दरभाउ (कोटेशन) पेश गर्ने सम्बन्धमा
Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.
Details / requirements:
सुचना !! सुचना !! सुचना !!
जो जस संग सम्बन्धित छ ।
दरभाउ (कोटेशन) पेश गर्ने सम्बन्धमा ।
(प्रथम पटक प्रकाशित मिति: २०८३/०१/०८)
उपरोक्त सम्बन्धमा यस ‘विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)’, ‘कालिका स्वावलम्बन सामाजिक केन्द्र’, र वेल्टहन्गरहिल्फे (WHH) को संयुक्त साझेदारीमा सञ्चालित “सुधारिएको खाद्य प्रणाली र समान जीविकोपार्जनका अवसरहरू प्रवद्र्धनका लागि नागरिक समाज (NPL 1083-22)” परियोजना अन्तर्गत कपिलवस्तु जिल्लाको शुद्धोधन, मायादेवी र यसोधरा गाउँपालिकाको २२ वटा स्यालो बोरिङ् जडान गरीएको स्थानमा स्यालो बोरिङ् घर निमार्ण गर्नुपर्ने भएकोले PAN/VAT मा दर्ता भएका ईच्छुक निमार्ण व्यवसायबाट रीतपूर्वक कोटेशन आह्वान गरिन्छ । यो सूचना प्रकाशन भएको मितिले १० दिन भित्र अर्थात् मिति २०८३/०१/१७ गते तदानुसार ३० अर्पिल २०२६ बेलुका ३:०० बजेभित्र फरवार्ड नेपालको परियोजना कार्यालय कपिलवस्तु न.पा. ३, तौलिहवा वा केन्द्रीय कार्यालयमा कोटेशन पठाउनु हुन अनुरोध छ । कोटेशनको लागि फाराम तथा कोटेशन सम्बन्धि थप जानकारीका लागि मिति २०८३ वैशाख १६ गते (बेलुका २:०० बजे) भित्र फरवार्ड नेपालको परियोजना कार्यालय तौलिहवा वा संस्थाको info@forwardnepal.org मा ईमेल गरि माग गर्न सकिनेछ ।
(फरवार्ड नेपाल र परियोजना कार्यलय आईतबार पनि खुल्ला रहनेछ । )
नोट : कोटेशन निम्न शर्तहरूको आधारमा उपलब्ध गराउनु पर्नेछ ।
- निमार्ण व्यवसायिले सो सामग्रीहरु के–कति दर/रेटमा दिन सकिन्छ सोको मूल्य/दरभाउ उल्लेख यसैसाथ संलग्न दरभाउ सूची (Price schedule) मा उल्लेख गरी र मात्रा विवरण (Annex 1) र बोरिङ् घरको बनावट (Annex 2) अनुसार सिलबन्दी खाममा फरवार्ड नेपालको परियोजना कार्यालय वा केन्दीय कार्यालयमा पठाउनु पर्नेछ ।
- कोटेशनमा उल्लेखित कुनै कुरा स्पष्ट नभएमा शाखा कार्यालय कपिलवस्तु न.पा. ३, तौलिहवा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
- निमार्ण व्यवसायिले कोटेशन कबुल गरेको दररेट परिवर्तन गर्ने सम्बन्धमा कुनै सर्त राख्न पाइने छैन ।
- अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्य उल्लेख गर्ने आपुर्तिकर्ताहरू स्वतः अयोग्य हुनेछन् ।
- निमार्ण व्यवसायिले फर्म दर्ता प्रमाणपत्र, PAN/VAT दर्ताको प्रमाणपत्र, आ.व. २०८१/८२ को कर चुक्ताको प्रमाणपत्र वा म्यादथपको फोटोकपि र निमार्ण व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने अन्य कागजातहरूको फोटोकपि पनि कोटेशनसँगै संलग्न गरी पेश गर्नु पर्नेछ ।
- छनौट भएको निमार्ण व्यवसायिले प्रदान गर्ने सामग्रीको गुणस्तर ठीक नभएमा खरिदकर्ताले सम्झौता रद्द गर्न सक्नेछ ।
- आपूर्ति भई आएका सामग्रीको गुणस्तर चेकजाँच गरी सक्कल बिलको भुक्तानी बैंक मार्फत गर्नेछ ।
- उक्त निमार्ण सामग्रीहरू परियोजनाले स्यालो बोरिङ् जडान गरीएको स्थान सम्म ढुवानी गरी स्यालो बोरिङ् घर निमार्ण गर्नुपर्ने छ ।
- कोटेशन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस फरवार्ड नेपालमा सुरक्षित रहनेछ ।
बोलपत्रको लागि आवश्यक सामग्रीहरूको विवरण, फाराम तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा वेबसाईट https://forwardnepal.org/announcements मा हेर्न सकिनेछ ।
फरवार्ड नेपाल
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 21 Apr, 2026 |
| Apply Before | 30 Apr, 2026 |
| City | Chitwan |