प्राविधिक सहायक - Technical Assistant (Livestock)
Details / requirements:
सामुदायिक विकास समाज
मन्थली, रामेछाप
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८०।०३।०६
सामुदायिक विकास समाजको स्थापना २०५८ साल असोज ०८ गते सामुदायिक विकास तथा सशक्तीकरणको क्षेत्रमा क्रियाशिल, प्रतिवद्ध, उर्जाशिल यूवाहरुद्धारा तत्कालिन समाजमा विद्याममान सामाजिक-आर्थिक असमानताहरु अन्त्यका गरि सामाजिक न्याय तथा समनताको लागि संस्थागत रुपमा प्रयत्न गर्ने सोचका साथ “आत्मनिर्भर, स्वस्थ्य र समतामुलक समाज” को परिकल्पना सहित स्थापना गरिएको हो ।
भौगोलिक हिसाबले रामेछाप र आसपासका जिल्लाहरु र विषयगत क्षेत्रको हिसावले जीविकोपार्जन, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, वातावरण संरक्षण, महिला सशक्तिकरण, शान्ति तथा सुशासनको क्षेत्रमा काम गर्दै आइरहेको यस संस्थाले जर्मन संघीय आर्थिक सहायता तथा विकास मन्त्रालय (BMZ) चाइल्ड एड नेटवर्क (CAN) जर्मनी आर्थिक सहयोगमा रामेछाप जिल्लाको खाँडादेवी, सुनापति र दोरम्वा गाँउपालिकाका यूवाहरुलाई मागमा आधारित व्यवसायिक सीप तथा प्राविधिक तालिम प्रदान गरि उद्यमशिलता प्रवर्द्धन मार्फत स्वरोजगार वा रोजगार सृजना गर्ने उद्धेश्यले सेप्टेम्वर २०२२ देखि डिसेम्वर २०२५ सम्म संचालनमा रहने “व्यवासायिक सीप तथा प्राविधक तालिम मार्फत यूवा सशक्तिकरण तथा उद्यमशिलता विकासका परियोजना” का लागि स्वःप्रेरित, सृजनशिल, लक्षित समुदायको सेवाका लागि प्रतिवद्ध र तपशिल वमोजिम योग्यता तथा अनुभव भएको प्राविधिक सहायक Technical Assistant (Livestock) आवश्यक परेको हुनाले यो सूचना प्रकाशित गरिएको छ ।
१. पद: प्राविधिक सहायक - Technical Assistant (Livestock)
२. शैक्षिक योग्यता तथा अनुभव:
- मान्यता प्राप्त शैक्षिक संस्था बाट जेटि/जेटिए (पशुपालन) बिषय उत्तिर्ण गरि योग्य भइ सम्वन्धित क्षेत्रको ३-५ वर्षको काम गरेको अनुभव भएको ।
- कृषि तथा पुशपालन सम्बन्धी आधारभूत तालिम संचालन गर्ने ज्ञान सीप क्षमता भएको
- व्यवासयिक सीप तथा प्राविधिक तालिम प्रदान गर्न सक्ने ज्ञान सीप क्षमता क्षमता भएको ।
- उद्यम तथा उद्यमशिलता सीप विकास तथा रोजगारी सिर्जना सम्बन्धी ज्ञान भएको ।
- दुई पांग्रे सवारी चालक अनुमती पत्र प्राप्त गरि सवारी साधन चलाउन सक्ने क्षमता भएको ।
३. सेवा अवधि: निश्चित सेवा करार
४. कार्यक्षेत्र: परियोजना कार्यान्वयन भएको स्थान
५. सेवा सुबिधा: संस्थाको नियमानुसार
६. मुख्य जिम्वेवारीहरु:
- तोकिएको कार्यक्षेत्रमा परियोजनाको उद्धेश्य, कार्य प्रक्रिया लगायत परियोजनाको बारेमा बुझाउने साथै आवश्यक सहयोग तथा समन्वय कायम गर्ने ।
- संचालन हुने कृषि तथा पशुपालन तालिमको बारेमा आवश्यक सूचना दिने, माग सृजना गर्न, तालिम आवश्यकताको पहिचान, तालिमका सहभागिहरु छनौट लगायत संचालन हुने तालिमको व्यवस्थापनमा आवश्यक सहयोग पुऱ्याउने ।
- अगुवा कृषकहरुको छनौट, नियमित मासिक बैठकहरु संचालन, परिचालन गर्ने तथा अगुवा कृषकलाई आवश्यक प्राविधिक सहयोग गर्ने ।
- कृषकहरुको व्यवसायिक क्षमता विकास सम्बन्धी तालिमहरु संचालनका लागि आवश्यक सहयोग पुऱ्याउने
- मासिक त्रैमासिक प्रतिवेदन तयार पारी परियोजना संयोजक लाइ नियमित रुपमा पेश गर्ने ।
- परियोजना फोकल पर्सन / परियोजना संयोजकको निकटमा रही अन्य कार्यहरु गर्ने ।
७. आवेदन दिने प्रक्रिया
- योग्य तथा ईच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो आवेदनको साथमा नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, अनुभव खुल्ने कागजातहरु र व्यक्तिगत विवरण (Bio-Data) सहित १३ असार २०८० अर्थात (२८ जुन २०२३) सम्म कार्यालय समय (साझ ५:०० वजे) सम्म आइपुग्ने गरि cdsvacancy@gmail.com मा इमेल मार्फत वा संस्थाको मन्थली नगरपालिका वडा नं.-१ रेडक्रस वजार, रामेछाप स्थित कार्यालयमा स्वयम् उपस्थित भइ पेश गर्न सकिनेछ ।
- लिखित तथा अन्तरवार्ताका लागि प्रारम्भिक छनौट सूचीमा परेका आवेदकलाई मात्र सहभागि गराइने छ साथै लिखित र अन्तरवार्ताको समय र स्थान बारे फोन तथा ईमेल मार्फत जनकारी गराइनेछ ।
नोट: सामुदायिक विकास समाज विविधता, समावेशिता र समनतामा विश्वास गर्ने भएकोले महिला, दलित, मधेशी तथा सिमान्तकृत आदिवासी जनजातिहरुलाई आवेदनका लागि उत्प्रेरित गर्न चाहान्छ ।
सामुदायिक विकास समाज
कर्मचारी छनौट समिति
मन्थली नगरपालिका वडा नं.-१ रेडक्रस बजार
E-mail: cdsvacancy@gmail.com
फोन नं ०४८-५४००५४, ०४८-५४०३३०
Overview
| Category | Agriculture + Livestock, Technical, Development Project |
| Openings | 1 |
| Position Type | Full Time |
| Position Level | Junior Level |
| Experience | 3+ years |
| Education | JT / JTA |
| Posted Date | 22 Jun, 2023 |
| Apply Before | 28 Jun, 2023 |
| City | Manthali, Ramechhap |