Social Mobilizer
Association for Dalit Women Advancement of Nepal (ADWAN) is a woman- led organization committed to uplift the condition and position of women particularly from Dalit, indigenous and marginalized section of the Nepalese society.
Details / requirements:
आवश्यकता र उत्तरदायित्व
पद: सामाजिक सहजकर्ता – ८ (चितवन–४ र गोरखा–४)
कार्यस्थल: गोरखा र चितवन
प्रतिवेदन: फिल्ड कोअर्डीनेटर
समय: २३ महिना
सुविधा: संस्थाको नियमावली अनुसार हुने छ ।
कामको उद्देश्यः
नेपालको लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को सहयोगमा, नेपाल ADWAN-USAID Local Works: Gorkha and Chitwan) परियोजनाको स्थानिय स्तरमा हुने सवै गतिविधीहरुको जिम्मेवार ढंगबाट बहन गर्नुपर्ने छ ।
कार्य विवरण तथा मुख्य जिम्मेवारीहरुः
परियोजनाको गतिविधी संचालनमा मुख्य भूमिका निर्वाह गर्ने ।
स्थानिय निकायका प्रतिनिधिहरुसंग समन्वय राख्ने र कार्यक्रमको जानकारी गराउने ।
स्थानिय स्तरमा सम्भाव्यता अध्ययनगरी नयाँ समुह गठन र परिचालन गर्ने ।
मासिक कार्यक्रम तालिका निर्माण तथा कार्यान्वयको व्यवस्था गर्ने ।
परियोजनाको हरेक गतिविधीको प्रतिवेदन तयार गर्न कार्यक्रम संयोजकलाई सहयोग गर्ने ।
उपलब्धिलाई दीर्घकालिन बनाउन निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने ।
नयाँ कार्यक्रमको वार्षिक पात्रोलाई ध्यानमा राखी मासिक योजना तयार गर्न सहयोग गर्ने ।
सहभागीहरुको व्यक्तित्व विकासको लागि समुह शिक्षा चलाउने ।
स्थानिय स्तरका सरकारी कार्यालय, संघ, संस्थाहरुको कार्यक्रममा संस्थाको प्रतिनिधित्व गर्ने ।
फिल्ड संयोजकको प्रत्येक्ष निगरानी र निर्देशन अनुसार काम गर्ने ।
कार्य कौशलताः
प्रतिवदेन तथा सफलताका कथाहरु लेख्न सक्ने सिप भएको ।
परियोजना क्षेत्रमा निरन्तर अनुगमन गर्न सक्ने ।
तालिका अनुसार कार्य सम्पादन गर्न सक्ने ।
सवैसँगको सम्बन्ध र व्यवहार सुमधुर भएको ।
प्रभावकारी सुचना प्रवाह गर्न सक्ने हुनु पर्ने छ ।
शैक्षिक योग्यता तथा अनुभवः
मान्यता प्राप्त कम्तिमा १२ कक्षा वा सो सरह पास गरेको हुनु पर्ने छ ।
सामाजिक विकास कार्यमा कम्तिमा २ वर्षको अनुभव भएको हुनु पर्ने छ ।
साधारण कम्प्युटर (एमएस् वर्ड र एक्शेल) जानेको हुनु पर्ने छ ।
माईन्युट, फोटो र कागजपत्र दुरुस्त राख्न सक्ने ।
द्रष्टव्यः स्थानिय तथा महिलालाई प्राथमिता दिईने छ ।
vacancyadwan@gmail.com मा असार १७, २०७९ (१ जुलाई, २०२२) दिउँसोको ४:०० वजे भित्र पठाउन हुन अनुरोध गर्दछौं ।
Overview
Category | Development / NGO |
Openings | 8 |
Position Type | Full Time |
Position Level | Junior Level |
Posted Date | 25 Jun, 2022 |
Apply Before | 01 Jul, 2022 |
City | Chitwan, Gorkha |