विद्यालय मर्मत, चौतारा निर्माण सम्बन्धि शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN)

Details / requirements:

विद्यालय मर्मत, चौतारा निर्माण सम्बन्धि शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

सुचना नं. ०१ –÷०८३÷८४

 प्रकाशित मिति: २०८४/०४/१२

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) (Preservation of Environment and Social Welfare Association of Nepal-PESWAN) संस्थाले Practical Action सँग साझेदारी गरी कञ्चनपुर जिल्लामा समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम सञ्चालन गरिरहेको छ।

उल्लेखित कार्यक्रम अन्तर्गत तपशिलमा उल्लेखित कार्य गर्नुपर्ने भएकाले नेपाल सरकारको प्रचलित कानुन अनुसार दर्ता भई मूल्य अभिवृद्धि करमा आवद्ध भएका इच्छुक आपूर्तिकर्ता/ निर्माण ब्यावसायीहरूबाटहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन कार्यालय समय भित्र शिलबन्दी खाममा वा इमेल मार्फत (फोल्डर पासवर्ड प्रोटेक्ट गरी) बोलपत्र पेश गर्न हुनका लागि यो सार्वजनिक सूचना आह्वान गरिएको छ ।

तपशिल:

क्र.सं.कार्यको नामकार्य गर्नुपर्ने स्थानकामको विशिष्टिकरण तथा विवरण संलग्न लिङ्कःपरिमाणइकाईकैफियत
चौतारा निर्माण कार्यभिमदत्त न. पा. ०१, विष्णुटोल, कञ्चनपुर ।

LINK 1

निर्माण कार्यईष्टिमेट अनुसार २ वटा चौतारा संगै गाभेर निर्माण गर्नुपर्ने  
चौतारा निर्माण कार्य

पंचकृती बैजनाथ मा.वि.

भिमदत्त न. पा. १९, बागफाटा, कञ्चनपुर ।

LINK 2निर्माण कार्य
माटो भरान कार्यगौरीशंकर माध्यमिक विद्यालय , पुनरबास न. पा. ५, भानुबस्ति कञ्चनपुर।LINK 3निर्माण कार्य
चौतारा निर्माण कार्यभानु माध्यमिक विद्यालय , लालझाडी गा. पा. २, कञ्ज कञ्चनपुर।LINK 4निर्माण कार्य

बिद्यालय झ्याल, ढोका, तथा टेबल, डेस्क मर्मत आदि कार्य 

शिवशक्ति माध्यमिक विद्यालय, शुक्लाफाँटा न. पा. १२, कालागौडी कञ्चनपुर ।LINK 5मर्मत कार्य
भित्ते चित्र लेखन कार्यपेशवान मार्फत सञ्चालनमा रहेको समुदायका लागी जलवायु उत्थानशिल कार्यक्रमका कार्यक्षेत्र (पुनरबास न. पा., शुक्लाफाँटा न. पा., भिमदत्त न. पा. बेलौरी न पां तथा लालझाडी गा. पा.) का स्थानहरूमा आवश्यकता अनुसार भित्ते चित्र लेखन लेखनकार्यLINK 6आवश्यकता अनुसारवर्ग फिट

नोटः सम्पादन गर्नुपर्ने कार्य वा सेवाको बिष्तृत विवरण तथा दरभाउ फाराम माथी दिईएका सम्बन्धित लिङ्कहरूबाट डाउनलोड गर्न सकिने छ ।

दरभाउका शर्तहरू:

१. दरभाउपत्र फाराम संस्थाको कार्यालयमा उपस्थित भई वा माथी दिईएका लिंक मार्फत डाउनलोड गरि वा तपशिलमा उल्लेखित ईमेल ठेगानामा अनुरोध गरी प्राप्त गर्न सकिनेछ र तोकिएको समयभित्र संस्थाको कार्यालयमा उपस्थित भई वा फोल्डरमा पासवर्ड राखेर तपशिलको ईमेल ठेगानामा पठाउन सकिने छ । आवेदकहरूले कार्यको विवरण तथा कार्य गर्नुपर्ने स्थान समेतको अध्ययन आकलन गरी दरभाउ पेश गनुपर्ने छ ।

२. दरभाउपत्र लाहाछाप शिलबन्दी गरेर खाम बन्द गरेको हुनुपर्नेछ । साथै खामको बाहिर आपुर्तीकर्ताको विवरण नाम, ठेगाना, सम्पर्क नम्बर लेखी फर्मको छाप लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था दरभाउपत्र बुझ्न वा सदर गर्न वाध्य हुनेछैन । साथै ईमेल मार्फत आवेदन दिने आपुर्तीकर्ताले पासवर्ड प्रोटेक्ट गरि आवेदन दिनुपर्ने छ ।  

३.आवेदक आपुर्तीकर्ताहरूले उल्लेखित कार्य, सेवाहरू मध्ये कम्तिमा १ वा सो भन्दा बढी वा सबैकार्य तथा सेवाहरूमा समेत आवेदन दिन सकिने छ साथै आवेदन छुट्टा छेट्टै हुने गरी दिन सकिने छ।  

४. उल्लेखित निर्माण तथा मर्मत लगायतका कार्य गर्न इच्छुक निर्माण व्यवसायी वा आपुर्तीकर्ताहरूले उल्लेखित दरभाउ फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण-पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएको प्रमाण-पत्र, कर चुक्ता प्रमाण-पत्र दरभाउ दाताको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि संलग्न गरी पेश गर्नु पर्नेछ ।

५. दरभाउपत्र फाराममा उल्लेखित सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक वा अक्षरलाई मान्यता दिईने छैन । 

६. दरभाउ बुझाउने अन्तिम मिति २०८३/०४/२६, कार्यालय समय ५:०० बजेसम्म रहने छ । यदि दरभाउ फाराम बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिनमा पनि दरभाउ फाराम बुझाउन सकिने छ।

७. दरभाउ फाराम दर्ता गर्ने अन्तिम मितिको भोलिपल्ट संस्थाका प्रतिनिधिहरू र दरभाउ दाता स्वयम् वा नीजको प्रतिनिधिको उपस्थितिमा यस संस्थाको कार्यालयमा दरभाउ खोलिनेछ साथै खोलीने समयको जानकारी गराईने छ। तोकिएको दिनमा दरभाउदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि  दरभाउ खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिनको उल्लेखित समयमा नै दरभाउ खोलिने छ।

सर्वाधिकार वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) मा नीहित रहेको छ र अन्य सम्पूर्ण कुराहरू नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ।

खरिद सामिति

भीमदत्त नगरपालिका १८, कटान, महेन्द्रनगर, कञ्चनपुर

सम्पर्क नं.: ९८४१५७३८०२ / ९७०१५६८३४४

इमेलबाट दरभाउ पेश गर्नका लागि इमेल :  procurement.peswan@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 28 Jul, 2026
Apply Before 11 Aug, 2026
City Kanchanpur