वित्त तथा प्रशासन सहायक (Finance and Administration Assistant)

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मिति: २०८१/१/७

रतौली युवा क्लबसेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको बाल, उमेर नपुगी तथा जबरजस्ती गरिने विवाह रोकथाम र प्रतिक्रिया (Prevent and Respond to Child, Early and Forced Marriage-CEFM) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरीकबाट यो सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-data) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा ईमेल मार्फत आवेदन आह्वान गरिन्छ ।

१. पद: वित्त तथा प्रशासन सहायक (CEFM कार्यक्रम) – १ जना (विज्ञापन नं: ३०–०८०/०८१)

  • व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन विषयमा प्रविनता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको । (स्नातक लाई ग्रहयता दिईने)
  • लेखा, वित्त, प्रशासन तथा खरिद-आपुर्ति व्यवस्थापन क्षेत्रमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको ।
  • नेपाल सरकारको आर्थिक नियमावली र चल-अचल सम्पत्ति व्यवस्थापन सम्बन्धी ज्ञान भएको ।
  • कम्प्युटर सम्बन्धी व्यवहारिक ज्ञान तथा बजेट निर्माण र बजेट ट्रयाकिङ्ग गर्न सक्ने दक्षता भएको ।

नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत:अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

दरखास्त दिने अन्तिम मिति: २०८१।१।१२ गते साँझ ५:०० बजे सम्म ।

आवेदनका लागि: रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर–२, महोतरी

Email: vacancyryc@gmail.com

Overview

Category Development and Project, Finance & Administration, Business Administration
Openings 1
Position Type Full Time
Experience 2 Years
Education B. Com./BBS, BBA / BBM, Bachelors’ degree in Business Administration or any relevant field.
Posted Date 19 Apr, 2024
Apply Before 24 Apr, 2024
City Mahottari