विपद् पूर्व तयारी प्रतिकार्य योजना प्रिन्टको सूचना
Details / requirements:
विपद् पूर्व तयारी प्रतिकार्य योजना प्रिन्टको सूचना
मिती: २०८० जेठ २३ गते ( ०६ जुन, २०२३)
यु.एस.ए.आइ.डी.को आर्थिक सहयोगमा मर्सिकोर नेपाल र ग्रामिण सामुदायिक विकास केन्द्र, (RCDC) मुगु विचको साझेदारीमा संचालन भई रहेको भकारी (BHAKARI) परियोजनाले मुगुको जिल्लाको छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा विपद् जोखिम न्युनिकरणको क्षेत्रमा विभिन्न किसिमका कामहरु गर्दै आएको छ । जस अन्तर्गत जिल्लाको र ३ वटा पालिका ( सोरु गा.पा., खत्याड गा.पा. र छायाँनाथ रारा नगरपालिका) को विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना किताब प्रिन्ट गर्नु पर्ने भएकाले ईच्छुक कानुनी मान्यता प्राप्त सप्लायर्सले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र गमगढी मुगु सम्मको ढुवानी सहितको दर उल्लेख गरि कोटेशनस पेश गर्न हुन सवैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिल:
- ईच्छुक सप्लायर्सले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र अर्थात २०८० जेठ २९ (१२, जुन २०२३) गते बेलुका ५ बजे भित्र संस्थाको ईमेल ठेगाना: rcdcvacancy055@gmail.com मार्फत कोटेशन पेश गर्नु पर्ने छ ।
- कोटेशन सँगै कानुनी कागजातहरु ( फर्म दर्ता तथा नविकरण, भ्याट दर्ता चालु आ.व.को कर चुत्ता प्रमाण पत्र ) समावेश गर्नु पर्ने छ ।
- कोटशन पेश गर्दा कोटेशन उपलब्ध गराएको दररेट र कानुनी दर्ता प्रमाण पत्र स्पष्ट रुपमा बुझिने् गरि पठाउनु पर्नेछ । अन्यथा पेश गरिएकोको कोटेशन प्रतिस्पर्धामा लगिने छैन ।
- कोटेशनमा दर रेट उल्लेख गर्दा भ्याट सहितको मूल्य उल्लेख गरेर पेश गर्नु पर्ने छ ।
- जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना किताब १०० थान र पालिकाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना (सोरु गा.पा.को ३० थान, खत्याड गा.पा.को ३० थान र छायाँनाथ रारा न.पा.को ३० थान) गरि जम्मा १९० थान किताब प्रिन्ट गर्नु पर्ने छ । त्यसमा प्रयोग हुने पेपरको गुणस्तर राम्रो हुनु पर्ने छ ।
- गुणस्तरिय सामाग्री कम दररेटमा उपलब्ध गराउने, छोटो समयमा सामाग्री उपलब्ध गराउने र कानुनी दर्ता प्रमाण पत्र उपलब्ध गराउने सप्लार्यस लाई छनौट गरिने छ ।
- समय नाघी आएको कोटेशन स्वत अयोग्य हुनेछ, साथै सामाग्री खरिद गर्दा परिमाणमा तल माथि हुन सक्ने छ ।
- ईच्छुक सप्लार्यसले संस्थाले तयार पारेका तपशिलको कोटेशन फाराम भरेर छाप सहित रहेको कोटेशन पेश गर्नु पर्ने छ ।
Quotation को लागि तलको लिङ्क डाउनलोड गर्नुहोस् ।
आवेदन पेश गर्ने प्रक्रिया:
उपरोक्त बमोजिमको सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात जेठ २९ गते, २०८० तद् अनुसार १२ जुन, २०२३ साँझ ५: ०० बजे RCDC, मेल ठेगाना, rcdcvacancy055@gmail.com बाट पनि पठाउन सकिने छ ।
यस विषयमा थप जानकारी लिनु पर्ने भएमा RCDC, Mugu को फोन ०८७-४६००९० मा सम्पर्क गर्न सकिनेछ ।
खरिद समिति
ग्रामिण सामुदायिक विकास केन्द्र, मुगु
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 06 Jun, 2023 |
Apply Before | 12 Jun, 2023 |
City | Mugu |