दरखास्त आह्वान: युवा महिला मानवअधिकार रक्षकका लागि मेन्टरशिप कार्यक्रम
Details / requirements:
दरखास्त आह्वान: युवा महिला मानवअधिकार रक्षकका लागि मेन्टरशिप कार्यक्रम
(कैलाली, कञ्चनपुर र सुर्खेत)
तपाईं कञ्चनपुर, कैलाली वा सुर्खेत जिल्लामा सामुदाय स्तरमा कार्यरत युवा महिला मानवअधिकार रक्षक हुनुहुन्छ ? तपाईं आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउने अठोटका साथ मानवअधिकारको क्षेत्रमा समर्पित हुनुहुन्छ ? हो भने, हामी तपाईंलाई युवा महिला मानवअधिकार रक्षकहरूका लागि विशेष मेन्टरशिप कार्यक्रममा सहभागी हुन आमन्त्रण गर्दछौं । यस कार्यक्रमले अनुभवी मानवअधिकार रक्षकमार्फत तपाईंको नेतृत्व क्षमताको सुदृढीकरण, सीप अभिवृद्धि र तपाईंले गरिरहेको काममा सहयोग पुऱ्याउने उद्देश्य राखेको छ ।
मेन्टरशिप कार्यक्रमको अवधि १२ महिनाको हुनेछ ।
हामी कस्तो व्यक्ति खोजिरहेका छौं ?
हामी विभिन्न पृष्ठभूमि, अनुभव र कार्यक्षेत्रका १२ जना मेन्टीहरू (कैलालीमा ४, कञ्चनपुरमा ४, र सुर्खेतमा ४) को खोजीमा छौं, जो:
- मानवअधिकार तथा सामाजिक न्यायप्रति उत्साही छन्
- सामुदायिक काममा सक्रिय छन्
- सिक्न, विचारविमर्श गर्न र सिकाइ साझा गर्न इच्छुक छन्
- सामूहिक विकास र एक्यबद्धतामा विश्वास राख्छन्
तपाईंले यस कार्यक्रममा सहभागी भएर के प्राप्त गर्नुहुनेछ ?
- अनुभवी मानवअधिकार रक्षकबाट सिकाइको अवसर
- तपाईंको दृष्टिकोण, चुनौती र रणनीतिहरूका विषयमा छलफल गर्न नियमित बैठकमा सहभागिता
- समकक्षीहरूसँगको अन्तर्क्रिया तथा अन्य महिला मानवअधिकार रक्षकहरूसँगको संवादमार्फत सिकाइ
- विज्ञहरू र मानवअधिकार सञ्जालहरूसँग जोडिने अवसर
- निरन्तर सहभागिताका लागि मासिक यातायात र सञ्चार खर्च व्यवस्था
सहभागिताका लागि योग्यताहरू
- उमेर १८ देखि ३५ वर्षसम्मको हुनुपर्ने
- महिला हुनुपर्ने
- कञ्चनपुर, कैलाली वा सुर्खेत जिल्लालाई कार्यक्षेत्र बनाउनुपर्ने
- महिलासम्बन्धी मुद्दामा केन्द्रित भई समुदाय स्तरको मानवअधिकार कार्यमा संलग्न हुनुपर्ने
- मानवअधिकार कार्यमार्फत सकारात्मक परिवर्तन ल्याउनका लागि यस कार्यक्रमले तपाईंको उत्प्रेरणा, जीवन अनुभव र समर्पणको उच्च मूल्याङ्कन गर्नेछ ।
आवेदन दिने तरिका
आवेदन दिने अन्तिम मिति २०८२ जेठ ६ गते (२० मे २०२५) भित्र देहायका कागजातहरू info@advocacyforum.org मा पठाउनुहोस्:
- तपाईंले गरिरहेको कार्य, यस कार्यक्रममा सहभागी हुनका लागि उत्प्रेरित गर्ने कारण सहितको एक पानाको विवरण (मोटिभेशन लेटर)
- व्यक्तिगत विवरण (बायोडेटा) वा आफूले अहिलेसम्म हासिल गरेको अनुभवको सारांश
थप जानकारीका लागि सम्पर्क:
कैलाली: पुष्प विक्रम शाही – ९८४१८३५२६०
कञ्चनपुर: वीर बहादुर बिष्ट – ९८४८७२७००३
सुर्खेत: राजेन्द्र भारती – ९८४८०२०९२६
हामी सबैखाले पृष्ठभूमिका महिला मानवअधिकार रक्षकहरूलाई यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन अनुरोध गर्दछौं । ऐतिहासिक रूपमा सीमान्तीकृत वा प्रतिनिधित्वविहीन समुदायका व्यक्तिलाई आवेदन दिनका लागि विशेष रूपमा उत्प्रेरित गर्दछौं ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 13 May, 2025 |
Apply Before | 20 May, 2025 |
City | Surkhet, Kailali, Kanchanpur |