दरभाउँ पत्र आह्वानको सुचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोतरी

दरभाउँ पत्र आह्वानको सुचना

प्रथम पटक सूचना प्रकाशित मिति २०८२।१०।२३

दलित समाज उत्थान समिति नेपाल (DSWCN), सञ्चालित Sponsorship  परियोजना अन्तर्गत किताब तथा अन्य समाग्रीहरूको छपाई गर्नु पर्ने भएकोले सोको लागी सम्बन्धित सप्लायर्स तथा आपुर्तिकर्ता प्रकाशित मिति बाट ७ दिन भित्र कार्यलयबाट दर भउ पत्र लिई आवेदन पेश गर्न आह्वान गरिन्छ ।

 क्र.सं.
दरभाउँ पत्र नं.
विवरण
थप जानकारी

०३/२०८२/८३
किता तथा अन्य समाग्रीहरू
तल दिईएको फोन नम्बरमा समपर्क गर्न सकिनेछ ।

१. ईच्छुक र इजाजत प्राप्त आपुर्तीकर्ता/ विक्रेताले तल राखिएको लिंक मार्फत डाउनलोड गरी दरभाउँपत्र सम्बन्धी फारम प्राप्त गर्न सकिनेछ ।

२. यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रितपूर्वक भरिे दरभाउँपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रूपमा लगाई लाहा छापबाट शिलबन्दी गरी संस्थाको शाखा कार्यलय जलेश्वर–१ नगरपालिका देखी बर्दीवास जाने रोड तथा संस्थाको मुख्य कार्यलय जनकपुर ४, विशवकर्मा चौकमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी तथा तल उल्लेखित ईमेल मार्फत मिति २०८२/१०/२९ गते साँझ ५ बजे भित्र बुझाउन सकिनेछ । 

३. दरभाउँपत्र मिति २०८२/११/०१  गते दिउँसो २ बजे देखि सम्पुर्ण आपूर्तिकर्ताको भौतिक उपस्तिथिमा यस संस्थाको शाखा कार्यालय जलेश्वर–१ नगरपालिका देखी बर्दीवास जाने रोड, महोतरीमा खोलिने छ । आपूर्तिकर्ताको भौतिक उपस्तिथि नभएको खण्डमा पनि प्राप्त भएका दरभाउँपत्र खोल्निेछ । 

४. दरभाउँपत्र फारम प्राप्त गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी दरभाउँपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ ।

५. दरभाउँपत्र सँग सम्बन्धीत थप अन्य कुनै जानकारी तथा सुचना आवश्यक भएमा यस संस्थाको कार्यालयबाट पनि उक्त जानकारी तथा सुचनाहरू प्राप्त गर्न सकिनेछ ।

६. दरभाउँपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस दलित समाज उत्थान समिति नेपाल महोतरीको खरिद समितिमा निहित रहने छ ।

७. रितपूर्वक नभरी दरभाउँपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको दरभाउँपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरूलाई स्वतः रद्द भएको मानिनेछ ।

८. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०५८ तथा नेपाल सरकारको प्रचलित बिद्यमान कानून बमोजिम हुनेछ ।

Links:

Supplliers_Code of Conducts

Printing RFQ

दलित समाज उत्थान समिति नेपाल (DSWCN)   

जलेशवर–१ नगरपालिका देखी बर्दीवास रोड, महोतरी, मधेश प्रदेश

फोन.नं.: ९८४५३८०३४९

Email.: dswcn.procurement@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 Feb, 2026
Apply Before 12 Feb, 2026
City Mahottari