टेन्डर आह्वान सम्बन्धि सूचना
Details / requirements:
समाज जागरण केन्द्र (स्याक) नेपाल
केन्द्रिय कार्यालय कर्णाली प्रदेश सुर्खेत
टेन्डर आह्वान सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशित मितिः २०८०।०८।१८ गते
यस कार्यालयको खरिद उप-समितिको मिति २०८०।०८।१६ गतेको बैठकको निर्णय अनुसार Plan International Nepal सँगको साझेदारीमा जाजरकोट र रुकुम जिल्लामा सञ्चालित भुकम्प प्रतिकार्य तथा सहयोग कार्यक्रमका लागि तपसिल अनुसार (अनुमानित परिमाण) का सामग्रीहरू खरिद गर्नु पर्ने भएकाले । देहाय बमोजिमका शर्त र वन्देजको अधिनमा रहि टेन्डर आह्वान भएको मितिले १५ दिनसम्म यस कार्यालयले उपलब्ध गराएको टेन्डर फाराम संकलन गरी सो टेण्डर फाराम भरी सोको भोलि पल्ट दिनको १२:०० बजे भित्र यस कार्यालयमा दर्ता गराउनु हुन सम्बन्धित इच्छुक योग्य आपूर्तिकर्ताहरूका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
S.No | Items Description | Unit | Estimated Quantity Required | Estimated Revised Quantity |
1 | NFI (Life Saving) | Kits/Set | 250 | 125 |
2 | Kitchen Kit | Kits/Set | 250 | 125 |
3 | Hygiene Kit | Kits/Set | 750 | 280 |
4 | Dignity Kit | Kits/Set | 980 | 230 |
5 | Education Kit | Kits/Set | 100 | 100 |
6 | Winterization Kit | Kits/Set | 1150 | हाल स्थगन गरिएको |
१. जिल्ला भन्दा बाहिर रहेका इच्छुक सम्बन्धित अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरू कार्यालयमा आइ टेन्डर फाराम प्राप्त गर्न सम्भव नभएको खण्डमा आफ्नो फर्मको लेटरप्याडमा लिखित रुपमा टेन्डर फाराम माग गरि हाम्रो Email Address: vacancysac1995@gmail.com मा पत्राचार गरेमा सम्बन्धित सेवाप्रदायकलाइ Email मार्फत टेन्डर फाराम उपलब्ध गराउन सकिने छ ।
२. टेन्डर फाराम वितरण गरिने अन्तिम म्याद २०८० पौष ०२ गते कार्यालय समय भित्र ।
३. टेन्डर फाराम बुझाउने अन्तिम म्याद २०८० पौष ३ गते दिनको १२:०० बजे सम्म ।
४. प्राप्त भएका टेन्डर फारामहरू २०८० पौष ३ गते दिनको २:०० बजे सस्थाको केन्द्रिय कार्यालय वीरेन्द्रनगर १२ सुर्खेतमा सम्बन्धित आपूर्तिकर्ताहरूको रोहवरमा खोलिने छ यद्यपि आपूर्तिकर्ताहरू उपस्थित नभएमा पनि टेन्डर फाराम खोल्न कुनै वाध पर्ने छैन ।
५. टेन्डर फाराम प्राप्तिका लागि सम्बन्धित आपूर्तिकर्ताले तपसिल अनुसारका कागजातहरू यस कार्यालयमा पेश गर्नु पर्ने छ ।
क) मुअकर दर्ता प्रमाण पत्र/प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि
ख) आव २०८०/०८१ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
ग) उद्योग वाणिज्य र अन्य सम्बन्धित निकायमा दर्ता भएको प्रमाण पत्रको अन्तिम नविकरण सहितको प्रतिलिपि
घ) कर चुक्ता नभएको भए म्यद थपको प्रमाण ।
६. टेण्डर फाराम पुर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा नगर्ने अधिकार यस सस्थामा निहित रहने छ ।
७. कुनै प्रकारको केरमेट तथा अस्पष्ट हुने गरि पेश हुन आएका टेन्डर फारामहरू स्वतः रद्ध हुने छन ।
९. आपूर्ति कर्ताले सवै खाले सामग्रीहरूको टेन्डर फाराम भर्न चाहेमा हरेक अनुसूची अनुसारका फरक फरक टेन्डर फाराम भर्नु पर्ने छ ।
१०. टेन्डर फाराममा कबोल गरेको जम्मा करयोग्य रकम बराबरको २.५ प्रतिशत धरौटि रकम क बर्गका बैंकहरूबाट समाज जागरण केन्द्र (स्याक) नेपालको नाममा बैंक ग्यारेन्टिको सक्कल पत्र वा सानिमा बैंक लि सुर्खेत शाखा, स्याक नेपाल (SAC Nepal) खाता नं. 030010010000362 मा जम्मा गरेको सक्कल बैंक भौचर संलग्न गर्नुपर्नेछ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 04 Dec, 2023 |
Apply Before | 19 Dec, 2023 |
City | Surkhet |