शिलबन्दी कोटेशन पत्र आह्वान गरिएको सुचना

Preservation of Environment and Social Welfare Association of Nepal (PESWAN)

Details / requirements:

परियोजनाको कार्यक्षेत्र भित्र चित्र सहित भित्ते लेखन ( Wall Painting ), चित्र सहित म्यासेज निर्माण ( Messaging & Printing ) तथा फ्लेक्स प्रिन्ट र होर्डिङबोर्ड निर्माण सम्बन्धि शिलबन्दी कोटेशन पत्र आह्वान गरिएको सुचना 

प्रकाशन मिति: २०८३।०६।२७

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) (Preservation of Environment and Social Welfare Association of Nepal–PESWAN) संस्थाले प्लान इन्टरनेसनल नेपालसँगको साझेदारीमा यस कञ्चनपुर जिल्लाका भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका समुदायहरुमा बाल विवाह न्युनिकरण जलवायु उत्थानशील तथा जिविकोपार्जन सम्बन्धि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिहेको छ । 

उल्लेखित कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका कार्य गर्नुपर्ने भएकाले नेपाल सरकारको प्रचलित कानुन अनुसार दर्ता भई मुल्य अभिवृद्धी करमा आवद्ध भएका इच्छुक आपुर्तिकर्ता/निर्माणकर्ता ब्यावसायीहरु बाट यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समय भित्र शिलबन्दी खाममा पेश गर्न हुनका लागी यो सार्वजनिक सुचना आह्वान गरिएको छ ।  

तपशिलः

क्र.संकार्यालको नामकार्य गर्नुपर्ने स्थानकामको विशिष्टिकरण तथा विवरण संलग्न लिङ्कःपरिमाणइकाईकैफियत
१.भित्ते लेखन कार्य, म्यासेज र चित्र सहित

भीमदत्त वार्ड नं १ ३ र १३

दोधारा चादनी वार्ड नं ३ ७ १०

Link 1६ स्थानमा वाल पेन्टिङ ।४/६ फिट (24 वर्ग फिट)
२.बालविवाह न्युनिकरण, जलवायु परिवर्तन र पुर्ब सुचना प्रणालीमा समुदायको पहुँ विस्तार सम्बन्धि जनचेतनामुलक म्यासेज सहित फ्ल्याक्स प्रिन्ट

भीमदत्त वार्ड नं १ ३ र १३

दोधारा चादनी वार्ड नं ३ ७ १०

Link 3६ वटा म्यासेज डिजाईन तथा फ्लेक्स वा होर्डिङ बोर्ड प्रिन्ट ।६ वटा फ्लेक्स र १०० वटा लिफ्लेट वा पोष्टर (A4 size, Single page)उच्चस्तरीय रेडियम जडित फल्याक्स प्रिन्ट गर्ने ।
३.होर्डिङ बोर्ड निर्माण, ढुवानी तथा तोकिएको स्थापना (राखने)

भीमदत्त वार्ड नं १ ३ र १३

दोधारा चादनी वार्ड नं ३ ७ १०

Link 2६ वटा ४/६ फिट

पेश गर्नुपर्ने आवश्यक कागजातहरू

इच्छुक फर्म/आपूर्तिकर्ताहरूले आफ्नो दरभाउपत्रसँग निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछः

  1. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
  2. PAN&VAT  दर्ता प्रमाणपत्रको प्रतिलिपि
  3. पछिल्लो कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि २०८२/२०८३
  4. लागू हुने भएमा उद्योग/वाणिज्य दर्ता प्रमाणपत्रको प्रतिलिपि फर्मका सञ्चालक व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  5. प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरुको कागजातको प्रतिलिपी 

आपूर्तिकर्ताको घोषणा तथा आवश्यक फारामहरू

  1. यस सूचनासँग उपलब्ध गराइएको लिङ्कमार्फत प्राप्त हुने सबै आवश्यक फाराम तथा कागजातहरू आपूर्तिकर्ताको आधिकारीक प्रतिनिधिद्वारा पूर्ण रूपमा भरी, हस्ताक्षर गरी र छाप लगाई पेश गर्नुपर्नेछ र सम्बन्धित फारामहरू संस्थाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
  2. आपूर्तिकर्ता प्रचलित कानून बमोजिम उल्लेखित सामग्री आपूर्ति गर्न इजाजत प्राप्त भएको हुनुपर्नेछ । 
  3. दरभाउपत्रदाताले बालबालिकालाई बालश्रममा प्रयोग नगरेको र संस्थाका कार्यकारी समितिका पदाधिकारी र सदस्य एवम् कर्मचारीसँग कुनैपनि स्वार्थ बाझिने (Conflict of Interest) सम्बन्ध छैन भनि स्वःघोषणा गरेको पत्र पनि बोलपत्रका साथमा संलग्न गरी पेश गर्नुपर्नेछ ।
  4. आपूर्तिकर्ताले यस संस्थाको संरक्षण नीति (Safeguarding Policy) का प्रावधानलाई पालना गर्न प्रतिवद्ध हुनु पर्नेछ ।
  5. आवश्यक कागजातहरू नपुगेका, फारामहरू अपूर्ण रहेका, हस्ताक्षर/छाप नभएका वा तोकिएको ढाँचामा पेश नगरिएका दरभाउपत्रहरूलाई अपूर्ण मानी अस्वीकार गर्न सकिनेछ।
  6. दरभाउपत्र फाराममा उल्लेखित सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक वा अक्षरलाई मान्यता दिईने छैन ।

सम्बन्धित फाराम तथा कागजातका लिङ्कहरू

RFQ

  1. https://drive.google.com/file/d/1CZGOjqoPX4B6Y5DQbOk3gxPXBcMRxgd-/view?usp=drive_link
  2. https://drive.google.com/file/d/1Tl-iIPdwpe_foh9aT1lkvgXGKjpFFUyZ/view?usp=drive_link 
  3. https://drive.google.com/file/d/1pDJKpBswa58TOhW5yr24kfM_KhPP2wZq/view?usp=drive_link

Declaration Form

  1. https://drive.google.com/file/d/18IouHHpmifGZR_gPN4re8nIpBx45jC8s/view?usp=sharing
  2. https://drive.google.com/file/d/1rDdCM3Pvc7jrG7q4G6vAHpEpcbmL023-/view?usp=sharing

दरभाउपत्र पेश गर्ने ठेगानाः

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) कञ्चनपुर

भिमदत्त नगरपालिका वडा नं. १८, महेन्द्रनगर, कटान (पुष्पलाल चोक नजिक) 

तोकिएको समयावधिभित्र संस्थाको कार्यालयमा बुझाउनुपर्नेछ।

अन्तिम मितिः २०८३/०७/१०

समयः साँझ ५:०० बजे

PESWAN Office Bhimdatt 18 Kanchanpur

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 13 Oct, 2026
Apply Before 27 Oct, 2026
City Kanchanpur