दरभाउ पत्र तथा मौजुदा सुचिमा सुचिकृत हुने सम्बन्धी सार्वजनीक सूचना
Details / requirements:
सपोर्ट नेपाल, जनकपुरधाम (धनुषा)
दरभाउ पत्र तथा मौजुदा सुचिमा सुचिकृत हुने सम्बन्धी सार्वजनीक सूचना
प्रथम पटक प्रकासित मिति: २०८३।०४।२५
यस सपोर्ट नेपाल, जनकपुरधाम(धनुषा) लाई चालु आ.ब. २०८३/०८४ का लागि लागि आवश्यक पर्ने तपसिलमा उल्लेखित वस्तु तथा सेवाहरू एकै पटक वा पटक–पटक गरी आपूर्ति प्रवाह गर्ने प्रयोजनका लागि सम्बन्धित विषयको कारोवार गर्न स्वीकृति प्राप्त गरेका इच्छुक व्यक्ति, रजिष्टर्ड फर्म र कम्पनीहरूलाई सूचि दर्ता गराउनु पर्ने भएकोले आफुले आपूर्ति र प्रवाह गर्ने वस्तु तथा सेवाहरूको स्पष्ट विवरण, कम्पनी र फर्म दर्ता प्रमाण–पत्र, करचुक्ताको प्रमाण पत्रको प्रतिलिपि, आफ्नो ठेगाना, सम्पर्क नम्बर राखि अन्य आवश्यक कागजात तथा कार्य अनुभव सहित निवेदन संलग्न गरी यस कार्यालयमा सुचिकृत हुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको मितिले सात दिन मिति २०८३।०५।०१ गते तदानुसार १८ अगस्त, २०२६ भित्रमा सुचिकृत तथा शिलबन्दी दरभाउ पेश गर्न हुन आउनका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
मौजुदा सूचिको मान्य अवधि आ.ब. २०८३/०८४ को लागि मात्र रहनेछ भने उक्त सूचिमा समाबेश गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
तपशिल
१) परामर्शदाता, अनुसन्धान, इन्जिनियरिङ्ग ,कन्सलटेन्सी, प्रशिक्षक, अनुवादकर्ता, स्टोरी तथा भिडियो डकुमेन्ट्री र अनुसन्धानकर्ता सम्बन्धी कार्यहरू ।
२) लेखा परीक्षण सम्बन्धी कार्यहरू ।
३) सवारी साधन सम्बन्धि सेवा कार्य ।
४) कार्यालय मसलन्द/स्टेशनरी तथा खेलकुद सामाग्री आपूर्ति सम्बन्धी कार्य ।
५) छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू ।
६) कृषि औजार, बिउ बिजन, मल किटनाशक सामाग्री आपूर्ति सम्बन्धी कार्य
७) पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसारण गर्ने र कुरियर सेवा एफ.एम.रेडीयो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण गर्ने कार्य ।
८) मोटरसाईकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य, कम्प्युटर, ल्यापटप, फोटोकपी एवं ईलेक्ट्रोनिक्स सम्बन्धि सामानहरूको आपूर्ति तथा मर्मत सम्भार सम्बन्धी सम्पूर्ण कार्य ।
९) फर्निचर र फिक्चर्स, काठ,फलाम,एल्युमिनियम सामाग्रीहरू आपूर्ति र मर्मत सम्भार सम्बन्धी कार्य ।
१०) तालिम,बैठक तथा गोष्ठी सञ्चालनका लागि खाना ,अवास सहितको तालिम कक्ष भएको होटलहरू र होटल सम्बन्धि सेवाहरुसमुदायमा खाना खाजा खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने होटलहरू ।
११) उद्यमशीलता तथा सीपमुलक तालिम सम्बन्धि तालिम प्रदान गर्ने सेवाप्रदायकहरू ।
१२) स्कुल पोशाक, ब्याग, कम्बल, त्रिपाल तथा कीटनाशक झुल हाइजिन किट लगायत घरायसी प्रयोगमा आउने सामाग्रिहरु आदि आपूर्ति गर्ने कार्य ।
१३) विपद् जोखिम न्यूनीकरण DRR सम्बन्धी आपतकालीन तथा राहत सामाग्री आपूर्ति गर्ने कार्य ।
१४) किराना, सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुत्ता, भाडा वर्तन लगायत अन्य सामाग्रीहरू आपूर्ति गर्ने कार्य ।
१५) ईमेल, इन्टरनेट, क्लाउड स्पेश, नेटवर्किङ्ग सेवा, भुक्तानी प्रदायक सेवा सम्बन्धी कार्यहरू ।
१६) विविध सामाग्रीको आपूर्ति गर्ने
निवेदन साथ पेश गनुपर्ने कागजातहरू
- मौजूदा सूचीमा दर्ता हुनको लागि दिइने निवेदनको फारम
- फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको नविकरण प्रतिलिपी
- स्थाई लेखा नम्बर प्यान वा मुल्य अभिवृद्धि कर भ्याट दर्ता प्रमाण पत्र
- आ.व. २०८१।८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
- प्रो.प्राईटरको नागरिकताको प्रमाण-पत्र
- कालो सूचीमा नपरेको स्व-घोषणा पत्र
निवेदन पेश गर्ने प्रक्रिया
१.मौजुदा सुचिमा सुचिकृत गर्न ईमेल वा हार्डकपी सपोर्ट नेपाल, जनकपुरधाम वा काठमाण्डौको कार्यालयमा बुझाउनु पर्नेछ ।
२. शिलबन्दी दरभाउ पत्र हार्डकपी सपोर्ट नेपाल, जनकपुरधाम बुझाउनु पर्ने छ
३. इमेल: procurement.supnepal@gmail.com
Links:
RFQ-02-2083.84 Detail Quotation Form Hotel Services
RFQ-03-2083.84 Detail Quotation Form Vehicle Services
RFQ-04-2083.84 Detail Quotation Form Stationary Supplies
RFQ-05-2083.84 Detail Quotation Form Print Supplies
Annex-Supplier Code of Conduct-Support Nepal
Supplier Registration Form-Support Nepal
नोटः आवश्यक पर्ने फारम तथा कोटेशन तलको लिंकबाट प्राप्त गर्न सकिनेछ।
सपोर्ट नेपाल, जनकपुरधाम
जनकपुर उप महानगरपालिका ०४, धनुषा
फोन नं. ०४१-५२७२०४ / ०१-४२१०८०
मधेश प्रदेश, नेपाल
विश्वकर्मा चौक,न्यू भिजन स्कूल नजिक
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 10 Aug, 2026 |
| Apply Before | 18 Aug, 2026 |
| City | Dhanusha |