सवारी साधन लिलाम बिक्री गर्ने बारे सूचना
Details / requirements:
सवारी साधन लिलाम बिक्री गर्ने बारे सूचना
पपुलेशन सर्भिसेज् इन्टरनेशनल नेपाल (पि.एस.आई. नेपाल) ले सन् २००२ देखि नेपाल सरकार, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्य, किशोरकिशोरी तथा प्रजनन स्वास्थ्य, सरसफाइ तथा स्वच्छता लगायत स्वास्थ्यका महत्वपूर्ण क्षेत्रहरुमा योगदान गर्दै आइरहेको छ ।
पि.एस.आई. नेपालको जगेडा सवारी साधनहरू “जहाँ जुन अवस्थामा छ सोही बमोजिम” लिलाम बिक्रीका लागि यो सूचना प्रकाशित गरेको छ । यस सम्बन्धका इच्छुक व्यक्ति वा संस्थाबाट बोलपत्र प्रस्ताव पेश गर्नुहुन आव्हान गर्दछ ।
लिलाम बिक्री हुने सवारी साधनहरूको विवरण:
क्र.स. | सवारी साधनको मोडेल | सवारी साधन नं | बनेको मिति | न्यूनतम कबोल मूल्य (ने.रु.) |
१ | Discover 150, 4 Stroke | Motor Bike BA 52 PA 4012 | 2013 | ३०,०००। |
२ | Discover 100TDWE36855 | Motor Bike BA 62 PA 4517 | 2013 | ३३,०००। |
३ | Discover 100TDWE36856 | Motor Bike BA 62 PA 4518 | 2013 | ३२,०००। |
४ | AVIATOR110CC HET | Scooter BA 62 PA 6198 | 2014 | ३२,३००। |
५ | TATA Safari Dicor | Ba 13 Cha 3194 /State 3 BAA 3915 | 2015 | ४३६,१००। |
६ | Mahindra Bolero | Ba 14 253/ State 3 BAA 3486 | 2015 | ७७५,२००। |
१. सवारी साधनहरूको निरीक्षण
- पि.एस.आई नेपालको कार्यालय, चाकुपाट, ललितपुर परिसर ।
- समय दिउँसो १०:०० देखि ४:०० सम्म (सोमबारदेखि शुक्रबारसम्म)।
२. सवारी साधन लिलाम बिक्रीका शर्तहरू:
- लिलाम बिक्रीमा राखिएका सवारी साधनहरू “जहाँ जुन अवस्थामा छ सोही बमोजिम” हुनेछन् ।
- सवारी साधनहरू नामसारी गर्दा लाग्ने सम्पूर्ण खर्च कबोलकर्ताले व्यहोर्नु पर्नेछ ।
३. निम्न कागजातहरू बुझाएपछि मात्र सर्वाधिक कबोलकर्तालाई सवारी साधनहरू उपलब्ध गराइनेछ ।
- पि.एस.आई. नेपालको बैंक खातामा बोलकबोल रकम जम्मा गरेको रसिद ।
- कर भुक्तानीको रसिद र स्वामित्व हस्तान्तरणका सम्पूर्ण कागजातहरू ।
४. सिलबन्दी बोलपत्र मिति २०८२ जेठ २३ गते, दिउँसो ४:०० बजेसम्ममा निम्न ठेगानामा बुझाउनु पर्नेछ ।
कन्ट्री डाइरेक्टर
पपुलेशन र्सिर्भसेज् इन्टरनेशनल नेपाल
चाकुपाट १०, ललितपुर ।
टेलिफोन नं ०१–५४५३१९०, ५४५०६२०
पोष्ट बक्स, फ्याक्स वा इमेलबाट पठाइएका बोलपत्र मान्य हुने छैन ।
कुनै पनि कारणवश सवारी साधनहरूको लिलाम बिक्री रद्द गर्नुपर्ने अवस्थामा सोको सम्पूर्ण अधिकार पि.एस.आई. नेपालसँग निहित रहनेछ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 27 May, 2025 |
Apply Before | 06 Jun, 2025 |
City | Lalitpur |