दरभाउपत्र सम्बन्धी सूचना

Dalit Help Society

Details / requirements:

दलित सहयोग समाज

Dalit Help Society (DHS)

जयपृथ्वी न.पा.१० चैनपुर, बझाङ्ग

पुन प्रकाशित सूचना 


मितिः २०८३/०२/१८

बिषय:  दरभाउपत्र सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा दलित सहयोग समाजद्वारा संचालित एकिकृत परियोजना अन्तर्गत विभिन्न प्ररकारका वस्तुहरू खरिद गर्नु पर्ने भएकाले Annex 1 अनुसारको वस्तुहरूको दरभाउपत्र माग गरीएको छ । संस्थामा कोटेशनको समयावधि भित्र पेश भएका दरभाउपत्र मध्ये तपसिल अनुसार (मापदण्ड) पुगेका विक्रेता तथा सप्लायर्सलाई १ बर्ष सम्मको लामो सम्झौताका लागि छनौट गरिने जानकारी गराउँदै यसै पत्रसाथ उपलब्ध ढाँचा (Annex 1) मा उल्लेख भए अनुसारको दरभाउ पत्र (कोटेशन) उपलब्ध गराई सहयोग गरिदिनहुन अनुरोध गरिन्छ । 

विक्रेता तथा सप्लायर्स छनौटका मापदण्डहरू

  • उपयुक्त दररेट ।
  • वस्तु तथा सेवाको गुणस्तर, वस्तु तथा सेवाको उपलब्धता ।
  • वस्तु तथा सेवा उपलब्ध गराउन सक्ने समयावधि ।
  • वस्तु तथा सेवा खरीद पछिको सेवा ।
  • बिक्रि पछिको सेवा ।
  • वल्र्ड भिजन इन्टरनेशनल नेपालको आपूर्तिकता आचारसंहितमा हस्ताक्षर तथा फर्मको छाप लगाएको हुनु पर्ने ।
  • आपूर्तिकर्ताले गैर कानुनी काम संलग्न नभएको तथा कालो सूचिमा नपरेका स्वघोषण पत्र बुझाउनु पर्ने ।

पालना गर्नु पर्ने सर्तहरू:

  • दर रेट प्रष्ट बुझिने गरी दरभाउपत्रलाई सिलबन्दि पेश गर्नुपर्नेछ अन्यथा खरिद समिति जवादेहि हुने छैन ।
  • कोटेशनमा मिति उल्लेख गरीएको हुनुपर्नेछ ।
  • मिति (समयावधि) नाघेका कोटेशनलाई समावेश गराईने छैन । 
  • कोटेशनमा प्रष्ट रुपमा बुझिने गरी आधिकारीक व्यक्तिको नाम र हस्ताक्षर साथै फर्मको छाप लगाएको हुनुपर्नेछ ।
  • फर्मको VAT/PAN  दर्ता , करचुक्ता प्रमाणपत्र २०८२।०८३ र कम्पनिरफर्म रजिस्टर भएको प्रमाणपत्र तथा नविकरण गरिएको फोटोकपी कोटेशन संगै बुझाउनु पर्ने छ ।
  • दरभाउपत्र मिति २०८३/०२/१८ गते देखि २०८३/०२/२४ गते दिउँसो ५ बजे भित्र दलित सहयोग समाज को कार्यालयमा बुझाउनु पर्ने छ । दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेको खण्डमा सो को भोलिपल्ट दरभाउ पत्र बुझाउन सकिनेछ ।
  • सामाग्रिको गुणस्तरमा फरक परेको वा कम णुस्तरको सामाग्रिहरू उपलब्ध गराएको खण्डमा आफूर्तिकर्ता स्वयम जवाफदेहि हुनेछ ।
  • संस्थाले  भुक्तानि गर्दा सामान प्राप्त भएको १५ दिन भित्रमा एकाउन्ट पेयी चेकबाट मात्र भुक्तानि गरिनेछ ।
  • सामग्रिहरुको सुरक्षाको जवाफदेहि दलित सहयोग समाजले प्राप्त नगरेसम्म बिक्रेता स्वयम रहनेछ ।
  • नेपाल सरकारको नियमअनुसार लाग्ने कर कट्टी गरिनेछ ।
  • फरक फरक प्रकृतिको सामाग्रिहरूको दरभाउ पत्र छुट्टा छुट्टै पेश र्गनु पर्नेछ ।   
  • थप जानकारीका लागि ०९२४२१३६७ मा सम्पर्क गर्न सकिनेछ ।

Link: RFQ Hardware

नोट: कोटेशन बुझाउने अन्तिम दिन सार्वजकि विदा परेको खण्डमा सो को भोली पल्ट कार्यालय समय भित्र बुझाउन सकिनेछ । साथै कोटेशन वल्डभिजन इन्टरनेशनल नेपाल धनगढी, कैलाली र दलित सहयोग समाज चैनपूर, बझाङमा बुझाउन सकिनेछ ।

खरीद समिती

दलित सहयोग समाज

चैनपूर, बझाङ्ग 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 01 Jun, 2026
Apply Before 07 Jun, 2026
City Chainpur, Bajhang