटो सुचिमा परेका उम्मेद्वारहरुलाई मात्रै लिखित परीक्षामा समावेश गरिने छ । फोन तथा अन्य संचार माध्यमबाट संस्थालाई प्रभाव पार्ने प्रयास गर्ने उम्मेद्वारहरु स्वत: अयोग्य ठहर गरिने भएकोले त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ । 

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 1+ years
Education Please check vacancy details
Posted Date 14 Jan, 2020
Apply Before 20 Jan, 2020
City Eastern Region