दरभाउ पत्र आह्वान सम्बन्धी सूचना
Community Rural Development Society (CRDS) Nepal is a not profit organization. It was established in 2049 .B.S. as a Non-Governmental Organization in Darchula district. This organization works throughout Darchula district and covers programs like Early Grade Reading, TROSA, SUAAHARA and Integrated Community Development Project. Our donors include WFP, WEI, OXFAM, HKI, and GNI Nepal.
Details / requirements:
दरभाउ पत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०८३।०७।२०
दरभाउ पत्र पेस गर्ने अन्तिम मिति: २०८३/०७/२६ (बेलुका ५:०० बजेभित्र)
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं समुदाय ग्रामीण विकास समाज नेपाल (CRDS Nepal), दार्चुलाको सहजीकरणमा सञ्चालित 'अवसर परियोजना' अन्तर्गत "पढ्दै कमाउँदै" कार्यक्रमका लागि स्पोन्सर, नन-स्पोन्सर बालबालिका तथा अभिभावकहरूको सीपमूलक तालिम, क्षमता विकास एवं आवश्यक औजार उपकरणहरूको व्यवस्थापन गर्नुपर्ने भएकोले, प्रचलित कानुन बमोजिम दर्ता भएका योग्य तथा सूचीकृत फर्म, कम्पनी, संस्था वा इच्छुक विज्ञ व्यक्तिहरूबाट देहायका शीर्षकहरूमा न्यूनतम दर रेटसहितको सिलबन्दी दरभाउ पत्र आह्वान गरिन्छ ।
१. खरिद गर्नुपर्ने सामग्री तथा सेवाहरूको विवरण:
- हातेहोजियारी मेसिन तथा आवश्यक सामग्री खरिद सम्बन्धी विवरण
- तालिम सहजीकरण तथा प्राविधिक सेवा सहजकर्ता
- मिनिटिलर मर्मतका लागि आवश्यक स्पेयरपार्ट्स तथा सामग्रीहरू
२. दरभाउ पत्रसँग अनिवार्य संलग्न गर्नुपर्ने कागजातहरू:
- फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- आ.व. २०८१/०८२ वा हालसम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
- व्यक्तिगत रूपमा सहजकर्ताको रूपमा आवेदन दिने भएमा नागरिकताको प्रतिलिपि र अद्यावधिक बायोडाटा (CV) ।
- निवेदन र दर रेट स्पष्ट रूपमा भरिएको फारम ।
३. नियम तथा सर्तहरू:
- दर रेट भर्दा अंक र अक्षर दुवैमा स्पष्ट रूपमा लेखिएको हुनुपर्नेछ ।
- पेस गरिएको दर रेटमा नियमानुसार लाग्ने सबै करहरू (VAT/Taxes) समावेश भए/नभएको स्पष्ट रूपमा खुलाउनुपर्नेछ ।
- यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (अर्थात् २०८३ कार्तिक २६ गते बेलुका ५:०० बजेभित्र) संस्थाको केन्द्रीय कार्यालय महाकाली नगरपालिका वडा नं. ५, गल्फै, दार्चुलामा वा संस्थाको इमेल crdsprocurement@gmail.com मार्फत सिलबन्दी दरभाउ पत्र दर्ता गराउनुपर्नेछ ।
- तोकिएको समयसीमा नाघि प्राप्त भएका दरभाउ पत्रहरू उपर कुनै कारबाही चलाइने छैन र रद्द गरिनेछ ।
- दरभाउ पत्र स्वीकृत गर्ने, आंशिक वा पूर्ण रूपमा खरिद गर्ने तथा रद्द गर्ने सम्पूर्ण अधिकार यसै संस्थामा निहित रहनेछ ।
- दरभाउ पत्र सम्बन्धी थप अन्य जानकारीका लागि कार्यालय समयभित्र संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
LINKS:
1.Annex_1 होजियारी मेसिन आवश्यक सामग्री माग फारम
3. Annex_3 हातेहोजियारी मेसिन तथा आवश्यक सामग्री खरिद माग फारम
थप जानकारीका लागि
सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुला
खरिद समिति
फोन नं.: ०९३४२००६१ मो नं. ९८४८७४२६२१
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 06 Nov, 2026 |
| Apply Before | 12 Nov, 2026 |
| City | Darchula |