टेन्डर आह्वान गरिएको सूचना
Details / requirements:
टेन्डर आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/१/६)
राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा तथा धनगढीमाई न.पा., सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णासावरण गा.पा.सँगको सहकार्यमा, जलवायुमैत्री गाँउ नेपाल परियोजना सञ्चालनमा रहेको छ ।
उल्लेखित परियोजना अन्तर्गत निर्माण कार्य गर्नको लागि तपसिल अनुसारका निर्माण सामग्रीहरु खरिद गर्नुपर्ने , पोखरी मर्मत कार्य र वृक्षारोपण कार्य गर्नको लागि निम्न सामाग्रीहरू खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्र्ता भएका निर्माण सामग्रीहरू, पोखरी मर्मत कार्य र वृक्षारोपण कार्य सम्बन्धी सामग्री आपूर्ति गर्न पाउने भनी कानूनले तोकेको उल्लेखित सामग्री आपूर्ति गर्न इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत शिलबन्दी बोलपत्र पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
| क्र.स. | विवरण | फियत |
| १ | निर्माण सामाग्रीहरू | |
| २ | पोखरी मर्मत कार्य | |
| ३ | वृक्षारोपण कार्य |
तपशिल:
१. माग भएका सामाग्रीहरू आवश्यकता अनुसार छनौट गरी खरिद गरिनेछ ।
२. सामग्रीहरू माथि उल्लेखित पालिकाहरूमा अवस्थित कृषक समूहहरूको माग बमोजिम खरिद गरिनेछ । र सोही स्थान सम्म सामग्रीहरू ढुवानी गरी आपुर्ति गर्नुपर्नेछ ।
३.इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले तल दिइएको लिंकमा गई टेन्डर फारम डाउनलोड गर्न सकिनेछ वा कार्यालयमा सम्पर्क गरि फारम पाउन सकिन्छ । सोहि फारममा दर भाउ तथा शर्तनामाहरु उल्लेख गरि संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत शिलबन्दी टेन्डर पेश गर्नुपर्नेछ ।
लिङ्क:
१. निर्माण सामाग्रीहरू: https://drive.google.com/uc?export=download&id=17eqgP8gH_8SYFPjlLOXnqtLLJ7uV4Z8d
२. पोखरी मर्मत कार्य: https://drive.google.com/uc?export=download&id=1_ymnBX7yP-KuxIR8qnh9g6gxkX5n98u3
३. वृक्षारोपण कार्य: https://drive.google.com/uc?export=download&id=1QUYKDwz2pg07LnfclKVktv4ZlfzokOmm
५. टेन्डर बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमा तथा पान दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान, व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरूको मात्र दरभाउ उल्लेख गर्नुपर्नेछ ।
६. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुनेछैन ।
७. बोलपत्र टेन्डर फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनुपर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुनेछैन ।
८. फाराम बुझाउने अन्तिम मिति २०८३/१/२२ गते १२:०० बजेसम्म हुनेछ ।
९. पेश गरिएका बोलपत्रहरू मिति २०८३ साल बैसाख २२ गते दिउँसो २:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको मिति, समय र स्थानमा बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिति नभएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिनेछ ।
१०. विक्रेतालाई भुक्तानी गर्दा बैँक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिनेछ । म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुनेछैन ।
११. थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बर वा ईमेल ठेगाना मार्फत कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
१२. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपाल नीहित रहेको छ ।
१३.यौन शोषण, दुर्व्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।
बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगाना:
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.–१, सिरहा – (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)
फोन न. ०३३–५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 29 Apr, 2026 |
| Apply Before | 05 May, 2026 |
| City | Siraha |